Saturday, July 30, 2016

मोबाईल चार्ज गर्नेहरुको बुर्तिवाङमा घुँईचो, एक पटक चार्ज गरेको ५० रुपयाँ !

बडीगाड खोलाको जलस्तर घटेसँगै बुर्तिवाङको जनजीवन सामान्य तिर !
बुर्तिवाङ २०७३ साउन १५ । वर्षात केहि कम भएपछी बडीगाड खोलाको जलस्तर घटे सँगै बुर्तिवाङ बजारको जनजीवन क्रमश सामान्य हुँदै गएको छ । साउन ११ गतेको जलत्रासदिबाट होसहवास गुमाएका बुर्तिवाङ बजारवासीहरु आफनो दैनिकीमा ध्यान केन्द्रित गर्न थालेका छन् ।

बडीगाडको बाढीले बगरमा परिणत गरेको बुर्तिवाङ बजार खोला किनारवासीहरु बाढीले क्षति पुराएको भौतिक संरचनाको पुननिर्माणमा लागेका छन् भने केहि स्थानीयहरु बडीगाड खोला किनारबाट बालुवा निकालेर बोरामा भर्ने काममा व्यस्त देखिन्छन् ।

बाढीको कहरपछी बुर्तिवाङवासीको जनजीवन सहजतातिर उन्मुख देखिएपनि जलत्रास भने निम्ट्यान्न भैसकेको छैन । बाढीका साईड ईफेक्टहरु देखिन थालेका छन् । आवश्यक बस्तुहरुको आपुर्ति कम हुँदै गएको छ । मध्य पहाडीमार्ग अवरुद्ध बनेकोले आवश्यक बस्तुहरुको अभाव र मुल्य वृद्धि भएको छ । एक लिटर पेट्रोलको ३ सय रुपयाँ पुगेको छ ।

बाढी र पहिरोले यस क्षेत्रका लगभग सम्पूर्ण जलविद्युत आयोजनाहरु क्षेती ग्रस्त बनाएकोले अभैm बिजुली बत्ती बल्न केहि महिना लाग्ने निश्चित छ । बिद्युत आपुर्ति ठप्प बनेपछी दैनिकी अत्यन्तै कष्टकर बनेको छ । अँध्यारोमा जीवन गुजारा गर्न वाध्य निसीभुजी क्षेत्रका जनता मोबाईलको बेट्री चार्ज गर्न नपाएर सन्चार सम्पर्कविहीन अवस्थामा पुगेका छन् । बुर्तिवाङ बजारमा जेनरेटर र सोलारको सुविधा भएका व्यापारी, उद्योगीहरु कहाँ मोबाईलको बेट्री चार्ज गर्न गाउँगाउँ देखी मानिसहरुको घुँईचो लागेको देखिन्छ ।

एक मोबाईल बेट्री चार्ज गरेको ५० रुपयाँ असुल्ने गरिएको छ । मोबाईल अम्मलीहरु अथाह संख्या भएको अहिलेको अवस्थामा जेनरेटर हुनेहरुले मनग्गे पैसा कमाउने अवसरको फाईदा उठाई रहेका छन् । बुर्तिवाङ बजार स्थित सर्बुजा डिजिटल फोटो स्टुडियो, धौलागिरी डिजिटल फोटो स्टुडियो देखी गल्ला व्यापारी सम्म कहाँ मोबाईल बेट्री चार्ज गर्नेहरुको घुँईचो लागेको हुन्छ । मौकामा चौका हान्न जानेकाहरुले अवसरको फाईदा राम्ररी उठाई रहेका छन् । अरु होईन, जनता ठगिने काम कतैकसैबाट हुनु हुँदैन भन्ने मान्यतालाई सरोकारवालाहरुको ध्यान केन्द्रित हुन जरुरी छ । अभाव, महंगी र कालोबजारी मौलाउन नपाओस भन्ने तिर राजनीति दल, सामाजिक संघसंस्था, प्रहरी, प्रशासनको ध्यानाकार्षण आवश्यक भएको छ ।