Friday, October 14, 2016

सञ्चारकर्मी छन्त्यालको दशै तिहारैमा भिडियो युटुबमा सार्वजनिक

संञ्चारकर्मि सुरेश  छन्त्यालको पहिलो प्रस्तुति दशै तिहारैमा गित युटुभमा 
बाबा तुलप्रसाद छन्त्याल र आमा ज्ञानु छन्त्यालको खोखबाट २०४९सालमा जन्मेका छन्त्याल ९वर्ष हुदा पाण्डबखानी माविमा कक्षा१मा भर्ना भै कक्षा३मा आउदा सानै उमेरमा रेडियो नेपाल सुन्ने विशेषगरी लोक गित सुन्न मन पराउने।र पछि विकास हुँदै गयो रेडियो चल्न थाले त्यसपछि गुल्मी जिल्लाबाट प्रसारित रेडियो रेसुङ्गा एफएमबाट प्रसारण हुने कार्यक्रमहरुमा फोन पत्रबाट सहभागी हुन्थे।पछि यो कार्य निरन्तरता दिदै जादा समाचार समेत टिपाउथे।सुरेश छन्त्याल को समाचार नियमित प्रसारण हुन्थ्यो।त्यस्तै गर्दागर्दै बागलुङका       विभिन्न एफएम बागलुङ एफएम धौलागिरि एफएम धौलासिरि अनलाइन सारठी एफएम स्काइ एफएफ गुल्मी एफएम रुरु एफएम गलकोट एफएम गलकोट पत्र गलकोट न्युज गलकोट खबर  दोरपाटन पत्रिका धौलागिरी स्टार धौलागिरी टेलिभिजन विभिन्न पत्रपत्रिका अनलाइन मा आवद्ध भै समाचार सुचना रिपोर्टिङ गर्दै आइरहेको छु।पछि आफ्नै पाण्डबखानी अनलाइन खबर pandavkhani newsको प्रधान सम्पादक को भुमिका खेल्दै देश तथा विदेसबाट निकै राम्रो सल्लाह र प्रोत्साहन मिलेक
समाचार नियमित रिपोर्टिङ गरेको भन्दै गलकोट पत्र साप्ताहिक र सामुदायिक रेडियो गलकोट एफएमले सम्मान गरेको थियो।साथमा छन्त्याल लोक प्राखि पनि थिए।लोक गित निकै सुन्ने गुगुनाउने गर्थें पछिल्लो युवा पुस्ताले पप आधुनिक गित सुन्ने र मन पराउने गर्छन भने छन्त्यालको विचार छुट्टै छ।हाम्रो सांस्कृतिक र कलाहरुलाइ संरक्षण गर्ने लोक भाका पुराना  कलाकार लाई सम्मान  नयालाइ प्रोत्साहन गर्ने उनको सोच र विचार छ।उनी छुट्टै विचार भोग्दै आएकाछन्।गाउमा रहेरपनि उनले रोजगार को लागि स्वदेश मा रहेका नेपाली हरु दुख व्यथा बोकेको गित अहिलेको दशै र तिहारमा घर आउन नपाको र आमा सम्झि रुएको गित बजारमा ल्याएकोछन्।नवीन राना मगरको स्वरमा आफ्नो पहिलो प्रस्तुति को रुपमा दशै तिहार विशेष गित युटुभमा सार्वजनिक गरेकाछन्।

Saturday, October 1, 2016

नेपाली चलचित्र ‘डु यु लभ मी?’ को टाईटल भिडियो सार्बजनिक

​सुरेश छन्त्याल
काठमाण्डौ । बेजिला फिल्म एण्ड मिडिया प्रा लि. को ब्यानरमा निर्माण भएको नेपाली कथानक चलचित्र ‘डु यु लभ मी ?’ को टाईटल गितको भिडियो युट्युबमा सार्बजनिक भएको छ । यस गितलाई हाईलाईटस् नेपालले सार्बजनिक गरेको हो ।
​त्रिकोणात्मक प्रेम कथामा आधारित रहेर निर्माण गरिएको यस चलचित्र निर्माण सुदिप रानाले गरेका छन भने निर्देशन तथा लेखन सञ्जय काउछाको रहेको छ । चलचित्रमा मुख्य भुमिकामा चर्चित म्युजिक भिडियोहरुमा अभिनय गरि सकेका मोडेल लक्ष्मण पुनले गरेका छन भने मिस मंगोल २०१२ को बिजेता सपना रोका मगरले यस फिल्मबाट डेब्यु गरेकी छिन । साथमा प्रमोद खड्का, श्याम राई, पुस्कर गुरुङ, कबिता आले मगर, रमेश अधिकारी, शक्ति पुन, हेमा थापा मगर लगाएतका कलाकारहरुले अभिनय गरेका छन । चलचित्रमा राजेन्द्र खड्कीको द्धन्द, , कविराज गहतराजको नृत्य एवम् शेर बहादुर लामा र पुरुसोत्तम प्रधानको छाँयाङ्कन रहेको छ ।
​यो गितमा राजु भुजेलको संगित, सञ्जय काउछाको शब्द तथा सुगम पोखरेलको स्वर रहेको छ । गितमा गोपाल रसाईलीले संगित संयोजन गरेका छन । यो चलचित्रले आफ्नो आधिकारि प्रदर्शन आगामी अक्तोबर ३० तारिखमा जापानबाट सुरु भई कोरिया हुदै नेपालमा प्रदर्शन गरिने निर्माण पक्षले जानकारी दिएको छ ।