टेलिकमबाट ब्यालेन्स सापटी सेवा सुरू, अब फोन नकाटिने
नेपाल टेलिकमको मोबाइलमा कुरा गर्दागर्दै ‘ब्यालेन्स’ सकिएर फोन काटिने समस्या अब समाधान भएको छ । नेपाल टेलिकमले शुक्रबारदेखि सापटी लिन मिल्ने सेवाअन्तर्गत आफ्ना नमस्ते प्रिपेड मोबाइल प्रयोगकर्तालाई यस्तो सुविधा प्रदान गरेको हो ।
टेलिकममा शुक्रबार आयोजित एक कार्यक्रमकाबीच सञ्चार राज्यमन्त्री गोकुल बास्कोटाले ‘नमस्ते क्रेडिट सेवा’को उदघाटन गरे ।अब ग्राहकले ५ रूपैयाँदेखि ४० रूपैयाँसम्म सापटी ब्यालेन्स पाउनेछन् । ब्यालेन्स सकिएका सबै प्रिपेड ग्राहकमा यो सेवा स्वतः लागू हुनेछ ।ग्राहकले यसअघि खर्च गरेकाे ब्यालेन्स रकमका अाधारमा ग्राहकलार्इ छुट्टाछुट्टै रकम बराबरकाे सापटी सेवा दिन सुरू गरिएको छ ।नमस्ते क्रेडिट सेवा लिन प्रयोगकर्ताले आफूले कति रकम बराबरको सेवा लिन सकिन्छ भन्ने जानकारी पाउन आफ्नो मोबाइलमा status टाइप गरी १४७७ मा एसएमएएस पठाउनुपर्ने हुन्छ ।यो सुविधाअन्तर्गत पाँच रुपैयाँदेखि ४० रुपैयाँसम्मको ‘क्रेडिट टक टाइम’ को सुविधा प्रदान गर्ने टेलिकमले जनाएको छ ।सेवा स्वत एक्टिभ हुने भएकाले यो लिन नचाहनेले stop टाइप गरी १४७७ मा एसएमएस पठाउन सक्नेछन् ।ग्राहकले ब्यालेन्स सकिएपछि प्रयोग गरेको ‘टक टाइम’ बराबरको पैसा भने पछि रिचार्ज गरेपछि प्राप्त ‘ब्यालेन्स’बाट काटिने टेलिकमले जनाएको छ ।
यो सुविधामा ग्राहकपिच्छे फरक-फरक रकमको सीमा तोकिएको छ ।यो सुविधा टेलिकमको प्रिपेडमा मात्रै लागू गरिएको हो । नेटवर्कमा सीम ‘एक्टिभ’ भएको तीन महिना पुगेकाले मात्रै यो सेवा पाउनेछन् ।
सापटीबापत पाइने रकम डाटा र एसएमएसमा पनि प्रयोग गर्न सकिनेछ ।
Friday, March 30, 2018
टेलिकमबाट ब्यालेन्स सापटी सेवा सुरू, अब फोन नकाटिने
Tuesday, March 27, 2018
२०६२ अाैं बुद्ध जयन्ती तथा वैशाखे पुर्णिामा मेलाकाे तयारी ।
२०६२ अाैं बुद्ध जयन्ती तथा वैशाखे पुर्णिामा मेलाकाे तयारी ।
सुरेश छन्त्याल/पाण्डबखानी
चैत-१३- मंगलबार
घुम्टे सास्कृतिक तथा प्राकृतिक संरक्षण मञ्च गलकाेट नगरपालिका१० पाण्डबखानी बागलुङको २०६२ अाैं बुद्ध जयन्ती तथा वैशाखे पुर्णिामा मेलाकाे तयारी बैठक तथा उप समिति गठन भएको छ।क्लबका अध्यक्ष रामप्रसाद वि.ककाे अध्यक्षता बसेको बैठकले वैशाखकाे १३ गते दखि १७ गते सम्म मनाउन गैरहेकाे वैशाखे पुर्णिामा मेलालाइ सफल बनाउ विभिन्न उप समिति बनाएकाेछ।जसमा अार्थिकमा मनकुमारी श्रीस,खेलकुद महाेन शेरचन,सास्कृतिक कार्यक्रममा सशिराम काउचा,प्रचारप्रसारमा सुरेश छन्त्याल र देवराज पुन स्वयंसेवकमा कृष्ण विक रहेका छन्।हाल वडा स्तरीय महिला तथा पुरुष भलिबल लाेक नृत्य प्रतियाेगिता रहने बैठकमा निर्णय भएको छ।साथै घुम्टे चढ्ने दिनमा जनजाति भवनको उट्घाटन हुने भएको छ।भने कार्यक्रमकाे संञ्चालन दिप घर्तीले गर्नु भएको थियाे।
Tuesday, March 20, 2018
पाण्डबखानीमा ३० लाखकाे माेटरबाटाे मर्मत गर्ने काम सुरु।
पाण्डबखानीमा ३० लाखकाे माेटरबाटाे मर्मत गर्ने काम सुरु।
सुरेश छन्त्याल/पाण्डबखानी
चैत-६/मंगलबार
बागलुङको गलकाेट नगरपालिका१० पाण्डबखानीकाे दाग्दीखाेलादेखि पाण्डबखानीकाे सिद्धान, सुनपानी,गैराभाटी हुँदै रमुवा माेटरबाटाे मर्मत कार्य अाज देखि सुरु भएको छ।मल्ल पाण्डबखानी खण्ड ख अन्तर्गत पाण्डबखानीमा पर्ने माेटरबाटाे मर्मत गर्नका लागि गलकाेट नगरपालिकाबाट ३० लाख बजेटकाे बाटाे मर्मत गर्न लागिएको बाटाे मर्मत निर्माणका अध्यक्ष गिरिप्रसाद घर्ती मगरले जानकारी दिनुभएको छ। साथै तत्कालै साेहि बाटाे साेलिङ गर्ने र कुलाे काट्ने काम पनि सम्पन्न हुने । वडा सदस्य धनबहादुर सुनारले जानकारी दिनुभयाे।अब पाण्डबखानीमा बस,जिप र पिकअप चालक र यात्रुहरुलाइ यात्रा गर्न सहज हुने भएको छ।यश अघि यात्रा गर्न कठिनाइ भएको यात्रुहरुले गुनासो गरेकाे छन्।
Saturday, March 17, 2018
घुम्टेमा बढ्न थाले आन्तरिक पर्यटक
घुम्टेमा बढ्न थाले आन्तरिक पर्यटक
सुरेश छन्त्याल/बागलुङ — गर्मी बढेसँगै यहाँको पर्यटकीय पहाड घुम्टेमा चहल पहल बढ्न थालेको छ । गर्मी छल्न र प्राकृतिक छटा हेर्दै रमाउनेहरू यहाँ पुग्ने गर्छन् ।
चौविसे राज्यअन्तर्गतको गलकोटलाई चिनाउने यो पहाडमा घुम्दा गुराँसका विभिन्न प्रजाति देख्न पाइन्छ । प्रसिद्ध सिद्धबराहलगायतका मन्दिरको पूजा गर्दा आँटेको पुग्ने स्थानीयमा विश्वास छ । गर्मीमा शीतलको मजा लिन जानेहरू घुम्टेमा बास बस्नेगरि जान्छन् । गलकोट दरबारदेखि करीब ४ घण्टा पैदल हिडेपछि पुगिने यहाँ वैशाख पूर्णिमा, नेपाली नयाँ वर्षमा मेला लाग्ने गर्छ ।
गलकोटेहरूमा धार्मिक विश्वास बढी भएकाले सिद्धबराहको भाकल गरेर पूजा गर्न जानेहरू पनि धेरै छन् । गलकोट क्षेत्रअन्तर्गत गलकोट नगरपालिका, ताराखोला गाउँपालिका र बडिगाढ गाउँपालिका समेत गनिन्छ । गुराँस फुल्ने समय भएकाले पनि घुम्टेमा पुगेरै रातो, सेतो र अन्य रंग मिसिएका गुराँस हेर्ने धेरैले चाहना राख्छन् । यहाँ धेरै रंगका गुराँस फुल्छन् ।
घुम्टे जिल्लाको अग्लो पहाड र रमणीय क्षेत्र पनि हो । हरिचौर, हिल, पाण्डवखानी, मल्म र ताराखोलालगायत दर्जनौं गाउँको केन्द्र घुम्टे ११ हजार फिट अग्लो छ । धेरै प्रकारका जडिबुटी पाइने भएकाले जैविक विविधताको खानी पनि भएको स्थानीय बताउँछन् । यो लेकमा पुग्दा देशविदेशका पर्यटक पनि लोभिन्छन् । छिटपुट विदेशी पर्यटक पनि यहाँ बेलाबेला पुग्ने गरेका छन् ।
गलकोट नगरपालिकाको केन्द्र रहेको हरिचौर र गलकोटे राजाको दरवार भएकाले ऐतिहासिक महत्वसमेत राख्ने गलकोट घुम्टे पर्यटन केन्द्रका अध्यक्ष राजबहादुर थापाले बताए । पर्यटन क्षेत्रको रुपमा विकास गर्ने, जडिबुटी संकलन केन्द्र स्थापना गरी उद्योग सञ्चालन गर्नेलगायतका माग उनीहरूले गर्दै आएका छन् । प्रचारप्रसार अभावले ओझेलमा परेको भन्दै चन्दा संकलन गरेर पहाडमा पुग्ने सजिलो मार्ग बनाएको स्थानीय झंकबहादुर बस्नेतले बताए । दुई वर्षदेखि पदमार्ग बनाएर घुम्टे पुग्ने पर्यटकलाई सहज बनाइएको छ । घुम्टेको टुप्पोमा पर्यटक बसाल्ने पार्टी र खानेपानीको व्यवस्थापनका लागि केन्द्रले काम गरेको छ । ‘लामो इतिहास बोकेको गलकोट दरबारदेखि घुम्टेको लेक र उच्च स्थानमा रहेका धार्मिक मठमन्दिरलाई पनि पदमार्गले चिनाउनेछ,’ थापाले भने, ‘पर्यटकीय क्षेत्रका रूपमा घोषणा भएमा जिल्लाको विकासलाई पुग्ने रोयल्टी संकलनमा हामी अगुवाइ गर्नेछौं ।’ पर्यटन क्षेत्र घोषित भएमा वर्षेनी हजारौंले उक्त क्षेत्रको भ्रमण गर्ने सम्भावना रहेको उनले बताए ।
स्थानीयको अगुवाइमा भएको पदमार्ग निर्माण अभियानमा पर्यटन मन्त्रालयले १३ लाख रुपैयाँ सहयोग गरेको छ । निर्माणाधीन पदमार्ग ६ किलोमिटर उकालो छ । सबै मार्ग निर्माण सम्पन्न नभए पनि सहज आउजाउको व्यवस्था गरिएको छ । आवश्यक पूर्वाधार बनाउने, पर्यटकलाई सहजै पुग्न सक्ने बनाउने काममा नगरपालिकाले पनि पहल थाल्ने नगर प्रमुख भरत शर्मा गैरेले बताए । ‘नगरको सीमित बजेटलाई प्रयोग गरेर प्रारम्भिक काम गर्छौं,’ उनले भने, ‘पर्यटन क्षेत्रको रुपमा विकास गर्ने अभियानमा भने केन्द्रीय पहल पनि आवश्यक छ ।’ विस्तृत गुरुयोजना बनाएपछि पर्यटन प्रवद्र्धन गर्न सकिने भएकोले समितिलाई त्यसतर्फ लाग्न सुझाव दिएको पनि उनले बताए ।
डालो बुनेरै बित्यो जीवन
डालो बुनेरै बित्यो जीवन
बागलुङ — बडिगाड–९ रणासिंकिटेनीका ६५ वर्षीय थमन रेश्मीमगरले १६ वर्षको उमेरदेखि नै डालो बुन्न थालेका थिए ।
विवाहपछि दुरमतीले पनि उनलाई साथ दिइन् । हालसम्म मगर दम्पतीले डालो बुनेरै परिवारको गुजारा चलाएका छन् ।
डालोसँगै अन्न सुकाउने मान्द्रो र नाङ्लो बुन्ने काममै उनीहरूले जीवन बिताए । निगालोकै सामान बनाएर उनीहरूले आठ जनाको परिवार धानेका छन् । चाडपर्व, मेला महोत्सव उनीहरूको मुख्य बजार हो । विवाहसहित जन्म र मृत्यु संस्कारमा कोसेली लैजान प्रयोग हुने सोली बनाएर पनि उनीहरूले आम्दानी गरिरहेका छन् ।
रणसिंकिटेनीकै हिराबहादुर सुनार, गंगाबहादुर विक र खनराम सुनारले पनि निगालोकै सामाग्रीले परिवार पालेका छन् । गाउँका ५० घरपरिवार डोको, डालो र मान्द्रो बुनेर जिविका चलाउँछन् । खेतीपाती नभएपछि रोजगारीको यो विकल्प रोजेको सुनारले बताए । गाउँमा एकादुई बाहेक कसैको पनि खेतीपाती लाउने जमिन छैन । ‘विदेश जानका लागि पनि धेरै खर्च लाग्ने भएकाले छोराछोरीलाई पनि बुन्ने काम सिकाउन थालेका छौं,’ सुनारले भने, ‘निगालो नपाए हाम्रो हातमुख जोडिँदैन ।’
एक महिनामा हरेकले कम्तीमा १० वटा मान्द्रो बुन्न सक्छन् । डोको भने एक दिनमा दुई वटासम्म पनि भ्याउने गरेको चन्द्रबहादुर विकले बताए । बजारमा उनीहरूले मान्द्रोको आकार हेरेर सात सयदेखि दुई हजार रुपैयाँ र डोकोलाई चार सयमा बिक्री गर्दै आएका छन् । सानो आकारका सजाउने डालीदेखि घाँसदाउराका लागि चाहिने डोकामा माग र मूल्य दुवै बढी पाउँछन् । ‘उमेरमा यस्तै सिकियो, यसैले हाम्रो परिवार पालेको छ,’ मगरले भने, ‘छोराछोरीले सिक्न छाडेका छन् । कसरी पुस्ता धानिएला हामीलाई चिन्ता छ ।’ युवापुस्ता विदेश जाने खोजीमा सहर पसेकाले सीप हराउने उनले चिन्ता गरे । यो पेसा नगरेको भए वर्षौं अघिदेखि दलित बस्तीमा भोकमरी लाग्न सक्ने विकको तर्क छ । ‘उब्जाउने जमिन छैन, कमाउने अरु इलम छैन,’ उनले भने, ‘केही पढेका छोराछोरी बजार घुम्न मात्र खोज्छन्, जागिर पाएनन् भने उनीहरूलाई भोकमरी लाग्छ ।’ राम्रा सामग्री भएकाले बजारमा माग भएपछि बुढापाकाले बुन्छन् । मागअनुसारको परिमाणमा तयार पार्न सजिलो छैन ।
युवालाई तालिम दिएर पेसा बचाउनुपर्ने बागलुङ उद्योग वाणिज्य संघका अध्यक्ष जयराम भारीले बताए । ‘संघले गर्ने महोत्सवमा उनीहरूका सामग्रीलाई बिक्री गर्ने वातावरण मिलाएर प्रवद्र्धन गर्छौं,’ उनले भने, ‘युवालाई पनि सीप विकासका तालिम दिनुपर्छ ।’ हाल पाकाहरूले बनाएका सामग्री आफैं बोकेर बजार लैजानुपर्दा नियमित बुन्न नपाएको विकले गुनासो गरे । अधिकांशले वार्षिक डेढ लाख रुपैयाँ कमाएको उनले बताए । बिक्रीको समस्या नहुने गरी बुन्न पाएमा वार्षिक ३ देखि ५ लाख रुपैयाँसम्म कमाउन सकिने दाबी उनको छ । ‘काम गरिरहने, बिक्रीको समस्या नभए आम्दानी बढाउन सकिन्थ्यो,’ उनले भने, ‘विदेश जान खोज्ने छोरानातिलाई सीप सिकाएर बसाइँसराइ रोक्न आवश्यक छ ।’ विवाह, ब्रतबन्ध, जन्म र मृत्यु संस्कारमा कोसेली लैजाने सोली भने लोप हुन लागेको उनले गुनासो गरे । सोली बिक्रीबाट उनीहरूले धेरै कमाउँथे ।
सोलीमा कोसेली लैजाने चलन हटेपछि यो पेसा नै संकटमा परेको मगरले बताए । ‘अहिलेका केटाकेटीलाई सोली के हो भनेर चिनाउन पनि गाह्रो भैसक्यो,’ उनले भने, ‘डोको, डालोको प्रयोग पनि घटेको छ ।’ गाउँमा पुगेका प्लाष्टिकका भाँडाले मगरजस्ता यहाँका सयौंको सीपलाई ओझेल पारेको छ । उनले दशक अघिसम्म वार्षिक ५ सय नाङ्ला, ५ सय डोको डाला र झन्डै २ सय मान्द्रा पनि बुन्थे । अहिले वर्षभरिमा दुई सयवटा मात्र बुन्न सकेको उनले सुनाए । दशकअघि यहाँका चार सयको पुख्र्यौली पेसाको रुपमा चिनिएको निगालोका सामग्री बनाउन जान्नेहरूको संख्या घटेर ५० जना बाँकी छन् । गुल्मीको रिडीमा लाग्ने माघेसक्रान्ति मेला, बागलुङको चैतेदसैं मेला, घुम्मेली र न्वागीलगायतका मेला उनीहरूको मुख्य बजार हो । उनीहरूले मालिंगो र गजिङ जातका निगालो प्रयोग गर्दै आएका छन् ।
Friday, March 16, 2018
पाण्डबखानीमा २३० घर धुरी अन्धकार
पाण्डबखानीमा २३० घर धुरी अन्धकार
सुरेश छन्त्याल/पाण्डबखानी
चैत-२,शुक्रबार
बागलुङको गलकाेट नगरपालिका१० पाण्डबखानीमा हिजाे राति करिव साडे ७ बजे चट्याङ लाग्दा माउखाेला लघु जलविद्युत अायाेजनामा रहेकाे एल्सिवाेट जलेकाे छ।दिउसो हल्का पानी परे संगै हावाहुरी र चट्याङ लाग्दा एफ्सिवाेट जल्न पुगेकाे थियाे।समान बनाउन बुटवल पठाउने तयारी भएको छ।तर अायाेजनाका अफ्रेटर खिम थापाका अनुसार राति लाइन दिन मिफ्ने लाइनकाे मात्र प्रयाेग गर्न मिल्ने अन्य काम चलाउन नमिल्ने अफ्रेटर थापाले जानकारी दिनुभएको छ।अायाेजनामा समस्या अाउदा सुनपानी,गैराभाटी,बगर,बाईगाउ,र काप्रे गाउँ गरि करिव २३० घर धुरी अन्धकारमा बस्नु का साथै सञ्चारमाध्यमबाट पनि बन्चित हुने छ।त्यस्तै बागलुङको गलकाेट नगरपालिका१० पाण्डबखानीकाे फुर्से देखि सिद्धान हुँदै खरेखाेला जाेर्ने गाेरेटाे बाटाे निर्माण भैरहेकाे छ�।गलकाेट नगरपालिकाबाट पारेकाे बजेटले बाटाे बनाउन लागिएको स्थानीय युराज शाइले बताउनुभयो।बाटाे निर्माण भए संगै सर्वसाधारण र विद्यार्थीहरुलाइ सहज हुने
Tuesday, March 6, 2018
घाेप्टे जलविद्युत अायाेजनामा समस्या अाउदा १ अन्धकार ।
घाेप्टे जलविद्युत अायाेजनामा समस्या अाउदा १ अन्धकार ।
सुरेश छन्त्याल/पाण्डबखानी
फागुन-२२मंगलबार
घाेप्टे जलविद्युत अायाेजना गलकाेट नगरपालिका१० पाण्डबखानी बागलुङको १ हप्तादेखि एल्सिपाेट र जेनेटर विग्रिदा पाण्डबखानी तल्लो फुर्से उपल्लो पुर्से साेरमने दुङ्गिल र मल्मका केही घरदुरि अधाराेमा बस्नु का साथै खाना पकाउन माेबाइ जार्ज गर्ने साथै सप्तङ्गी बचत तथा श्रृण सहकारीबाट पैसा अाउने र पठाउने क्रम राेकिदा ग्रहकाहह�रु बन्चित हुनुका साथै संञ्चारमाध्यमबाट पनि बन्चित हुनु परेकाे स्थानीय विष्णु काउचा मगरले जानकारी दिनु भएको छ।अझै १ हप्ता लाग्ने र काठमाडौबाट प्राविधिक अाएपछि विद्युत संञ्चालमा अाउने जानकारी प्राप्त भएको छ।
यता गलकाेट नगरपालिका१० पाण्डबखानी ज्याथरकाे बनमा ४ दिन देखि अागाे लागेकाेछ।अागाे किन र कसरी लाग्याे भन्ने प्राप्त जानकारी अाएकाे छैना।