Monday, April 23, 2018

कमाउन गएका सञ्चारकर्मी तथा समाजसेवी मेघराज रिष्मेलीलाई जापानमा समयले पर्खिएन (भिडियो सहित)

कमाउन गएका सञ्चारकर्मी तथा समाजसेवी मेघराज रिष्मेलीलाई जापानमा समयले पर्खिएन (भिडियो सहित)

२०७५ - ०१ - १० सोमबार
मेघराज रिष्मेली जापान
पछिल्लो समय विदेश बसेर स्वदेशलाई योगदान गर्ने लहर को होडबाजी निकै चलेको छ त्यो सँगै गित सँगितमा लगानी गर्नेको पनि उत्तिकै होडबाजी चलेको पाइन्छ ।
यसै क्रममा बागलुङ जिल्ला गल्कोट नगरपालिका वार्ड न ९ मा जन्म भै रोजगारीको शिलशिलामा जापान ओसाकालाई कर्मथलो गराउदै आईका समाजसेवी तथा सञ्चारकर्मी मेघराज रिष्मेलीले समय नामक लोक गीत बजारमा लिएर आएका छन ।

हमाल म्युजिक कम्पनीले बजार व्यावस्थापन गरेको ""समय"" नामक गितमा स्वर तथा लय  लोक दोहोरी गायक दिनेश के शी को रहेको छ भने शव्द चन्द्र के सी को रहेको छ भने पवन गौतमको छायांकन  गरेको भिडियोमा सुजन शाहीले सम्पादन गरेका छन उक्त गीतको निर्देशन देवेन्द्र पाण्डेले गरेका छन ।

सो गीतमा सज्जन हमाल र रञ्जिता गुरुङको अभिनय रहेको छ
सोही गीत हेर्नको लागि तलको भिडियो क्लिक गर्नुहोस

मेघराज रिष्मेली को पहिलो प्रस्तुति समय https://youtu.be/6tYpTUeXlTY

Saturday, April 14, 2018

सरस्वती युवा क्लब रमुवाको वार्षिकोत्सव : रमुवालाई हटियासंग जोड्ने पहिलो प्राथमिकता – गैरे

सरस्वती युवा क्लब रमुवाको वार्षिकोत्सव : रमुवालाई हटियासंग जोड्ने पहिलो प्राथमिकता – गैरे
सुरेश छन्त्याल
पाण्डवखानी गल्कोट २०७५ बैशाख २ । गल्कोट नगरपालिकाका नगरप्रमुख भरत शर्मा गैरेले पाण्डबखानीको रमुवालाई नगरपालिकाको केन्द्रसँग जोड्ने आफनो पहिलो प्राथमिकता भएको बताएका छन् ।सरस्वती युवा क्लब गल्कोट नगरपालिका १० पाण्डवखानी रमुवाले आयोजना गरेको २९ औ बार्षिक उत्सव तथा नयाँ बर्ष बिशेष कार्यक्रमलाई सम्बोधन गर्दै गैरेले यस्तो बताएका हुन् ।उनले पाण्डवखानीको रमुवा गल्कोट नगरपालिकाको केन्द्रदेखि सबैभन्दा टाढा भएको भन्दै उक्त क्षेत्रलाई नगरपालिकासँग जोड्नका लागी कृषि, यातयात, पर्यटन लगायतका क्षेत्रमा प्रमुख भुमिका खेल्ने बताए । स्रोत र साधनले भरिपुर्ण रमुवाबासीलाई स्थानिय स्तरमा उत्पादन हुने बस्तुहरुको प्रयोगले दैनिकीमा सहजता ल्याउने काममा नगरपालिका सकरात्मक हुने उनको भनाई थियो । पाण्डवखानीदेखि करिब ३ घण्टाको पैदल र साढे १ घण्टामा गाडिमा पुगिने उक्त क्षेत्र नेतृत्वको अभावले बिकासमा पछि परेको गैरेले बताए ।कार्यक्रममा बोल्दै गलकोट गनपा २ का अध्यक्ष हिम बहादुर भण्डारी हेमन्तले रमुवा क्षेत्रमा उत्पादन हुने बस्तुहरुको परिक्षण गरि उत्पादनतर्फ लाग्न सके गाउको बिकासले फड्को मार्ने बताउदै रमुवामा आलु, भाँगो, सिमी लगायतका अन्य तरकारी बालीहरु बढि मात्रामा उत्पादन हुने र उक्त क्षेत्रमा भीरमौरी बढी मात्रामा पाईने हुदाँ यसको संरक्षण र सहि तरिकाले उपयोग गरि आम्दानीतर्फ जोड्निका लागी स्थानियलाई आग्रह गरेका थिए ।
त्यस्तै उद्योग बाणिज्य संद्य गलकोट ईकाईका उपाध्यक्ष ढालिन्द्रप्रसाद गौतमले रमुवा क्षेत्रमा भएका स्रोत र साधनको अध्ययन गरि सहि तबरले काम गर्न सके रमुवाबासीको दैनिकिमा परिवर्तन आउने बताए ।
कार्यक्रममा बोल्दै गल्कोट नगरपालिका १० पाण्डवखानीका अध्यक्ष तिलक घर्तिले सिंगो पाण्डवखानी धार्मिक, सास्कृतिक र एतिहासिक रुपले सम्पन्न क्षेत्र भएको भन्दै यसको बिकासका लागी आफनो क्षेत्रबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरे ।सो अवसरमा खुल्ला साबिक वाड स्तरिय पुरुष भलिबल प्रतियोगिता, पुरुष म्याराथुन दौड प्रतियोगिता, महिला तथा पुरुष रस्साकक्सी प्रतियोगिता, आधारभुत तहको हाजिरीजवाफ प्रतियोगिता लगायतका कार्यक्रम सम्पन्न भएका छन ।

Thursday, April 5, 2018

पाण्डवखानीको सती घाटुनाँच !

पाण्डवखानीको सती घाटुनाँच !
विजय राना

२०७४ चैत २३ । लोप हुँदै जान थालेको भनिएको सती घाटुनाँच पछिल्लो समय पर्यटकको आकर्षण बन्न थालेको छ । विशेष गरि मगर/गुरुङ समुदायमा नाचिने सती घाटुनाँच गल्कोट नगरपालिकाको पाण्डवखानीमा पर्यटकलाई स्वागत गर्ने नाँचको रुपमा विकास भइरहेको छ । पाण्डवखानीमा आन्तरिक पर्यटकहरु आउँदा सती घाटुनाँचलाई विशेष प्राथमिकता दिने गर्छन् । सिङ्गो नेपालको केहि ठाउँहरुमा मात्रै नाँचिने भएका कारण पनि घाटुनाँच प्रति पर्यटक संगै आम मानिसकोे चासो बढेको हो ।देशका विभिन्न ठाउँबाट पाण्डवखानीमा आउने आन्तरिक पर्यटकहरुले घाटुनाँच र सोरठीनाँच हेर्न निकै लालायित भएको पाईन्छ । घाटुनाँच बारे विशेष जानकार घाटुनाँच संरक्षण समिति पाण्डबखानीका अध्यक्ष गिरीप्रसाद घर्तीका अनुसार पछिल्लो समय घाटुनाँच प्राय: सबैको आकर्षण बन्दै गइरहेको छ । धेरै मानिस सती घाटुनाँच हेर्न आउँछन् घर्ती भन्छन्, गाउँलाई चिनाउने माध्यम पनि सती घाटुनाँच नै बनेको छ ।आजभोलि पाण्डवखानीमा घुम्न आउने पर्यटकहरुको सती घाटुनाँचव्दारा स्वागत गर्न थालिएको छ भने पर्यटक प्रशन्न हुने माध्यम बनेको छ ।विशेष गरी श्रीपञ्चमीमा विधिपूर्वक पूजाअर्चना गरी सुरु गरिने घाटुनाँच पाण्डबखानीमा मातातिर्थ औशीदेखि मध्ये वैशाखसम्म नाचिन्छ । वैशाख पूर्णिमाको अघिल्लो दिनदेखि जेठमा घाटु समापन गरिने परम्परा रहि आएको छ ।

सती घाटुनाँच अहिले आवश्यकतानुसार पठक पटक नाँचिन्छ । आन्तरिक पर्यटकहरु सती घाटुनाँच हेर्न चाहन्छन् । पर्यटकहरु आफुलाई अनुकुल हुँदा आउँछन् सती घाटुनाँच हेर्न ईच्छा व्यक्त गर्छन् । त्यस कारण पनि पर्यटकहरुको रुचिकर माध्यम बनिरहेको छ सती घाटुनाँच ।विशेषतः राजा परशुराम र चम्पावती रानीको बियोगान्तमा आधारित रहेर नाचिन्छ घाटुनाँच । राजा परशुराम ऐरा (शिकार) खेल्न गएको, उनको प्रेम, दुःख, मृत्यु र रानीहरु सती गएको कथावस्तुमा आधारित सती घाटु नाँचका लागि एक कन्या आवश्यक पर्छ । कन्या नाच्नु भन्दा अघि अक्षेतापातिले इँष्टदेवी, हिउँचुली, बरचुली, देउचुली, गंगाचुली आदिको पूजा गरि कन्याको आँखा बन्द भई नचाउने प्रचलन रहेको छ । कन्याहरुको आँखा बन्द नभएसम्म देवीको नाम जप्ने, देवीहरुको साथमा प्राकृतिक आकाश, धरती र आमालाई साक्षि राख्ने र देवीले पत्याए पछि मात्र घाटुनाँच शुरु गरिने प्रचलन छ । सती घाटुमा नाच्ने कन्याहरुमा देवी चढ्ने भएकाले नाच्ने समयमा बेहोसी अवस्थामा हुन्छन् । यो अवस्थालाई कुसुण्डा भनिन्छ ।सती घाटु वियोगान्त कथामा आधारित नाँच हो । घाटुनाँचमा गरिने कारुणिक अभिनयले वातावरणलाई उराठिलो बनाउछ र गाउने कलाकार दर्शक समेत आँखामा आँशु रसाएको देख्न सकिन्छ ।घाटुनाँचको लागि यतिनै संख्यामा कलाकार चाहिन्छ भन्ने छैन । यसमा १ जना देखि ३/४ जना सम्म नाच्ने गर्छन । जसमा एकजना राजाको रुपमा र अन्य रानीको रुपमा रहन्छन् । साथमा गाउने, बजाउने पूजा गर्ने समेत समुह हुन्छन् ।घाटुनाँच एक शास्त्रिय नृत्य हो ।घाटुनाँच मगर/गुरुङहरुको लोक संस्कृतिमा आधारित एउटा गिती नाटक हो भने फरक नखाला । कहिले देखि घाटु नाच्न थालियो भन्ने एकिन छैन । तर पाण्डवखानीमा ४/५ सय वर्ष पहिले देखि थालियो भन्ने जनविश्वास छ । खास गरि पाण्डवखानी भन्दा केही माथि भालखानी, कालखानी भन्ने ठाउछ । निगालोको ढोर बालेर खानी खनिएकोले त्यस ठाउँलाई भालखानी, कालखानी भनिन्छ । त्यो ठाउँमा खानी खन्ने क्रममा आज भन्दा ४/५ सय वर्ष अगाडि कामको सिलसिलामा त्यहाँ आउँदा मनोरञ्जनको रुपमा सती घाटु नाच्न थालिएको भनाई छ । त्यति बेला मनोरञ्जनका अन्य केही साधन पनि थिएन मनोरञ्जनको रुपमा नाच्न थालियो । त्यो परम्परा अहिले सम्म रहयो र अहिले त झनै पर्यटकको रुचीको विषय बन्न पुग्यो । घाटुनाँच बागलुङ जिल्लाका मगरबस्ती भएका अन्य भागहरुमा पनि नाचिन्छ ।

पाण्डबखानीमा समूह स्तर वन डढेलाे सचेतना गाेष्ठी सुरु

पाण्डबखानीमा समूह स्तर वन डढेलाे सचेतना गाेष्ठी सुरु
सुरेश छन्त्याल/पाण्डबखानी
वैशाख/२२�,विहिवार
बागलुङको गलकाेट नगरपालिका१०,पाण्डबखानीमा वन डढेलाे सचेतना गाेष्ठी अाज सुरु भएको छ।जिल्ला वन कार्यालय बागलुङकाे अायाेजना र इलाका वन कार्यालय खर्वाङकाे संयाेजकमा गाेष्ठी भएको छ।गाेष्ठीमा पाण्डबखानीका प्रत्येक सामुदायिक वनका २५ जना प्रतिनिधिहरुलाइ इलाका वन कार्यालय खर्वाङका प्रमुख दिपक श्रीस र डम्बर राेकाले तालिम दिनु भएको छ।                       तालिममा डढेलाे भनेकाे के हाे।,के कारणले लाग्छ,कसरी लाग्छ,र अागाे भनेकाे के हाे,यसलाई कसरी निभाउन सकिन्छ।भन्ने विषयमा तालिम दिएकाेछ।भने भालि अागाे कसरी निभाउने तरिका प्रयाेग बाट नै सिकाउने तालिम कर्ता प्रमुख श्रीसले जानकारी दिनुभएकाेे छ।

Sunday, April 1, 2018

पाण्डबखानी पुर्ण खाेप वडा घाेषर्णा भयाे।

पाण्डबखानी पुर्ण खाेप वडा घाेषर्णा भयाे।
चैत-१८-अाइतबार
सुरेश छन्त्याल/पाण्डबखानी
बागलुङको गलकाेट नगरपालिका १० पाण्डबखानी अाज देखि पुर्ण खाेप वडा घाेषर्णा भएको छ।घाेषणा कार्यक्रममामा गलकाेट नगरपालिका प्रमुख भरत शर्मा गैरेको प्रमुख अाथितियामा तिलक घर्ती मगरकाे सभापतित्याेमा भएको कार्यक्रममा स्वास्थ्य चाैकिका अनमि हेमा श्रीसकाे स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा नगर प्रमुख शर्माले घाेषणा पत्र,बाचन संगै जग्गाधनी मानसिह छन्त्याल,धनबहादुर सुनार र विभिन्न तहका व्याक्तिलाइ सम्मान प्रगतिवेदन प्रस्तुत भएको थियाे।स्थानीय स्राेतकाे उपयोग स्वामित्व र सहभागीता पुर्ण खाेप हाम्रो प्रतिबद्धता भन्ने नाराका साथ स्वास्थ्य चाैकि देखि गैराभाटी परिक्रमा गरिएको थियाे।जिल्ला जनस्वास्थ्य बागलुङ,गलकाेट नगरपालिका,वडा कार्यालय,स्वास्थ्य चाैकिकाे अायाेजनामा भएको कार्यक्रमको संञ्चालन अासा श्रीसले गर्नुभएको थियाे।त्यस्तै पाण्डबखानी माेटर बाटाे र पाण्डबखानी मावि बागलुङको गलकाेट नगरपालिका १० पाण्डबखानी माध्यमिक विद्यालायले गलकाेट नगर प्रमुख भरत शर्मा गैरेलाई स्वागत गरेकाेछ।पुर्व खाेप वडा घाेषर्णा कार्यक्रममा अाउनु भएको अवसरमा विद्यालायले स्वागत कार्यक्रम राखेकाे थियाे।व्यवस्थापन समितिका अध्यक्ष मानसिह छन्त्यालकाे अध्यक्षतामा स्वागत कार्यक्रममा वडा अध्यक्ष तिलक घर्ती,पत्रकार सुरेश वडा सदस्य धनबहादुर सुनार,राम प्रासाद वि.क, छन्त्याल,शिक्षक शिक्षिका लगाएतकाे उपस्थिति रहेको थियाे।त्यस्तै नगर प्रमुख शर्मा र वडा अध्यक्ष तिलक घर्ती मगरले मल्म पाण्डबखानी खण्ड ख अन्तरगत पाण्डबखानीमा मर्मत हुन लागेकाे बाटाेकाे पनि अनुगमन गर्नु भएको थियाे।