Tuesday, July 23, 2019

पत्रकारिता समाजको ऐना हो वडा अध्यक्ष घर्ती मगर

पत्रकारिता समाजको ऐना हो वडा अध्यक्ष घर्ती मगर

गलकोट साउन ७ गते
गलकोट नगरपालिका वडा नं १० का वडा अध्यक्ष तिलक घर्ती मगरले पत्रकारिता समाजको ऐना भएको बताउनु भएको छ । पाण्डवखानी अनलाईन खबरले आयोजना गरेको एक हप्ते निशुल्क रेडियो उदघोषण तथा पत्रकारिता तालिमको समापन समारोहलाई सम्बोधन गर्दै वडा अध्यक्ष घर्तीले यस्तो बताउनु भयो । ग्रामीण क्षेत्रमा पत्रकारीताको विकास गर्दै त्यसको महत्व, यहाँका समाचार सामग्री विश्व सामु पुराउन यो तालिमको महत्व रहने उहाँको भनाई छ । अध्यक्ष घर्तीले तालिममा सहजीकरण गर्ने प्रशिक्षक, आयोजक संस्था र सहभागीहरुलाई धन्यवाद समेत ज्ञापन गर्नुभयो । सो अवसरमा तालिमका प्रशिक्षकहरु नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश पार्शद थम्मन थापा सन्देश, पर्यटन पत्रकार संघ गुल्मीका अध्यक्ष कौरव खत्री, वडा सदस्य राम बहादुर विकलाई मायाको चिनो प्रशंसा पत्र सहित सम्मान गरिएको थियो । तालिममा पाण्डवखानी र आसपासबाट २२ जनाको सहभागिता रहेको थियो । तालिम सञ्चालनको लागि पाण्डवखानी समाज युकेले नगद रु ३१ हजार आर्थिक सहयोग प्रदान गरेको थियो । कार्यक्रममा पुर्व सांसद नर बहादुर पुन निरज, नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश पार्शद थम्मन थापा, वडा सदस्य राम बहादुर विक, पाण्डवखानी माध्यमिक विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष मानसिंह छन्त्यालले शुभकामना मन्तव्य राख्नु भएको थियो । त्यस्तै प्रशिक्षार्थी हरि विक, साजन विक र विपिन दर्जीले तालिमले आफुहरुलाई आत्मबल बढेको, पत्रकारिता तर्फ आकर्षण गरेको र क्षमता अभिवृद्वि गर्न सहयोग पुगेको धारणा राख्नुभएको थियो । तालिम अवधिभर पत्रकारिताको मुल्य मान्यता र कार्य विधी, उदघोषण कला, फिचर न्यूज लेखन, अनलाईन पत्रकारिता, अन्तरवार्ता, समाचार लेखन, पत्रकारका काम कर्तव्य र अधिकार, पत्रकार आचार संहिता लगायतका विषयमा सहजीकरण गरिएको तालिम संयोजक सुरेश छन्त्यालले जानकारी दिनुभयो । गलकोट नगरपालिका वडा नं १० पाण्डवखानीमा आयोजित पत्रकारिता तालिमको समापन समारोह पाण्डवखानी अनलाईन खबर सञ्चालन समितिका अध्यक्ष देवराज पुनको अध्यक्षता, प्रशिक्षार्थी भिमा श्रीसको स्वागत मन्तव्य र अनलाईन सह सम्पादक दिप घर्तीको सञ्चालनमा सम्पन्न भएको थियो ।

Saturday, July 6, 2019

अपाङ्गता भएको व्याक्तिहरुलाइ समाजले हेर्ने व्यबाहार र दृष्टिकोण परिवर्तन गर्न जरुरी उप प्रमुख काउचा......

अपाङ्गता भएको व्याक्तिहरुलाइ समाजले हेर्ने व्यबाहार र दृष्टिकोण परिवर्तन गर्न जरुरी उप प्रमुख काउचा......
सुरेश छन्त्याल/हटिया
बागलुङको गलकाेट हटियामा अाज सम्पन्न भएको अपाङ्गता भएका व्याक्तिहरुका लागि १ दिने समुदायमा अाधारीत पुर्णस्थापना सम्बन्धि सिविअार कार्यक्रममा बाेल्दै कार्यक्रमका प्रमुख अथितिसमेत रहनु भएकी गलकाेट नगरपालिका का उप प्रमुख रेनुका काउचा मगरलेअपाङ्गता भएका व्याक्तिहरुलाइ समाजले हेर्ने व्यबाहार र दृष्टिकोण परिवर्तन गर्न जरुरी रहेकाे बताउदै अपाङ्गता भएका व्याक्तिहरुलाइ सरकारले व्यवस्था गरेकाे छ। त्याे व्यवस्था बारेमा अपाङ्गहरु अाफै सचेत भएयाै भने हामी अाफ्नै खाली अर्काकाे भरमा भयाै भने हामीलाई के व्यवस्था गरेकाे छ। भने कुरकाहरु पनि जानकारी पाएनाै भने जुन सरकारले सेवा सुविधा दिएकाे छ । त्याे सेवा र सुविधाबाट बन्चित रहने बताउनुभयो । कार्यक्रम गलकाेट नगरपालिकाकाे अार्थिक सहयोग र अपाङ्गता भएका व्याक्तिहरुकाे नगरपालिका स्तरीय सञ्जाल गलकाेट नगरपालिका बागलुङकाे अायाेजनामाभएको कार्यक्रममा अपाङ्गता भएका व्याक्तिहरुकाे नगरपालिका स्तरीय सञ्जाल गलकाेट नगरपालिका अध्यक्ष शिशिर बम मल्मकाे सभापतित्याे र गलकाेट नगरपालिकाका उप प्रमुख रेनुका काउचाकाे प्रमुख अाथितियता गलकाेट नगरपालिकाका प्रशासकीय अतिकृत तुलप्रसाद वि.क काे विशिष्ट अाथितियतामा अपाङ्गता भएका व्याक्तिहरुकाे नगरपालिका स्तरीय सञ्जाल गलकाेट नगरपालिका सदस्यपितम घर्तिकाे स्वागत मन्तव्य र सञ्जालका सचिव गुन बहादुर खर्त्रीकाे संञ्चालनमा भएको कार्यक्रममा ५५ जना अपाङ्गता भएका व्याक्तीहरुकाे सहभागीता रहेकाे थियाे।

Thursday, July 4, 2019

लामाे समय पछि अब हामी निरन्तर

प्राविधिक समस्याका कारण याे पेजमा पाेष्ट हुने समाचार सुचना तथा विविध सामाग्रीबाट बन्चित हुनुभएका सम्पूर्ण पाठकहरुमा हामी क्षमाप्रार्थी हुँदै अब निरन्तर याे पेजबाट समाचार सुचना जानकारी दिने छाै साथमा याे पेजमा समस्या अाए पनि पाण्डबखानी अनलाइन खबर बाट भने निरन्तर अपडेड रहेका छाै।धन्यवाद ।।।