Tuesday, June 29, 2021

मेरो कलम कुनै पनि अन्याय र अत्याचार सहँदैन

गजल सहँदैन................
मेरो कलम कुनै पनि अन्याय र अत्याचार सहँदैन


✍️धुर्ब नयन तारा विश्वकर्मा
तमानखाेला गाउँपालिका १ स्याउला, बागलुङ

लुटपाट हत्याहिम्सा काटमार र बलत्कार सहँदैन
मेरो कलम कुनै पनि अन्याय र अत्याचार सहँदैन

त्यो भारतिय भतुवा हो,जो बोल्दैन त्यो गद्दार हो(२)
आफ्नै देसमाथि कुठाराघात,कुनै इमान्दार सहँदैन

कित त्यो गोर्खाली हो नभए नेपोलियन बोनापार्ट(२)
जो जितिरहन्छ बिस्वयुद्दमा कदापी हार सहँदैन

पैसाको भेलै बगाए पनि तिमिलाइ खेदाइ नै रहन्छ२
त्यो कुकुर अपराधिहरुको नालायक अनुहार सहँदैन

हाम्रो प्रेम बिवाह सम्भब छैन मेरो घर नआउ नबराज२
हामी छेत्री हौ,तिम्रो तल्लो जात मेरो परिवार सहँदैन

हामी कोरोना लाग्दा पनि पिसिआर नपाएर मर्छौ(२)
सरकार सिङ्गापुर पुग्छ एउटा सानू बुखार सहँदैन

बुहारि छे म छु र नाति छ धेरै काम नगर्नु है,आमा(२)
बिमारी हुनु भयो भने बुढो शरिरले बिमार सहँदैन

यदि,तिमी रोयौ भने तिमिसङ्गै कोहि रोइरहेको हुनेछ(२
नरोउ,मेरो यो मन कसैको आखामा आँसु धार सहँदैन

आमा नै हुन अथवा जमिन कित स्वयम भगवान(२)
जो बाहेक यो दुनियामा कोहि सन्सारको भार सहँदैन

usaबिरुद्द लादेन र इरानले हतियार यसैले उठायो(२)
अति भएपछि,ज्यादती कसैले पनि बारम्बार सहँदैन

सानु भनेर अरिङ्गागाल र सर्पको प्वालमा हात नघुसाउ(२
मर्लाउ,गोर्खौली हौ हामी जो कदापी बैरिको प्रहार सहँदैन

Tuesday, June 22, 2021

पाण्डबखानीमा टावर अवरुद्ध भएको १० दिनमा संचालन ।

पाण्डबखानीमा टावर अवरुद्ध भएको १० दिनमा संचालन ।
सुरेश छन्त्याल/ पाण्डबखानी
गलकाेट नगरपालिका १० पाण्डबखानीमा रहेकाे नेपाल टेलिकम बागलुङद्धारा संचालित नमस्ते टावर अवरुद्ध भए संगै पाण्डबखनीका समुदाय लगाएत सिसाखानीका केही घरदुरी संचार माध्यमबाट बन्चित भएका थिए ।
अविरल वर्षाका कारण गत जेठ ३० गते अवरुद्ध बनेकाे टावर आज पुन संचालनमा आएकाे छ। टावरकाे पाेलमा रहेकाे ईन्सुलेटर जल्दा टावर अवरुद्ध हुन पुगेकाे स्थानीय छम काउचाले जानकारी दिनुभयाे। त्यस्तै घाेम्टे खाेला जलविद्युतमा रहेकाे एल्सीपाेट नया राखेपछि टावर संचालनमा आउदा पाण्डबखानीका ४०७० समुदाय लगाएत सिसाखानीका केही घरदुरी लाभान्वित भएका छन् । यसरी लामाे समय सम्म टावर अवरुद्ध हुदा बैंकिङ काराेबार, अनलाइन कलास, संचार, महत्त्वपूर्ण कार्यबाट बन्चित हुदा धेरै क्षति पुगेकाे सप्तरङ्गी बचत तथा श्रृण सहकारी संस्था लि. पाण्डबखानीका प्रबन्धक तथा पाण्डबखानी अनलाइन खबरका सह सम्पादक दिप घर्तिले बताउनु भयाे। त्यस्तै नेपाल टेलिकम बागलुङका प्रमुख तथा बरिस्ठ इन्जिनियर केशब शर्माले टावर अवरुद्ध हुदा सर्वप्रथम त्यस क्षेत्रका समुदायदाइ घाटा हुने संगै यस्ताे विपद्काे समयमा टावरबाट बन्चित हुदा धेरै क्षति पुग्ने हुदा टेलिकमलाई पनि अवसर पर्ने र पाण्डबखानीमा रहेकाे टावरलाई नियमित संचालन राख्न केन्द्रीय लाईनकाे अत्तिनै तत्कालै आवश्यक रहेकाे जानकारी दिनु भयाे।

Sunday, June 13, 2021

पाण्डबखानी स्वास्थ्य चौकीलाइ आपतकालिन विरामीहरुका लागि ५ थान अक्सिजन ग्यास सिलिन्डर उपलब्ध ।

पाण्डबखानी स्वास्थ्य चौकीलाइ आपतकालिन विरामीहरुका लागि ५ थान अक्सिजन ग्यास सिलिन्डर उपलब्ध ।
सुरेश छन्त्याल/गलकोट
गलकोट नगरपालिका १० पाण्डबखानी वडा कार्यालय तथा स्वास्थ चौकीको संयुक्त आहवानमा वडा भित्रको देश तथा विदेशमा रहनुहुने सम्पूर्ण दाजुभाइ तथा दिदिबहिनीहरुको विशेष सहयोगमा पाण्डबखानी स्वास्थ्य चौकीलाइ आपतकालिन विरामीहरुका लागि ५ थान अक्सिजन ग्यास सिलिन्डर उपलब्ध भएको छ । उक्त सेवा बडिगाड गाउँपालिका ३ का केहि घरदुरी र सोहि गाउँपालिका ८ का १५ घरदुरी लगायत यस वडा भित्रका करिव ४०७० जनालाइ स्वास्थ सेवा दिने स्वास्थ चौकीकी प्रमुख रत्ना सुनारले जानकारी दिनुभयो ।
त्यस्तै वडालाइ पूर्ण खाेप वडा सुनिश्चितता प्रामाणिकरण गर्ने निर्णय, काेराेनाकाे प्रभावलाई मध्य नजर गरि पाण्डबखानीदेखि बेलायतमा रहनु हुने पाण्डबखानी समाज युके मार्फत यश स्वास्थ्य चाैकीलाई ५ सेट ठुलाे अग्सिजन तथा दुई अक्सी मिटर उपलब्ध गराएकाेमा अाभार व्यक्त गर्दै विशेष धन्यवाद प्रर्कत व्यक्त गरिएको छ।साथै कोभिद बिरुद्द नेपाल सरकार मार्फत ६२-६४बर्ष उमेर समुहका नागरिकहरुको लागि उपलब्ध गराएको जम्मा ३६ वटा खोप अपुग भएकोले सम्बन्धित निकायमा तुरुन्त माग गर्ने निर्णय गरिएको वडा अध्यक्ष तिलक घर्ती मगरले जानकारी गराउनु भयो।
गलकाेट नगरपालिका १० पाण्डबखानीका वडा अध्यक्ष तथा स्वास्थ चाैकी व्यवस्थापन समितिका अध्यक्ष तिलक घर्तिकाे अध्यक्षतामा बसेकाे बैठकमा सविधानसभा सदस्य बिशेष उपस्थितिमा निरज पुन, गलकाेट नगर सभा सदस्य राधिका पुन, बरिस्ठ समाजसेवी मानसिंह छन्त्याल, पत्रकार सुरेश छन्त्याल, शिक्षक प्रतिनिधि आसा श्रीस, महिला स्वास्थकर्मी स्वयसेविका लगाएतकाे सहभागीता रहेकाे थियाे।

Friday, June 11, 2021

पाण्डबखानीमा स्वास्थ चाैकी र सम्पूर्ण विद्यालयहरुलाइ रेडक्रस साेसाइटीले थियाे १० थान माक्स

पाण्डबखानीमा स्वास्थ चाैकी र सम्पूर्ण विद्यालयहरुलाइ रेडक्रस साेसाइटीले थियाे १० थान माक्स
सुरेश छन्त्याल/ पाण्डबखानी

विश्व व्यापी रुपमा फैलिरहकाे काेराेना भाइरस काेभिड 19 लाई मध्यनजर गर्दै नेपाल रेडक्रस साेसाइटी जिल्ला शाखा बागलुङद्धारा १० थान ५ सय पिस माक्स गलकाेट नगरपालिका १० पाण्डबखानीमा रहेकाे स्वास्थ्य चाैकी र सम्पूर्ण विद्यालयलाइ हस्तान्तरण गरिएको नेपाल रेडक्रस साेसाइटी उपशाखा गलकाेट नगरपालिका १० पाण्डबखानीका सभापति भक्त काउचाले जानकारी दिनु भयाे। त्यस्तै गलकाेट नगरपालिका १० पाण्डबखानीका वडा अध्यक्ष तिलक घर्तिले यस्ताे माहामारीकाे समयमा रेडक्रसले प्रत्येक विद्यालय स्वास्थ संस्थामा माक्स उपलब्ध गराएकाेमा रेडक्रसलाई धन्यवाद दिदै आगामी दिनहरुमा यस्तै सर्णिय कार्यकाे अपेक्षा समेत गर्नु भयाे। विसं २०२० भदौ १९ गते रेडक्रस अभियानको अंगको रूपमा नेपाल रेडक्रस सोसाइटीको स्थापना भएको थियो । रेडक्रसका प्रदेश, जिल्ला शाखा र युवाहरुले विभिन्न कोभिड–१९ को विषयमा चेतनामूलक अनलाइन गतिविधिमा जोड दिई वा भौतिक दूरी कायम राखी आयोजना गरिरहेका छन् ।

Thursday, June 10, 2021

गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङले पाएनन् विश्वासको मत

गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङले पाएनन् विश्वासको मत
बिहिवार, जेठ २७ गते / पाण्डबखानी अनलाइन खबर


पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ प्रदेशसभाबाट विश्वासको मत पाउन असफल हुनुभएको छ । प्रदेशसभाको विहिबारको बैठकमा विश्वासको मत लिने क्रममा उनले जम्मा २७ मात्र मत पाउनुभयो । यो उहाँको पार्टी नेकपा एमालेका मात्रै सांसदको संख्या हो ।खनाल, नेपाल पक्षका भनिएका इन्द्रलाल सापकोटाले पनि विश्वासको पक्षमा मतदान गर्नुभयो । युवा तथा खेलकुदमन्त्री राजीव गुरुङ (दीपक मनाङे) भने प्रदेशसभा बैठकमै उपस्थित नभएकाले मतदान प्रक्रियामा पनि सहभागिता जनाउनुभएन ।
यसअघि मुख्यमन्त्री गुरुङलाई मतदान गर्ने बताउँदै आएका राष्ट्रिय जनमोर्चाका कृष्ण थापा भने तटस्थ बस्नुभयो । विश्वासको मतको प्रस्तावको विपक्षमा ३० मत पर्‍यो । कांग्रेसका १५, माओवादी केन्द्रका ११, राष्ट्रिय जनमोर्चाका २ र जनता समाजवादीका २ सांसदले मत दिए । ६० सदस्यीय प्रदेशसभामा सरकार बनाउन ३१ मतको आवस्यक पर्छ ।
प्रदेशसभामा ठूलो दलको नेताको हैसियतमा गत बैशाख २९ मा गुरुङ दोस्रो पटक मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।संविधानको धारा १६८ को उपधारा ३ बमोजिम मुख्यमन्त्री नियुक्त गुरुङले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संविधानको धारा १६८ को उपधारा ४ बमोजिम प्रदेशसभाको विश्वास पाउ भन्दै प्रस्ताव पेश गरेका भए पनि पाउन भने सक्नुभएन ।

 

Tuesday, June 1, 2021

चट्याङ लाग्दा एक बालकको ज्यान गयो, एक घाइते

चट्याङ लाग्दा एक बालकको ज्यान गयो, एक घाइते 
२०७८ जेठ १८/बागलुङ

बागलुङको बडिगाड गाउँपालिकामा चट्याङ लाग्दा एक बालकको मृत्यु भएको छ भने अर्को एक बालिका घाइते भएकी छन् ।

दिउसो परेको चट्याङ लाग्दाब बडिगाड गाउँपालिका वडा नं. ५ सिमाकका नन्दलाल पेमीका छोरा १२ वर्षीय सुवास पेमीको मृत्यु भएको हो । त्यस्तै वडा नं. ४ जलजला भुल्ने टोलका प्रेम राकस्कोटीका ११ वर्षीय छोरी सृष्टि राकस्कोटी घाइते भएकी छन् भने सोही ठाउँ बस्ने रुपचन बुढाथोकीका दुई वटा घरमा क्षति पुगेको बडिगाड गाउँपालिकाका अध्यक्ष मेहरसिंह पाइजाले जानकारी दिनुभएको छ ।

चट्याङले प्राय सबै घरहरूमा रहेको विद्युतीय सामाग्री जलेका छन् । चाचलघाट लघु जलविद्युत परियोजनाको विद्युत् अधिकांश स्थानमा अवरुद्ध भएको छ ।