Saturday, July 31, 2021

रिघामा शिक्षा विकास सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न ।

रिघामा शिक्षा विकास सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न ।
पाण्डबखानी अनलाइन खबर
गुणस्तरीय शिक्षा आजकाे आवश्यकता भन्ने मुल नाराका साथ गलकाेट नगरपालिका ११ रिघामा शिक्षा विकास सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । रिघा स्थित वडा स्तरीय शिक्षा समितिकाे आयाेजनामा भएको कार्यक्रममा विद्यालयकाे आर्थिक वर्षकाे समिक्षा, विद्यालयकाे वैकल्पिक प्रध्दधी, विद्यालय संचालन, स्थलगत अनुगमन, विद्यार्थी भर्ना अभियान बारे जानकारी गराउदै भावी विद्यालयकाे विस्तभुमिकाे इतिहास र वर्तमान अवस्थामा संचालन कसरी भएको छ भन्ने विषयमा छलफल गरिएको थियाे। कार्यक्रममा जनप्रतिनिधि, शिक्षाप्रेमी, अभिभावक, शिक्षक, व्यवस्थापन समिति, सराेकारवाला, बुद्धिजीवी लगाएतकाे सहभागीता रहेकाे कार्यक्रममा गलकाेट नगरपालिका ११ रिघाका शिक्षा सतिमिका संयाेजक तथा वडा अध्यक्ष डम्बर श्रीसकाे अध्यक्षता शिक्षा समिति सदस्य तथा सानाे रिघा आधारभूत विद्यालयका प्रध्यानापक नरेन्द्र पुनकाे स्वागत संगै शिक्षाको विषयमा सहजिकरण गर्दै रत्न लक्ष्मी माविका प्रध्यानापक तथा शिक्षा समितिका सविव तुलबहादुर श्रीसकाे संचालनमा कार्यक्रम सम्पन्न भएको थियाे।

Tuesday, July 27, 2021

पाण्डबखानीमा अन्तरक्रिया कार्यक्रम सम्पन्न ।

पाण्डबखानीमा अन्तरक्रिया कार्यक्रम सम्पन्न ।
सुरेश छन्त्याल
साउन, १२ मंगलबार
समाजमा रहेका विकृती विसंगतीका बारेमा गलकोट नगरपालिका १० पाण्डबखानीमा समसामयिक विषयमा छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
गलकोट नगरपालिका वार्ड नम्बर १० पाण्डबखानीको आयोजनामा भएको कार्यक्रममा वडा भित्र रहेका विभिन्न समस्या न्युनिकरणका लागि टोल स्तरमा नागरिक सचेतना कार्यक्रम संचालन गर्ने, विश्व व्यापीरुपमा कोरोनाको प्रभावबाट प्रवावित भएको अवस्थामा कोभिड नियन्त्रणको लागि गलकोट नगरपालिका १० पाण्डबखानी भित्र रहेको खोप लगाउन छुटेका आम नागरिकलाई तत्काल खोप व्यवस्थापन गर्नका लागि स्वास्थ्य लागत तथा कोरोना विरुद्घको खोप प्रयोजनकार्य संकलित विवरण तयार गरि सम्बन्धित निकायमा माग गर्ने र सोहि वितरण संकलन गर्न महिला स्वास्थ्य स्वयसेविका तथा स्वानीय शिक्षकहरुबाट गर्ने तथा तेस्रो भेरियन्ट समेटको प्रभाबलाई समेत मध्यनजर गरि आश्वयक तयारी गर्ने सर्वसहमत पारित भएको छ ।
कार्यक्रममा विभिन्न संघसस्थाका अध्यक्ष, राजनितिक दल, नगर सभा सदस्य, जनप्रधिनिति, कल्ब, आमासमुह, टोल सुधार समिति, शिक्षक, पत्रकार, लगाएतको सहभागिता रहेको कार्यक्रममा आफ्–आफ्ना विचार र आफ्नो टोलको समस्या राखेका थिए । वडा अध्यक्ष तिलक घर्तिको अध्यक्षता संविधानसभा सदस्य निरज पुनको विशेष उपस्थित रहेको कार्यक्रमको संचालन वडा सदस्य रामप्रसाद वि.क ले गर्नुभएको थियो ।

Saturday, July 24, 2021

“हामी अपाङ्ग” -आविष्कार खरेल,

“हामी अपाङ्ग” -आविष्कार खरेल,

आविष्कार खरेल, गल्कोट
अपाङ्गको पनि साङ्गाको जस्तै मन हुन्छ हजुर अपहेलना, फरक व्यबहार गर्दा मन रुन्छ हजुर
अपाङ्ग हुनु कुनै जुनिमा गरेको पापले हैन हजुर पोषण, भिटामिनको कमिले हो कसैको सरापले हैन हजुर बाहिरी अाँखा नभएपनि मनले संसार देख्न सक्छौ हजुर शिक्षा पाए हात नभएपनि खुट्टाले लेख्न सक्छौ हजुर

मुख नबोले पनि कान नसुने पनि पढ्न सक्छौ हजुर अवसर पाएपछि सगरमाथा पनि चढ्न सक्छौ हजुर साङ्गा सङ्गै हिड्नु छ हातमा हात मिलाएर काधमा काध मिलाएर हजुर हार मानेर जिबनमा कमजोर बनि जानेछैनौ बिलाएर हजुर

शारिरीक अशक्त भएतापनि अघि बढ्न मनदेखि हिम्मत गर्नेछौ हजुर देशका लागि बाच्नेछौ हामी देशकै लागि मर्नेछौ हजुर

Friday, July 23, 2021

गलकाेटमा १ हजार ३ सय ५४ जनाले जोन्सन एण्ड जोन्सन खोप लगाए ।

गलकाेटमा १ हजार ३ सय ५४ जनाले जोन्सन एण्ड जोन्सन खोप लगाए ।
सुरेश छन्त्याल/ गलकाेट


आज गलकोट नगरपालिका भित्र रहेका ८ ओटा स्वास्थ्य चाैकीमा  कोरोना भाईरस विरुद्ध जोन्सन एण्ड जोन्सन खोप लगाईएको छ । गलकोट नगरपालिका भित्र रहेका ८ ओटा स्वास्थ्य संस्थाहरुवाट महिला ६ सय ८० र पुरुष ६ सय ७४ गरी १ हजार ३ सय ५४ जनाले जोन्सन एण्ड जोन्सन खोप लगाएकाे गलकोट नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मिरा शर्मा गैरेले जानकारी दिनुभयो । 
जसमध्ये पाण्डबखानी स्वास्थ्य चौकिमा महिला ४४, पुरुष ५६ गरी १ सय जनाले जोन्सन एण्ड जोन्सन खोप लगाएको पाण्डबखानी स्वास्थ्य चा‌ैकीकि प्रमुख रत्ना सुनारले जानकारी दिनुभयो ।
५० देखि ५४ वर्ष उमेर समुहका व्यक्तिहरु, अपाङ्गता भएका क र ख वर्गका व्यक्तिहरु र विदेश जानका लागि पासपोर्ट तयार भएकाहरुलाई कोरोना भाईरस विरुद्ध जोन्सन एण्ड जोन्सन खोप लगाईएको पाण्डबखानी स्वास्थ चाैकीकि अनमी प्रतिमा पुनले जानकारी दिनुभयाे। 

Thursday, July 15, 2021

सिद्धथानदेखि घुम्टे जाेड्ने पद मार्ग जाेडियाे।

सिद्धथानदेखि घुम्टे जाेड्ने पद मार्ग जाेडियाे। 
सुरेश छन्त्याल/ गलकाेट 
गलकाेट नगरपालिका १० पाण्डबखानीकाे सिद्धथानदेखि बागलुङ जिल्लाकै प्रसिद्ध धार्मिक स्थल घुम्टे जाने बाटाे पद मार्गमा जाेडिएकाे छ । प्रधानमन्त्री स्वराेजकार कार्यक्रम अन्तर्गत गलकाेट नगरपालिकाबाट विनाेजित आर्थिक वर्ष ०७८/७९ काे बजेट रु. ५ लाख ६७ हजार रकमबाट ४५५ मिटर साेलिङ र ३५० मिटर सेडी गरि जम्मा ८ सय मिटर पद मार्ग  निर्माण भएको निर्माण समितिका अध्यक्ष गंगबहादुर काउचाले जानकारी दिनुभयाे। त्यस्तै ५० हजारकाे श्रमदान भएको पद मार्ग निर्माण कार्य असार १५ देखि सुरु भइ असार ३० गते समापन भएको अध्यक्ष काउचाले जानकारी दिनु भयाे, साथै यश पद मार्ग निर्माण भए संगै घुम्टे लेखमा पुगेर घुम्टेमा रहेकाे धार्मिक स्थलहरुकाे दर्शन गर्न पुजा आजा गर्न सहज हुने र विशेषगरी आन्तरिक व्याय पर्यटनहरुलाइ सहज हुने सिद्धथान सामुदायिक हाेम स्टेका अध्यक्ष खिमबहादुर पुनले जानकारी दिनु भयाे। यश अघि घुम्टे जानलाइ असहज हुनुका साथै धेरै समय खर्चिनु पर्ने बाध्यता थियाे, अब त्याे बाध्यता अन्त्य भएको सिद्धथान सामुदायिक हाेम स्टेका अध्यक्ष पुनले बताउनु भयाे।

Sunday, July 11, 2021

युरो कपको उपाधि इटालीलाई

युरो कपको उपाधि इटालीलाई

एजेन्सी – घरेलु टोली इंग्ल्यान्डलाई पराजित गर्दै इटालीले युरोपेली च्याम्पियनसिप २०२० को उपाधि जितेको छ । निर्धारित ९० मिनेटको समय १-१ को बराबरी र थप ३० मिनेटमा गोल हुन नसक्दा खेल टाइब्रेकरमा पुगेको थियो । टाइब्रेकरमा इंग्ल्यान्डले लगातार ३ प्रहारमा गोल गर्न नसक्दा इटाली ३-२ ले विजयी भएको हो ।

पहिलो हाफको सुरुवातमा नै अग्रता लिएको इंग्ल्यान्डले बल पोसेसनमा पकड जमाउँदै इटालीलाई खुलेर खेल्न दिएको थिएन । दोस्रो हाफमा थप आक्रामक देखिएको इटालीले सेट पिसमा गोल फर्काएपछि खेल पुन: प्रतिस्पर्धात्मक देखिएको थियो । निर्धारित ९० मिनेटको खेल १-१ को बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । अतिरिक्त समयमा थप गोल हुन नसक्दा खेल टाइब्रेकरमा लम्बिएको थियो ।
टाइब्रेकरमा पहिलो प्रहार गर्न आएका इटालीका डोमेनिको बेरार्डीले सहजै गोल गरे । इंग्ल्यान्डका कप्तान ह्यारी केनले पनि आफ्नो पेनाल्टीमा कुनै गल्ति गरेनन् । दोस्रो प्रहारमा आन्द्रीए बेलोट्टीको प्रहार पिकफर्डले बचाएपछि इंग्ल्यान्डले अघि बढ्ने अवसर पाएको थियो । ह्यारी मगाएरले शक्तिशाली प्रहार टप कर्नरमा गोल गरेपछि इंग्ल्यान्ड अघि बढेको थियो ।
तेस्रो प्रहारमा इटालीका लिओनार्दो बोनुचीले गोल गरे । लगत्तै मार्कस रासफर्डको प्रहार पोस्टमा लागेर बाहिरिंदा खेल बराबरीमा पुगेको थियो । चौथो प्रहारमा बर्नार्डेसकीले सिधै प्रहारमा गोल गर्दा जेडन सान्चोले पेनाल्टीमा गोल गर्न नसक्दा इटालीले अग्रता लिएको थियो । पाँचौ प्रहारमा जर्जिन्होले गोल गर्न चुकेपनि त्यसपछि बुकायो साकाको प्रहार डोनारुम्माले बचाएपछि इटालीले ३-२ को जित दर्ता गर्दै उपाधि जित्यो ।
खेलको दोस्रो मिनेटमा नै इंग्ल्यान्डले लुक शाको गोलमा अग्रता लिएको थियो । इटालीको कर्नरबाट अघि बढेको इंग्ल्यान्डको काउन्टर अट्याकमा शा गोल गर्न सफल भएका थिए । दायाँ विंगबाट काइरान ट्रीपिएरले दिएको क्रसलाई शाले बायाँ भागबाट पहिलो टचमा नै गोल गरेका थिए ।

आठौं मिनेटमा इटालीका लोरेन्जो इन्सिग्नेको फ्रिकिकले वाल पार गरेपनि गोलरक्षक जोर्डन पिकफर्डलाई कुनै समस्या दिन सकेन । १४ औं मिनेटमा मेसन माउन्टको क्रसमा गोलरक्षक जियानलुइजी डोनारुम्माले सहज बचाउ गर्दै खतरा टारे ।२८ औं मिनेटमा इन्सिगनेले इंग्ल्यान्डको रक्षापंक्ति तोडेपनि उनको अन्तिम प्रहारले पोस्टको दिशा लिन भने सकेन । ३५ औं मिनेटमा फेडेरिको किएजाले पेनाल्टी क्षेत्रको बाहिरबाट गरेको प्रहारमा गोलरक्षक पिकफर्ड बिट भएपनि पोस्टभन्दा थोरैले बाहिरियो ।

इन्ज्युरी समयमा चिरो इम्मोबिलेले पेनाल्टी क्षेत्र भित्रबाट गरेको प्रहारमा डिफेन्डर जोन स्टोन्स बाधक बने । त्यसपछि दुवै टोलीले गोलको अवसर सिर्जना नगर्दा इंग्ल्यान्ड पहिलो हाफमा अग्रता जोगाउन सफल रहयो ।

दोस्रो हाफमा इटालीले सुधारिएको खेल प्रदर्शन गर्दै खेलमा फर्कियो । एकपछि अर्को आक्रमण विफल पारेको इंग्ल्यान्डले काउन्टरमा अवसर भने सिर्जना गरेको थियो । ६२ औं मिनेटमा किएजाको प्रहारमा पिकफर्डले सुन्दर बचाउ गर्दै स्कोर परिवर्तन हुन दिएनन् । अर्कोतर्फ डोनारुम्म़ाले स्टोन्सको हेडर बचाएका थिए ।

६७ औं मिनेटमा इटालीले बोनुचीको गोलमा खेल बराबरी गर्यो । बेरार्डीको कर्नरमा भेराट्टीको हेडरलाई पिकफर्डले बचाएपनि पोस्टमा लाग्दै फर्केको बलमा बोनुचीले कुनै गल्ती गरेनन् । इंग्ल्यान्डको डिफेन्सले क्लिअर गर्न नसकेको सेट पिसमा इटाली खेलमा फर्किएको थियो ।

७४ औं मिनेटमा इटालीले अग्रता लिने सुवर्ण अवसर खेर फाल्यो । बोनुचीको लामो पासमा बेरार्डीले पेनाल्टी क्षेत्रभित्र पहिलो टचमा नै गरेको प्रहारले पोस्टको दिशा लिन सकेन । डिफेन्स लाइन बिट भएर गोलरक्षक समेत अघि बढेको अवस्थामा बेरार्डीले हतारमा गरेको प्रहार बाहिरिएको थियो । त्यसपछि दुवै टोलीबाट थप गोल हुन नसक्दा खेल अतिरिक्त समयमा लम्बिएको थियो ।

अतिरिक्त समयको ९७ औं मिनेटमा काल्भिन फिलिप्सले पेनाल्टी क्षेत्र बाहिरबाट गरेको शक्तिशाली प्रहारले पोस्टको दिशा लिन सकेन । १ सय ४ औं मिनेटमा इटालीले अग्रता लिने अवसर पाएको थियो । तर क्रस बचाउने धुनमा गोलरक्षक पिकफर्ड पोजिसनबाट बाहिर रहँदा फरवार्ड आन्द्रीए बेलोट्टीले गोल गर्न सकेनन ।

साभार:- अनलाईन

Sunday, July 4, 2021

पाण्डबखानीमा वडा अधिवेशनकाे पुर्व तयारी

पाण्डबखानीमा वडा अधिवेशनकाे पुर्व तयारी
सुरेश छन्त्याल/ गलकाेट

गलकाेट नगरपालिका १० पाणडबखानीमा नेपाली काग्रेसकाे भेटघाट तथा छलफल साथै वडा अधिवेशनकाे पनि पुर्व तयारी समेत सम्पन्न भएको छ। गलकाेट नगरपालिका १० पाण्डबखानीमा रहेकाे नेपाली काग्रेस वडा कार्य कमितिकाे आयाेजनामा भएको भेटघाट कार्यक्रममा क्षेत्र नम्बर २ का क्षेत्रीय सचिव तिलक घर्ती मगरले नेपाली काग्रेसकाे स्थापना नेपाली जनतालाई चरम ज्यादती, शाेषन गरिरहेको राणा कालिन समयमा भएको हाे। तत्कालीन समयदेखि नै शुवर्ण समसेर र विपी काेइराला विचकाे समझदारी मार्फत नेपाली जनताको उन्मुक्ति निमित्त नेपाली काग्रेस स्थापना भएको भन्दै स्थापना कालदेखि नै लाेकतान्त्रीक प्रक्रियामा रहेर अहिले १४ अाैं महाधिवेशन पुर्व सन्ध्यामा आइरहेको बताउनु भयाे। यो अबसरमा देश, समाजको मुहार फेर्न को लागि सहि नेतृत्व चयन गर्नु क्रियासिल काङ्ग्रेसिहरुको महत्वपुर्ण भुमिका रहेकोले सम्पुर्णमा जगरुक हुन अपिल गर्नु भयो।संविधानसभा सदस्य नरबहादुर पुन निरजकाे प्रमुख आतिथियतामा भएकाे कार्यक्रममा क्षेत्र नम्बर २ का क्षेत्रीय सचिव तिलक घर्ति, जिल्ला सदस्य रामप्रसाद वि.क, पुर्व महाधिवेशन प्रतिनिधि राधिका पुन, भुतपुर्व शैनिक संघ, कृयाशिल सदस्य, तरुण दल, शिक्षक संघ लगाएतका प्रतिनिधि, नेपाल प्रेस युनियन जिल्ला सदस्य सुरेश छन्त्याल लगाएतकाे सहभागीता रहेकाे कार्यक्रममा पार्टी सभापति देवराज पुनकाे सभापतित्याे, सह सचिव दिप घर्तिकाे स्वागत मन्तव्य संगै सुरु भएको कार्यक्रमकाे संचालन सचिव ज्ञानबहादुर श्रीसले गर्नु भएको थियाे।

Friday, July 2, 2021

नव ज्याेति प्राविद्वारा श्रद्धाञ्जली सभा सम्पन्न ।

नव ज्याेति प्राविद्वारा श्रद्धाञ्जली सभा सम्पन्न ।
सुरेश छन्त्याल/ गलकाेट

गलकाेट नगरपालिका १० पाण्डबखानीमा रहेकाे नव ज्याेति प्राविद्वारा श्रद्धाञ्जली सभा सम्पन्न भएको छ । गलकाेट नगरपालिका १० सुनपानी निवासी श्री पिता भक्त बहादुर पुन र माता अमृता पुनकाे जेठाे छाेरा स्व. डम्बर कुमार पुनको यही जेठ २५ गते ५० वर्षकाे उमेरमा भएको दुखद निधन प्रति आज १३ अौं पुन्य तिथिकाे अवसरमा स्व. डम्बर कुमार पुनकाे फाेटाेमा माल्यापन गर्दै श्रद्धाञ्जली अर्पण गरिएको थियाे। नव ज्याेति प्राविकाे आयाेजनामा भएको श्रद्धाञ्जली सभा कार्यक्रममा बाेल्दै नव ज्याेति प्राविका संस्थापक अध्यक्ष तथा बरिस्ठ मानसिंह छन्त्यालले जन्म र मृत्यु श्रृष्टिको नियम भएकोले परिवारजनलाई धैर्य धारण गर्न अनुरोध गर्दै श्रद्धान्जली व्यक्त गर्नुभएको थियाे।साथै यश विद्यालयलाइ स्व डम्बर कुमार पुनकाे धर्मपत्नी शाेभा पुन र छाेरी हाना पुन मार्फत रु. १० हजार ९५ (दस हजार पन्चानब्बे ) रकम विद्यालयका अध्यक्ष कमला थापा र प्रध्यानापक चन्द्रकुमारी श्रीसलाइ हस्तान्तरण गर्नुभएको थियो । साथै यश रकम मार्फत आगामीदिनमा गरिव तथा जेहेन्दार विद्यार्थीहरुलाइ छात्र वृत्री प्रदान गर्ने, सुनपानी निवासी स्व. रन्जिता घर्तिबाट सुरुवात भएको यश कार्यक्रमलाई निरन्तरता दिने क्रममा आज स्व. डम्बर कुमार पुनका धर्मपत्नी शाेभा पुन बाट पनि यस्ताे दुखद् घडीमा पनि विद्यालयलाई गरेकाे माया र सहयाेग प्रति विशेष आधार व्यक्त गर्दै विद्यालयका प्रध्यानापक चन्द्रा कुमारी श्रीसले सम्पूर्ण विद्यालय परिवारकाे तर्फ देखि स्व. डम्बर कुमार पुनकाे आत्माप्रती चिर शान्तिकाे कामना गर्दै शाेकाकुल परिवारजन प्रति इश्वरले धेर्यधारण गरून् भन्दै श्रद्धाञ्जली व्यक्त गर्नु भएको थियाे।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कमला थापा, संस्थापक अध्यक्ष तथा बरिस्ठ मानसिंह छन्त्याल, प्रध्यानापक चन्द्रा कुमारी श्रीस, कृष्ण सुनार, लालबहादुर वि.क खगप्रसाद घर्ती, रामप्रसाद छन्त्याल, लगाएको सहभागीता रहेकाे थियाे। भने कार्यक्रम माक्सकाे प्रयाेग संगै सामाजिक दुरि कायम गरि श्रद्धाञ्जली सभा सम्पन्न भएको थियाे। 

Thursday, July 1, 2021

पाण्डबखानीमा दर्ता शिविर सम्पन्न ।

पाण्डबखानीमा दर्ता शिविर सम्पन्न ।
सुरेश छन्त्याल/ पाण्डबखानी

नागरिककाे व्यक्तिगत घटना दर्ता तथा सामाजिक सुरक्षा नेपाल सरकारकाे दर्ता शिविर मार्फत प्राथमिकता कार्यक्रम अन्तर्गत व्यक्तिगत घटना दर्ता शिविर गलकाेट नगरपालिका १० पाण्डबखानीमा सम्पन्न भएको छ । हिजाे पाण्डबखानीकाे रमुवामा पुगि दर्ता शिविर सम्पन्न भएको वडा सचिव ठाकुर तिमिल्सिनाले जानकारी दिनु भयाे । साेहि कार्यक्रम आज वडा कार्यालयमा सम्पन्न भएको छ । जसमा जन्म दर्ता २५, विवाह दर्ता ८ र मृत्यु दर्ता १ गरि
जम्मा ३४ जनाले सेवा लिएका थिए । शिविर कार्यक्रम वडा सदस्य रामप्रसाद वि.क, गलकाेट नगरपालिका पञ्चिकरण शाखा गलकाेटका mis अपरेटर सुदिप शर्मा, फिल्ड सहायक मिना गाैतम, वडा सचिव ठाकुर तिमिल्सिना, पाण्डबखानीका बालमैत्री सहजकर्ता रामु । शाहि, पत्रकार सुरेश छन्त्याल, पाण्डबखानीका पशु प्राविधिक शिव आचार्य लगाएतकाे सहयोगमा कार्यक्रम सम्पन्न भएको थियाे ।