Saturday, May 28, 2016

सरकारले ल्यायो १० खर्ब ४८ अर्ब ९२ करोड रूपैयाँको बजेट

१५ जेठ, काठमडौं । सरकारले आगामी आर्थिक वर्ष
०७३र०७४ का लागि १० खर्ब ४८ अर्ब ९२ करोड १३ लाख रुपैयाँको
बजेट ल्याएको छ । अर्थमन्त्री विष्णु पौडेलले
व्यवस्थापिका सांसदमा उक्त रकम बराबरको बजेट प्रस्तुत गरेका छन्

प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार
तीन बजे बसेको मन्त्रिपरिषदको बैठकले ठूलो आकारको
बजेट स्वीकृत गरेको थियो ।
अर्थमन्त्रीले सार्वजनिक गरेको बजेटको यो आकार
राष्ट्रिय योजना आयोगले दिएको सिलिङभन्दा १ खर्ब ४९ अर्ब ९२
करोड रुपैयाँले बढी हो । योजना आयोगले ९ खर्ब ९
अर्ब रुपैयाँको सिलिङ तोकेको थियो ।
अागामी अार्थिक वर्षको बजेट चालू अार्थिक वर्षको
भन्दा २ खर्ब २९ अर्ब ४४ करोड रूपैयाँले बढी हो ।
चालु आर्थिक वर्षको बजेटको आकार ८ खर्ब १९ अर्ब ४६ करोड
रुपैयाँको थियो ।
अागामी अार्थिक वर्षका लागि सरकारले
पुँजीगत अर्थात विकास बजेट ३ खर्ब ११ अर्ब रूपैयाँ
बजेट छुट्याएको छ । चालु आवमा यस्तो बजेट २ खर्ब ८ अर्ब ८७
करोड ४२ लाख ४२ हजार रुपैयाँको बजेट थियो । आर्थिक वर्ष वित्न
डेढ महिना बााकी हुादा विकासका लागि जम्मा ४७ अर्ब
रुपैयाा मात्रै खर्च भएको छ । असार मसान्तसम्ममा
पुँजीगत तर्फ १ खर्ब ६९ अर्ब अर्थात ७६ प्रतिशत
खर्च हुने संसोधित अनुमान रहेको अर्थमन्त्रीले
बताएका छन् ।
त्यसैगरी, सारधारणतर्पफ ६ खर्ब १७ अर्ब १६
करोड रूपैयाँ बजेट बिनियोजन गरेको अर्थमन्त्रीले
बताएका छन् । चालु अावमा यस्तो शिर्षकमा चालू आवमा यो ४ खर्ब ८४
अर्ब २६ करोड ६३ लाख ७५ हजार विनियोजन गरिएको थियो ।
साधारणतर्फको यो बजेट असार मसान्तसम्ममा ८६ प्रतिशत खर्च
हुने अर्थमन्त्रीले बताएका छन् ।
त्यसैगरी वित्तीय व्यवस्था तर्फ
अागामी अार्थिक वर्षका लागि सरकारले १ खर्ब १९
अर्ब ३१ करोड रूपैयाँ बजेट विनियोजन गरेको
अर्थमन्त्रीले जानकारी दिए । चालु
आवमा यस्तो बजेट १ खर्ब २६ अर्ब ३२ करोड ५२ लाख ६७ हजार
रुपैयाँ विनियोजन गरिएको थियो ।

No comments:

Post a Comment