Tuesday, May 29, 2018

१३ खर्ब १५ अर्ब रुपैयाँको बजेट

सरकारले आउँदो आर्थिक वर्ष २०७५/०७६ को लागि १३ खर्ब १५ अर्ब रुपैयाँको बजेट ल्याएको छ ।
सुरेश छन्त्याल
बजेटमा ८ प्रतिशतको आर्थिक वृद्धिदरको लक्ष्य लिइएको छ । बजेट कार्यान्वयनबाट ५ लाख जनाले रोजगारी पाउने र मूल्यवृद्धि ५ प्रतिशतमा सीमित हुने उल्लेख छ ।
बजेटका मुख्य बुँदा प्रदेशलाई ६३ अर्ब १३ करोड ५५ लाख र स्थानीय तहलाई १ खर्ब ९ अर्ब ८४ करोड ५६ लाख ।  प्रधानमन्त्री रोजगार कार्यक्रम सुरु गर्ने । 
देशभित्र रोजगारी सिर्जना गरी नेपालीलाई वैदेशिक रोजगारीमा जान नपर्ने अवस्था बनाउन प्रधानमन्त्री रोजगार कार्यक्रम सुरु गरिने । समान कामको लागि समान ज्यालाको नीति लागू गरिने। 
शैक्षिक प्रमाणपत्रको धितोमा ५ प्रतिशत ब्याज अनुदानमा ७ लाख रुपैयाँसम्म ऋण उपलब्ध गराइने । विदेशबाट फर्केका युवाहरुको सीप प्रमाणीकरण गरी त्यस्ता युवाहरुलाई सम्बन्धित व्यवसाय सञ्चालन गर्न १० लाख रुपैयाँसम्म ऋण दिने । गर्भावस्थादेखि नै प्रसुति सुरक्षा सेवा पुर्याइने । दुई वर्षभित्र सबै वडाहरुमा न्यूनतम एक स्वास्थ्य संस्थास्थापना गरिने । सबै स्थानीय तहमा कम्तीमा एक डाक्टरको सेवा सुनिश्चित गरिने । नागरिक आरोग्य कार्यक्रम सञ्चालन गरिने । बालबालिकालाई विद्यालय ल्याऔं, टिकाऔं र सिकाऔं अभियान सञ्चालन गरिने । 
मदन भण्डारी विज्ञान तथा प्रविधि प्रतिष्ठान स्थापना गरिने । सबै प्रदेशहरुमा न्यूनतम एक प्रदेश स्तरीय रंगशाला बनाउने । हरेक प्रदेशमा एक जेष्ठ नागरिक आरोग्य आश्रम सञ्चालन गरिने । ७० वर्षभन्दा माथिका सबै जेष्ठ नागरिकलाई एकलाख रुपैयाँसम्मको स्वास्थ्य बीमा शुल्क सरकारले ब्यहोर्ने । एक वर्षभित्र हरेक नेपालीको बैंक खाता । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनालाई विस्तार गरिने । 
सबै स्थानीय तहमा कृषि ज्ञान केन्द्र स्थापना गरिने । 
साना किसानले तत्कालीन साझा सहकारी संस्थाहरुबाट लिएको सबै ऋण मिनाह गरिने । हरेक स्थानीय तहमा सहकारी संस्थाहरुमार्फत शुपथ मूल्य पसल खोल्ने । 
दुई वर्षमा २० लाख पर्यटक भित्र्याउने गरी ‘भिजिट नेपाल २०२०’ अभियान सञ्चालन गरिने । 
पहिले देश, अनि विदेशको भावना अनुसार आन्तरिक पर्यटन प्रवद्र्धन अभियान चलाइने । 
आर्थिक वर्ष २०७५/०७६ लाई राष्ट्रिय सरसफाईअभियान वर्षको रुपमा मनाइने । 
वि.सं. २०७५ –२०८५ लाई उर्जा दशकको रुपमा मनाइने । हरेक प्रदेशलाई एक अन्तर्राष्ट्रिय व्यापारिक नाकासँग जोड्ने । तराई–मधेश सडक पूर्वाधार विशेष कार्यक्रम सञ्चालन गर्ने । आगामी आर्थिक वर्षमा मेची – महाकाली विद्युतीय रेलमार्गको काँकडभिट्टा–बर्दिबास, बुटवल–गड्डाचौकी र मेची–महाकाली–काठमाडौं लिंकमार्गको सम्भाव्यता अध्ययन र डीपीआर तयार गर्ने । वीरगञ्ज–काठमाडौं, बर्दिबास–सिमरा र रसुवागडी–काठमाडौं–पोखरा रेलमार्ग निर्माणको डीपीआर तयार गरी निर्माण काम सुरु गर्ने । कोशी, गण्डकी र कर्णाली नदीमा जलमार्ग यातायात सञ्चालनको लागि सम्भाव्यता अध्ययन सम्पन्न गर्ने । 
स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम सञ्चालन गरिने । तीन वर्षभित्र सम्भाव्य सबै ठाउँमा झोलुंगे पूल निर्माण सम्पन्न गर्ने । 
भ्रष्टाचारलाई निषेध गर्दै भ्रष्टाचारजन्य क्रियाकलापमा शून्य सहनशिलताको नीति अबलम्बन गर्ने । 
घर घरमा मानवअधिकार कार्यक्रमलाई जनस्तरमा कार्यान्वयनमा ल्याइने । 
नेपाली सेनाको बंकरदेखि ब्यारेक कार्यक्रमलाई निरन्तरता । 
पाँच वर्षभित्र सबै नागरिकलाई राष्ट्रिय परिचयपत्र वितरण गर्ने । 
सरकारलाई सुझाव दिन थिङ्क ट्यांकको व्यवस्था गर्ने । 
कर्मचारीको महंगीभक्ता बढाएर प्रतिमहिना २ हजार बनाउने । 
शिक्षा र स्वास्थ्य सेवको कर खारेज । 
एकहजार सीसीभन्दा माथिका चारपाँग्रे गाडी र एकसय ५० सीसीभन्दा माथि क्षमताका मोटरसाइकलहरुमा अन्तःशुल्क बृद्धि । 
मदिरा तथा सूर्तिजन्य पदार्थमा अन्तःशुल्क बृद्धि । 
व्यक्तिगत आयकरमा १०, २० र ३० प्रतिशतका दर कायम । 
२० लाख रुपैयाँभन्दा बढीको करयोग्य आयमा २० प्रतिशत अतिरिक्त कर लगाइने ।

Monday, May 28, 2018

जिल्लाको बिकाश सुशासन र सम्मृद्धिको लागि आफुले सक्दो प्रयत्न गर्नेछु ः प्रजिअ खरेल

जिल्लाको बिकाश सुशासन र सम्मृद्धिको लागि आफुले सक्दो प्रयत्न गर्नेछु ः प्रजिअ खरेल
जेठ १४ गते २०७५
बागलुङमा सरुवा भई आउनुभएका प्रमुख जिल्ला अधिकारी बेदप्रसाद खरेलले जिल्लाको शान्ति सुरक्षा,सुशासन र सेवा प्रभावलाई प्रभावकारी बनाउने बताएका छन । आईतबार जिल्ला प्रशासन कार्यालयमा आयोजित पत्रकार सम्मेलन एवं अन्तरक्र्रिया कार्यक्रममा बोल्दै प्रजिअ खरेलले जिल्लाको शान्ति सुरक्षा,विकास ,सुशासनलाई प्रभाकारी बनाउन आफनो तर्फबाट आजैका दिनबाट जुटने बताएका हुन । उनले सरकारी कार्यालयमा हुने ढिला सुस्ती रोक्न र पारदर्शी बनाउने बताए । खरेलले सुचना पाउनु सबैको अधिकार भएकोले जिल्लामा हुने हरेक गतिविधिबारे सर्वसाधरण नागरिकलाई प्रदान गर्न पत्रकार क्षेत्र लागिरहेको र यसमा प्रशासनले समेत सहयोग गर्ने बताए ।
कार्यक्रममा प्रहरी उपरीक्षक दिपक रेग्मीले जिल्लाको सुरक्षामा कुनै कमि हुन नदिने गरि प्रहरी प्रशासन लागेको बताएका छन । उनले सर्वसाधारण नागरिकले सुरक्षा अनुभुति दिलाउन कटिबद्ध रहेको गराए । सो असवरमा जिल्लाका बस्तुस्थिति र समसामायिक बिषयमा पत्रकारहरुले आ आफनो धारणा राखेका थिए । जिल्ला प्रशासन कार्यालयका नायव सुब्बा बिष्णुप्रसाद ढकालको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

गुल्मीको कथित बलात्कार प्रकरण : रायमाझी विरुद्ध वलात्कार मुद्दा दर्ता !

गुल्मीको कथित बलात्कार प्रकरण : रायमाझी विरुद्ध वलात्कार मुद्दा दर्ता !
२०७५ जेष्ठ १४, सोमबार
झण्डै एक महिना अघि गुल्मीको भुवाचिदी वजारमा गरियो भनिएको वलात्कार मुद्दा आईतवार दर्ता गरी आज सोमवार म्याद थप गरिएको छ । बैशाख २२ गते शनिवारका दिन मुसिकोट नगरपालिका वडा नम्वर ४ की २१ बर्षिया एक विवाहित महिलालाई वलात्कार गरेको आरोपमा साविकको कुर्घा गाविस वडा नम्वर ५ भुवाचिदी बजारका ३५ वर्षिय किशान भन्ने जीवन रायमाझी विरुद्ध उक्त मुद्दा दायर गरिएको हो ।
जिल्ला प्रहरी प्रमुख प्रहरी उपरिक्षक अनुरागकुमार व्दिवेधीले यस्तो जानकारी दिएका हुन् । हिजो देखि प्रहरी हिरासतमा रहेका रायमाझी भने वलात्कार अभियोग स्वीकार नगरेको श्रोतले बताएको छ । ती महिलाले उक्त दिन विहान करिव साढे दश बजेको समयमा पसलको गोदामा लगेर मुख थुन्दै गर्भ निरोधक साधन प्रयोग गरी वलात्कार गरेको र त्यस पछि सय रुपैयाँ नगद र सर–समान दिई पठाएको बताएकी छन् ।
अस्थाई साधन प्रयोग गरेकोले गर्भ रहँदैन भन्ने ठानेर आफुले सो कुरा कसै संग भन्न नचाहेको तर पछि जेठी पट्टिकी छोरीले वावु संग ती पसले संग आमा केहि वेर भित्र वसेको बताए पछि उक्त कुरा आफुले खोलेको उनको भनाई छ ।
उनी पाल्पा माईती घर भई विवाहित पुरुषले छाडे पछि पाँच महिना अघि गुल्मीका एक श्रीमतिको मृत्यु भएका ४२ वर्षिय पुरुष संग दोश्रो विवाह गरी आएकी थिईन । उनले पाल्पामा माग्दै हिड्ने गरेको र गुल्मीमा पनि माग्दै हिड्ने क्रममा ५ हजार रुपैयाँ उठाई सकेको बताईन ।
उनलाई उनको माईती घर पाल्पाको साविकको पालुङ्ग मैनादीका वडाध्यक्ष निलबहादुर राजकोटीले तानसेनको पुनास्थापना केन्द्रलाई सहयोगको सिफारिस सम्वन्धि पत्र दिएका छन् । त्यसलाई देखाउँदै उनले सहयोग माग्दै हिड्ने गरेकी हुन् । उक्त पत्रमा उनको मानसिक अवस्था समेत विग्रेको उल्लेख छ ।
के मेरो श्रीमानको तस्वीरले वलात्कार ग-यो ?
यसै विच अन्य रिस ईवीका कारण आफ्ना श्रीमानलाई फसाईएको भन्दै े आरोपित रामयमाझीकी श्रीमती तारा रायमाझीले आक्रोश लिएर सदरमुकाम आएकी छन् । ‘उहाँ र म बैशाख २१ गते शुक्रवारका दिन मेरो माईती ईन्द्रगौडा गएका थियौं । अर्को दिन साँझको खान समेत खाएर हामी बुढाबुढी र छोरी संगै घर फर्किएका हौं’– आक्रोशित मुद्रामा उनले भनिन–‘ यस्तै गरी हामी महिलाहरुले आरोप लगाउँदै र प्रहरीले पत्यााउँदै जानेहो भने अव अरु धेरै पुरुषहरु फस्ने छन् ख्याल गरौं ।’
उनले भनिन् –‘ हिड्नु होस मेरो गाउँमा बुझन् । त्यस दिन हामी कहाँ थियौं । त्यस दिन दिनैभर हाम्रो पसल बन्द भएको नदेख्ने को छ ? ती महिलाले वलात्कार ग¥यो भनिएको राशन गोदाम कहाँ छ ? ती महिलालाई बोकेर हिडेकी एक महिलाले गोदामको फोटा खिचेकी छन भन्ने पनि सुनेकी छु ।
जुन गोदाम अर्कैको खिचिएको छ । शुक्रवारको दिन हामी भुवाचिदी कै घिमिरे होटलका साहुजीको गाडी चढेर गएका थियौ । अर्को दिन कति वजे फर्केका थियौं भन्ने कुरा पनि डाईभर संग बुझ्दा हुन्छ ।
मेरा साथमा मेरो श्रीमान नभएको भए र यस्तो आरोप लगाईको भए मैले यदि ठहर हुन्छ भने जेलको सजाय मात्र होईन फाँसीको सजाएँ देउ भनेर आफै माग गर्थे । जुन दिन वलात्कारको आरोप लगाईएको छ त्यस दिन हामी संगै छौ त के उनलाई वलात्कार मेरो श्रीमानको तस्वीरले वा भुतले ग¥यो ? ’
उनले थपिन–‘ ७ वर्ष भयो हाम्रो विवाह भएको । कुनै दिन मेरो श्रीमान प्रति शंका गर्ने ठाउँ रहेन । दुई सन्तान सहित सुखी दाम्पत्य जीवनमा आगो लगाउने काम भएको छ । उनको आरोप छ –‘ अर्की एक महिलाले वलात्कृत भनिएकी महिलालाई प्रयोग गरी रहेकी छन् ।
सहयोग मागरे हिड्दै गरेकी उनलाई केहि रकमले पनि प्रलोभित पार्नु स्वभाविक हुन आउँछ म उनलाई भेट्न चाहन्छु । कसैले प्रलोभित पारेको भए त्यसले पोल्ने छ उनलाई म सम्झाउन चाहन्छु । केहि दिन अघि स्थानियको पैसा नतिरेको भन्दै ती महिला विरुद्ध प्रहरीमा उजुरी हालिएको थियो ९५ हजारको तमसुक बनाईएको थियो । त्यसमा जीवन रायमाझीले पनि अगुवाई गरेका थिए । त्यसको रिस ईवीबाट मेरो श्रीमानलाई फसाउने षडयन्त्र हो, जुन धेरै दिन टिक्ने छैन ।’
फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Sunday, May 27, 2018

पाण्डबखानी गाउँनै सफा गाउँ बन्याे। र अब पाण्डबखानी,सिसाखानी हुँदै खर्वाङकाे यात्रा सहज हुने।

पाण्डबखानी गाउँनै सफा गाउँ बन्याे। र अब पाण्डबखानी,सिसाखानी हुँदै खर्वाङकाे यात्रा सहज हुने।
सुरेश छन्त्याल/पाण्डबखानी
२०७५/जेठ/१३/अाइतबार
बागलुङको गलकाेट नगरपालिका १०पाण्डबखानीमा आफ्-आफ्नाे गाउँटाेल सरसफाइ कार्यक्रमलाइ तिव्र गतिमा अगाडि बढाइएको छ।हामी सबैको एउटै रहर पुर्ण सरसफाइ युक्त गाउँ शहर भन्ने मुल नाराका साथ सुरु भएको तालिम पाण्डबखानीमा समापन भए लगत्तै तालिममा सिकेका सिपहरु व्यावरमा प्रयोग गर्दै अाजबाट अाफ्-अाफ्नाे टाेल सरसफाइ अभियानमा लागेका छन्।पश्चिम नेपाल ग्रामीण खाने पानी तथा सरसफाइ अभियान बागलुङ र गलकाेट नगरपालिका कार्यालयकाे अायाेजना भएको थियाे।
त्यस्तै पाण्डबखानी सिसाखानी हुँदै खर्वाङ जाेड्ने माेटरबाटाे कार्य अन्तिम चरणमा पुगेकाे छ।गलकाेट नगरपालिकाबाट छुट्टयाइएको २० लाख बजेटबाट बाटाे निर्माण संगै समापन हुन लागेकाे निर्माण समितिका सचिव रुद्र काउचाले जानकारी दिनुभएको छ।साथै पाण्डबखानीका बरिस्ठ समाजसेवी मानसिह छन्त्यालले पनि २ लाख सहयाेग गर्नु भएको छ।त्यस्तै सहयाेगिहरु अाउने क्रम पनि जारि रहेको सचिव काउचाले बताउनु भयाे।माटाे निर्माण भए पनि पाण्डबखानी,सिसाखानी,रिघा र खर्वाङ बासिहरुलाइ जहाज रुपमा यात्रा गर्न सजिलो हुने छ।

Wednesday, May 16, 2018

मकालु एयरको जहाज हुम्लाको खार्पुनाथ गाउँपालिकाको बाहुनखर्कमा दुर्घटना

मकालु एयरको जहाज हुम्लाको खार्पुनाथ गाउँपालिकाको बाहुनखर्कमा दुर्घटना भएको छ । जहाजमा सवार चालक किरण भट्टराई र सहचालक आदित्य नेपालीको मृत्यु भएको प्रहरी प्रमुख डिआइजी सुरेश शाहले जानकारी दिनुभयो ।
उनीहरुको शव हेलिकोप्टरबाट सुर्खेत ल्याईएको छ । एजेयू–नाइन–एन कलसाइनको जहाज बिहान ६ बजेर १२ मिनेटमा सुर्खेतबाट कार्गो सामान लिएर हुम्लाको सिमकोट उडेको थियो । दुर्घटनास्थल सिमकोटदेखि १० दशमलब ७ नटिकल माइल दक्षिण–पश्चिम राया र थालीको बीचमा पर्छ । डिआइजी शाहले जहाज तीन टुक्रा भएको अवस्थामा भेटिएको बताउनुभयो ।
जहाज हराएको सुचना पाउने बित्तिकै नेपाल प्रहरी र नेपाली सेनाको टोली खोजमा खटेको थियो । बाजुरा, मुगु र हुम्ला प्रहरीले आ–आफ्नो क्षेत्रमा खोजी गरेका थिए । तर, स्थानीयले जहाज देखेको सुचना दिएपछि सिमकोटबाट नेपाल प्रहरीका असई, नागरिक उड्डयन प्राधिकरणका एकजना कर्मचारी र दुईजना मेडिकल सदस्य रहेको टोली त्यहाँ पुगेको थियो । टोलीले शव निकाल्न नसकेपछि सिमकोटबाट हेलिकोप्टरमा थप जनशक्ति लिएर हेलिकप्टर त्यसतर्फ गएको थियो ।
घटनास्थल समुद्री सतहदेखि १२ हजार ८ सय फिट उचाईमा अवस्थित छ । ९एन एजेयु कल साइन भएको सो जहाजमा क्याप्टेन किरण भट्टराई र को–पाइलट आदित्य नेपाली मात्र सवार छन् । सुर्खेतबाट उद्दारका लागि गएको हेलिकप्टरमा सवार अधिकारीले बाजुरामा भेटिएको अनुमान गर्दै खोजी सोही क्षेत्र केन्द्रित गरेका थिए । बाजुराका प्रमुख जिल्ला अधिकारी चेतनाथ बरालले हुम्लाको अदानचुली–५ हिलाचौरमा भेटिएको अनुमान गर्नुभएको थियो ।
आज बिहान ६ बजेर १२ मिनेटमा सुर्खेत विमानस्थलबाट उडेको सो जहाज केहीबेर पछि नै सम्पर्क्बिहीन भएको थियो । सो जहाज ६ बजेर ५५ मिनेटमा सिमकोट अवतरण गर्नुपर्ने थियो । सिंगल इन्जिन भएको सो जहाज सुर्खेतबाट कार्गो लोड गरेर हुम्ला सदरमुकाम सिमकोटका लागि उडेको थियो ।

Sunday, May 13, 2018

वडा स्थानीय खानेपानी सरसफाइ तथा स्वच्छता समन्वय समितिका लागि पुर्ण सरसफाइ सम्बन्धि दुई दिने अभिमुखि तालिम अाज सम्पन्न।

वडा स्थानीय खानेपानी सरसफाइ तथा स्वच्छता समन्वय समितिका लागि पुर्ण सरसफाइ सम्बन्धि दुई दिने अभिमुखि तालिम अाज सम्पन्न।
सुरेश छन्त्याल/पाण्डबखानी
वैशाख/३०/अाइतबार
हामी सबैको एउटै रहर पुर्ण सरसफाइ युक्त गाउँ शहर भन्ने मुल नाराका साथ हिजाेदेखि सुरु भएको बागलुङको गलकाेट नगरपालिका१० पाण्डबखानीमा सम्पन्न भएको छ। वडा स्तरीय खानेपानी सरसफाइ तथा स्वच्छता समन्वय समितिका लागि पुर्ण सरसफाइ सम्बन्धि दुई दिने अभिमुखि तालिममा पश्चिम नेपाल ग्रामीण खाने पानी तथा सरसफाइ अभियान
र गलकाेट नगरपालिका कार्यालयकाे अायाेजना भएको कार्यक्रममा वडा नम्बर १० का अध्यध्य तिलक घर्तीकाे सभापतित्याेमा गाैमाया विककाे स्वागत संगै परिचालिका प्रावति श्रीसकाे संञ्चालन रहेकाे कार्यक्रममा पश्चिम नेपाल ग्रामीण खाने पानी तथा सरसफाइ वाजका नगर संयाेजक संयाेजक दुर्गा छन्त्याल र कमला चालिसेले सहजिकरण गर्नु भएको
कार्यक्रममा हात धुने तरिका,चर्पी कसरी प्रयाेग गर्ने,सुरक्षित खाना पानी र हात धुने महत्त्वबारे,पानीकाे महत्त्व,सरसफाइकाे महत्त्वबारे जानकारी दिनु भएको छ।त्यस्तै  जेठ १० देखि १८मा टाेल भेला,सुचककाे छलफल,तथ्यांक संकलन,विद्यालायसंग समन्वय,संघसंस्थाहरु संग समन्वय जेठ २६ गते र असार२ गते समितिकाे भेला गर्ने लगाएकाे कार्य तय भएको छ।

Tuesday, May 8, 2018

आधारभूत पशु पालन सम्बन्धि १ दिने तालिम पाण्डबखानीमा सम्पन्न ।

आधारभूत पशु पालन सम्बन्धि १ दिने तालिम पाण्डबखानीमा सम्पन्न ।
सुरेश छन्त्याल/पाण्डबखानी
वैशाख-२५- मंगलबार
बागलुङको गलकाेट नगरपालिका१० पाण्डबखानीमा १ दिने अाधारभुत पशु पालन तथा पशु राेग सम्बन्धि तालिम अाज सिम.सि भवनमा सम्पन्न भएको छ।गलकाेट नगरपालिका १० पाण्डबखानी कार्यालय र पशु सेवा केन्द्र पाण्डबखानीकाे संयुक्त अायाेजनामा भएको तालिममा पशु पालन गर्दा के के कुरा आवश्यक पर्छ,यश राेग थाम बारे,उदेश्य, र जताहरु सम्बन्धि तालिमकाे सहजकर्ता पशु सेवा केन्द्र पाण्डबखानीका प्राविधिक महेन्द्र खड्काले तालिम दिनुभएको थियाे।तालिममा वडा नम्बर १० का सदस्य धनबहादुर सुनार, पत्रकार सुरेश छन्त्याल, धाैलागिरि अञ्चल जिप व्यवसाय समितिका सदस्य गिरिप्रसाद घर्ती,पशु पालनमा आबद्ध कृषकहरुकाे सहभागीता रहेकाे

Tuesday, May 1, 2018

घुम्टे सास्कृतिक तथा प्राकृतिक संरक्षण मञ्चकाे ३२ अाैं तथा २५६२ अाैं बुद्धजयन्ती सम्पन्न।विदेशमा गएकाहरुलाइ स्वदेशमै राेजकारीकाे व्यवस्था नेपाली काग्रेसका केन्द्रिय सदस्य पाैयाल

घुम्टे सास्कृतिक तथा प्राकृतिक संरक्षण मञ्चकाे ३२ अाैं तथा २५६२ अाैं बुद्धजयन्ती सम्पन्न।विदेशमा गएकाहरुलाइ स्वदेशमै राेजकारीकाे व्यवस्था नेपाली काग्रेसका केन्द्रिय सदस्य पाैयाल
सुरेश छन्त्याल/पाण्डबखानी
घुम्टे सास्कृतिक तथा प्राकृतिक संरक्षण मञ्च गलकाेट नगरपालिका१० पाण्डबखानी बागलुङको २५६२ अाै बुद्धजयन्ती तथा ३२ अाैं वैशाखे पुर्णिमा मेला अाज सम्पन्न भएको छ।क्लबका अध्यक्ष रामप्रसाद वि.क काे सभापित्याे नेपाली काग्रेसका केन्द्रीय सदस्य प्रदिप पाैयालकाे प्रमुख अाथितियता संगै गलकाेट नगरपालिका वडा नम्बर १० पाण्डबखानीका अध्यक्ष तिलक घर्तीमगरकाे स्वागत मन्तव्य संगै सुरु भएको कार्यक्रममा 9 nकाे हेलिकप्टरमा अाउनु भएको प्रमुख अथिति नेपाली काग्�ेसका केन्द्रीय सदस्य प्रदिप पाैयालले यातायातलाई सहज रुपमा लिने घुम्टेकाे संरक्षण गर्न घाटु नाचकाे प्रमुख ग्रहना हाे अाफु पनि मगर समाजमा जन्मेकाे हुनाले काैडा गित मन प्रने पाण्डबखानी नाम मात्र सुनेका अाफु पहिलोपटक पाण्डबखानी अाउदा निकै खुसि हुँदै पाण्डबखानीमा प्रसस्तै खानी रहेकाे र कला संस्कृति रहेकाे र यसलाई संरक्षण गर्न समाजकाे ठुलाे भुकिका रहेकाे बताउनु भयाे।त्यस्तै गलकाेट नगरपालिका कार्यालयका प्रमु भरत शर्मा गैरेले लाेक तन्त्रलाई सस्थागत गर्न जनतालाइ अाहग्�ह गर्नु भयाे ।कार्यक्रम पुर्व सामंसद निरज पुन मन्जु शर्मा गलाएतले शुभकामना मन्तव्य राख्नु भएको थियाे।पाण्डबखानीमा 9 n काे हेलिकप्टरमा समस्या अाउदा १ दिन हेलिकप्टर पाण्डबअानी रहेकाे थियााे अाज विहान मात्र हेलिकप्टर ३ पटक अाउदा यश क्षेत्रका मानिसहरु कार्यक्रम भन्दा हेलिकप्टर तर्फ ध्यान थियाे।उक्त कार्यक्रम ६ दिनमा सम्पन्न भएको थियाे।जसमा महिला भलिबलतर्फ प्रथम अायाेजक राताे प्रथम वडिगाड गाउपालिका जलजला दाेर्साे र पुरुष भलिबल तर्फ
र  पुरुष भलिबल तर्फ तारा खाेला गाउपालिका प्रथम र दाेस्राे गलकाेट नगरपालिका हटिया र नृत्य प्रतियोगितामा प्रथम बागलुङ मगर समाज र दाेर्साे विहानि युवा क्लब विहु भएका थिए साथमा राष्ट्रिय कलाकार देवि घर्ती मगर जुना श्रीस मगर र नवीन राना मगर संगै स्थानी कलाकार कमल श्रीस र पुलकुमार थापाकाे विजाे�र प्रस्तुति रहेका थियाे।भने कार्यक्रम मा स्थानी बाजा भजन साथमा धाैलागिरिमै प्रचलित सति घाटुकाे प्रस्तुति रहेकाे थियाे।भने कार्यक्रमकाे संञ्चालन नवीन भावुक र विष्णु काउचाकाे संञ्चालनमा सम्पन्न भएको थियाे।