पाण्डबखानी गाउँनै सफा गाउँ बन्याे। र अब पाण्डबखानी,सिसाखानी हुँदै खर्वाङकाे यात्रा सहज हुने।
सुरेश छन्त्याल/पाण्डबखानी
२०७५/जेठ/१३/अाइतबार
बागलुङको गलकाेट नगरपालिका १०पाण्डबखानीमा आफ्-आफ्नाे गाउँटाेल सरसफाइ कार्यक्रमलाइ तिव्र गतिमा अगाडि बढाइएको छ।हामी सबैको एउटै रहर पुर्ण सरसफाइ युक्त गाउँ शहर भन्ने मुल नाराका साथ सुरु भएको तालिम पाण्डबखानीमा समापन भए लगत्तै तालिममा सिकेका सिपहरु व्यावरमा प्रयोग गर्दै अाजबाट अाफ्-अाफ्नाे टाेल सरसफाइ अभियानमा लागेका छन्।पश्चिम नेपाल ग्रामीण खाने पानी तथा सरसफाइ अभियान बागलुङ र गलकाेट नगरपालिका कार्यालयकाे अायाेजना भएको थियाे।
त्यस्तै पाण्डबखानी सिसाखानी हुँदै खर्वाङ जाेड्ने माेटरबाटाे कार्य अन्तिम चरणमा पुगेकाे छ।गलकाेट नगरपालिकाबाट छुट्टयाइएको २० लाख बजेटबाट बाटाे निर्माण संगै समापन हुन लागेकाे निर्माण समितिका सचिव रुद्र काउचाले जानकारी दिनुभएको छ।साथै पाण्डबखानीका बरिस्ठ समाजसेवी मानसिह छन्त्यालले पनि २ लाख सहयाेग गर्नु भएको छ।त्यस्तै सहयाेगिहरु अाउने क्रम पनि जारि रहेको सचिव काउचाले बताउनु भयाे।माटाे निर्माण भए पनि पाण्डबखानी,सिसाखानी,रिघा र खर्वाङ बासिहरुलाइ जहाज रुपमा यात्रा गर्न सजिलो हुने छ।
Sunday, May 27, 2018
पाण्डबखानी गाउँनै सफा गाउँ बन्याे। र अब पाण्डबखानी,सिसाखानी हुँदै खर्वाङकाे यात्रा सहज हुने।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment