अपडेट:मालढुङ्गा बस दुर्घटना : मृतक ५ को पहिचान खुल्यो, २ को बाँकी घाइते सबैको थप उपचारको लागि काठमाण्डौ, पोखरा लगियो ।
पर्वतको कुश्मा नगरपालिका वडा नं. १ मालढुङ्गामा मंगलबार बिहान भएकाे बस दुर्घटनामा परी मृत्यु हुने यात्रुको संख्या ७ पुगेको छ ।
मृत्यु हुनेमा पर्वतको जलजला गाउँपालिका–८ नाग्लीवाङका ५० वर्षिय टिका परियार र उनकी ४० वर्षिया श्रीमती सेती परियार, जलजलाकी अमिसरा पुन, म्याग्दीको पाखापानीका २१ वर्षिय राजेश पुन, बागलुङको कु्ँडुलेकी ४८ वर्षीया शान्ती केसी रहेकाे प्रहरीले बताएको छ । मृतक २ जनाको पहिचान हुन नसकेको प्रहरीले बताएको छ ।
घाइते हुनेहरुमा कालिकोटका ५२ वर्षिय राजबहादुर सिंह, पर्वत जलजलाका ३१ वर्षिया कमला रेग्मी, सोही ठाउँकी कुशल रेग्मी, कास्की पोखराकी लक्ष्मी बोहरा, दिपिका बोहोरा रहेका छन् ।
बेनी नगरपालिका – ८ की ६३ वर्षिया लक्ष्मी बक, दिपेन्द्र विक, कास्की जिल्ला अन्नपूर्ण गाउँपालिका–४ का २८ वषियचन्द्रा आचार्य, शंकर पौडेल, पर्वत जलजला गाउँपालिकाकी प्रवेशिका पौडेल, प्रमाण पौडेल, ३२ वर्षिया विष्णुमाया पुन, कुश्म नगरपलिकाका ३२ वर्षिय रमेश पराजुली, पर्वत जलजलाका ५२ वर्षिय उदीर तिलिजा, चितवनकी ३० वर्षिय रोहीणी प्रसाद चापागाई, बेनी नगरपालिका–७ का ६८ वर्षिय टेकबहादुर पुन, वडा न. ६ का ५६ बस्ने हेमकला रेग्मी, ६३ वर्षिय सुन्दरी पौडेल घाइते भएका छन् ।
पर्वत जलजलाकी २२ वर्षिय कमल पौडेल, बालकृष्ण पौडेल, भरपुर महानगरपालिकाकी ५६ वर्षिया पूर्णकला बस्नेत, पर्वतका राजन सापकोटा, धादिङका मानबहादुर गुरुङ, पर्वत जलजलाका २८ वर्षिय देविलाल नेपाली, २७ वर्षिय दिपक परियार, ४२ वर्षिय कृष्ण पौडेल, ३५ वर्षीया तुलसी सुवेदी, जैमिनी ४ सर्कुवाका १६ वर्षिय अमित क्षेत्री, चितवनका लक्ष्मी पौडेल, बेनी नगरपालिकाका ६४ तेजनाथ पौडेल उनकी श्रीमति मन्दिरा पौडेल घाइते भएको जिल्ला प्रहरी कार्यालय बागलुङले बताएको छ ।
घाइतेहरु मध्ये १ जनालाई थप उपचारको लागि भरतपुर लगिएको छ । २ जनालाई काठमाण्डौको ग्राण्डी अस्पतालमा, ४ जनालाई सेनाको हेलिकप्टर मार्फत छाउनीमा लगिएको छ अन्यलाई पोखराको गण्डकी अस्पताल र फेवासिटी अस्पतालमा लगिएको छ ।
copyit all text and ulr साभार: http://eparinews.com/?p=4648
Thursday, January 17, 2019
अपडेट:मालढुङ्गा बस दुर्घटना : मृतक ५ को पहिचान खुल्यो, २ को बाँकी घाइते सबैको थप उपचारको लागि काठमाण्डौ, पोखरा लगियो ।
Saturday, January 12, 2019
पाण्डबखानीमा ट्याक्सी गुड्याे। सुरेश छन्त्याल/पाण्डबखानी
पाण्डबखानीमा ट्याक्सी गुड्याे।
सुरेश छन्त्याल/पाण्डबखानी
पुस/२८/शनिबार
अाज पाण्डबखानीमा दाेस्राे पटक ट्याक्सी अाएकाे छ। घ १ ज ६६९ नम्बरको ट्याक्सि स्थानीय विष्णु काउचाले दाेस्राे पटक पाण्डबखानीमा लिनुभएकाे छ। यसअघि स्थानीय अनिल सुनारले ट्याक्सि लिएका थिए। अाज विष्णु काउचाले ट्याक्सि लिदै गर्दा यश अघि पाण्डबखानीमा ट्याक्सि बस अाउला भन्ने चिताएकाे थिएना अाज अाफै अाफ्नै गाउँमा ट्याक्सि लिएर अाउदा अाफु निकै खुसि भएको र मल्म देखि पाण्डबखानी अाउने क्रममा मल्मका केही बाटाेमा अफ्ट्यारो भएको र पाण्डबखानी केही हप्ता अघि बाटाे फराकिलो गर्ने कार्य जारि रहेकाे रहदा अाज हटियाबाट पाण्डबखानीकाे सिद्धान अाउदा ४५ मिनेटमा अाइपुगेकाे र बाटाे निकै राम्रो भएको अब पाण्डबखानीमा यसरी नियमितरुपमा ट्याक्सि बस अाउने हाे भने यात्रुहरुलाइ सहज हुने काउचाले बताउनुभयो।
सप्तरङ्गी सहकारीकाे नाैं साधारणसभा सम्पन्न,
सप्तरङ्गी सहकारीकाे नाैं साधारणसभा सम्पन्न,
सुरेश छन्त्याल/पाण्डबखानी
पुस/२८/शनिबार
बागलुङको गलकाेट नगरपालिका १० पाण्डबखानीमा रहेकाे सप्तरङ्गी बचत तथा श्रृण सहकारी संस्था लिमिटेडकाे नाैं साधारणसभा अाज सिम.सि भवनमा सम्पन्न भएको छ। संस्थाका अध्यक्ष गिरिप्रसाद घर्तीकाे सभापतित्याे गलकाेट नगर सभा सदस्य गनेश शेरचनकाे प्रमुख अाथितियता संस्थाका सह सचिव रामप्रसाद वि.क काे स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा अध्यक्ष प्रतिवेदन र लेखा प्रतिवेदन प्रस्तुत संगै ७४/७५काे अाय-व्याय प्रस्तुत गर्दै अार्थिक वर्षमा ३ करोड ४२ लाख ३३ हजार ६ सय ६७ रुपैयाँकाे काराेवार भएको सहकारीले प्रत्येक साधारणसभामा झै यश वर्ष पनि नियमित बचतकर्ता,असल कर्जा काराेबार गरेकाे र जेष्ठ सेयर सदस्यलाई सम्मान समेत गरेकाे थियाे। भने कार्यक्रमकाे संञ्चालन दिप घर्ती मगरले गर्नु भएको थियाे।
Wednesday, January 9, 2019
पाण्डबखानीमा wash सम्बन्धि बैठक सम्पन्न, पाण्डबखानी देखि रमुवा सम्मकाे माेटरबाटाे सडक स्तरउन्नती हुँदै ।
पाण्डबखानीमा wash सम्बन्धि बैठक सम्पन्न,
पाण्डबखानी देखि रमुवा सम्मकाे माेटरबाटाे सडक स्तरउन्नती हुँदै ।
सुरेश छन्त्याल/पाण्डबखानी
पुस/२५/बुधबार
बागलुङको गलकाेट नगरपालिका १० पाण्डबखानीमा अाज wash सम्बन्धि बैठक सम्पन्न भएको छ । गलकाेट नगरपालिका नगर सभाका सदस्य तथा वडा नम्बर १० का वडा सदस्य राधिका पुनकाे अध्यक्षतामा बसेकाे बैठक पुर्ण सरसफाइ उन्मुख क्षेत्र निर्माण,घरदुरी तहकाे अनुगमन टाेल शिक्षा,विद्यालय सरसफाइ शिक्षा,कुखुरा कुकुर जस्ता घर पालुवा पशु पंक्षी व्यवस्थापन गर्ने निर्णय भएको गलकाेट नगरका wash संयाेजक दुर्गा छन्त्यालले जानकारी दिनुभएको छ। त्यस्तै गलकाेट नगरपालिकाबाट छुट्टयाइएको रु.५० लाखबाट पाण्डबखानी देखि रमुवा सम्मकाे माेटरबाटाे सडक स्तरउन्नतीकाे लागि गलकाेट नगरपालिकाबाट छुट्टयाइएको बजेटबाट माेटरबाटाे मर्मत तथा नालि सहित ८ मिटर चाैडाइ फराकिलो गर्ने,नाली काट्ने,साेलिङ गर्ने कामलाई तिव्रता दिइरहेकाे सडक विस्तार समितिका अध्यक्ष रामप्रसाद छन्त्यालले जानकारी दिनुभएको छ। पाण्डबखानीबाट हटिया जानका लागि करिव साडे ३ घण्टा लाग्ने र अब साडे २ घण्टा वरपर साडे १घण्टा लाग्ने भएको छ।
Tuesday, January 8, 2019
“पुरानो माया”
“पुरानो माया”
सुरेश छन्त्याल/बाग्लुङ
पुस २४/ मंगलबार
गित संगीत रमाइलो मात्रै गराउन होईन सन्देश दिने उदेश्यले सिर्जना गरिएका पनि हुन्छ्न्। त्यसरी नै तयार गरिएको गित हो “पुरानो माया”बोल को यो सालैजो भाका यो गितमा आफ्नै देशमा मिहेनेत गरेर सुखी बन्न सकिन्छ । बिदेसिनु पर्दैना । आफ्नै देश मा परिश्रम गर्नु पर्छ, रमाउनु पर्छ । भन्ने प्रसंङ्गलाई समेटिएको छ। यो गितमा स्वर लोक गायक दुर्गा थापा र चर्तित लोक गायिका सर्मिला गुरुङको रहेको छ, शब्द तथा लय र म्युजिक एरेन्ज दुर्गा थापा कै रहेको छ । भने भिडियोको निर्देशन कुशल मौलिक गित नित्य निर्देशक सुमन थापा मगरको रहेको छ । मुख्य अभिनय तथा नृत्य सुमन थापा मगर रिना थापा, तेजु घर्ती, सुमि बरालको रहेको छ। गित लाई रेकर्डिङ तथा मिक्सिङ मार्मिक रेकर्डिङ स्टुडियोमा, मान बहादुर बरालले गरेका हुन। गितमा माया प्रेम लाई झल्काउने प्रयास संगै सन्देश पनि प्रवाह गरिएको छ। “सनम क्रियसन”काे उत्पादन तथा बितण गरेको छ।
Wednesday, January 2, 2019
पाण्डबखानी माविकाे ५८ अाैं वार्षिकोत्सब तथा अभिभावक दिवस अाजदेखि सुरु ।
पाण्डबखानी माविकाे ५८ अाैं वार्षिकोत्सब तथा अभिभावक दिवस अाजदेखि सुरु ।
सुरेश छन्त्याल / पाण्डबखानी बागलुङको गलकाेट नगरपालिका १० पाण्डबखानी माध्यमिक विद्यालयकाे ५८ अाैं वार्षिकोत्सब तथा अभिभावक दिवस अाजदेखि सुरुभएकाे छ । तिनदिन सम्म चल्ने वार्षिकोत्सब कार्यक्रममा अन्तर सदनात्मक छात्र छात्रा भलिबल,लाेक नृत्य,रिले डाैड,हाजिरजवाफ,बक्तित्याेकला विभिन्न व्याक्तित्याेलाई सम्मान लगाएत अन्य कार्यक्रम रहने विद्यालयका प्रचार्य खिम खड्काले जानकारी दिनु भयाे।अाज पहिलाे चरणकाे कार्यक्रममा विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष मानसिह छन्त्यालकाे सभापतित्याे गलकाेट नगर सभाका सभा सदस्य गनेश शेरचनकाे प्रमुख अातिथियता र शिक्षक भक्त काउचाकाे संञ्चालनमा अाज पहिला चरणकाे कार्यक्रम सम्पन्न भएको छ।