अपडेट:मालढुङ्गा बस दुर्घटना : मृतक ५ को पहिचान खुल्यो, २ को बाँकी घाइते सबैको थप उपचारको लागि काठमाण्डौ, पोखरा लगियो ।
पर्वतको कुश्मा नगरपालिका वडा नं. १ मालढुङ्गामा मंगलबार बिहान भएकाे बस दुर्घटनामा परी मृत्यु हुने यात्रुको संख्या ७ पुगेको छ ।
मृत्यु हुनेमा पर्वतको जलजला गाउँपालिका–८ नाग्लीवाङका ५० वर्षिय टिका परियार र उनकी ४० वर्षिया श्रीमती सेती परियार, जलजलाकी अमिसरा पुन, म्याग्दीको पाखापानीका २१ वर्षिय राजेश पुन, बागलुङको कु्ँडुलेकी ४८ वर्षीया शान्ती केसी रहेकाे प्रहरीले बताएको छ । मृतक २ जनाको पहिचान हुन नसकेको प्रहरीले बताएको छ ।
घाइते हुनेहरुमा कालिकोटका ५२ वर्षिय राजबहादुर सिंह, पर्वत जलजलाका ३१ वर्षिया कमला रेग्मी, सोही ठाउँकी कुशल रेग्मी, कास्की पोखराकी लक्ष्मी बोहरा, दिपिका बोहोरा रहेका छन् ।
बेनी नगरपालिका – ८ की ६३ वर्षिया लक्ष्मी बक, दिपेन्द्र विक, कास्की जिल्ला अन्नपूर्ण गाउँपालिका–४ का २८ वषियचन्द्रा आचार्य, शंकर पौडेल, पर्वत जलजला गाउँपालिकाकी प्रवेशिका पौडेल, प्रमाण पौडेल, ३२ वर्षिया विष्णुमाया पुन, कुश्म नगरपलिकाका ३२ वर्षिय रमेश पराजुली, पर्वत जलजलाका ५२ वर्षिय उदीर तिलिजा, चितवनकी ३० वर्षिय रोहीणी प्रसाद चापागाई, बेनी नगरपालिका–७ का ६८ वर्षिय टेकबहादुर पुन, वडा न. ६ का ५६ बस्ने हेमकला रेग्मी, ६३ वर्षिय सुन्दरी पौडेल घाइते भएका छन् ।
पर्वत जलजलाकी २२ वर्षिय कमल पौडेल, बालकृष्ण पौडेल, भरपुर महानगरपालिकाकी ५६ वर्षिया पूर्णकला बस्नेत, पर्वतका राजन सापकोटा, धादिङका मानबहादुर गुरुङ, पर्वत जलजलाका २८ वर्षिय देविलाल नेपाली, २७ वर्षिय दिपक परियार, ४२ वर्षिय कृष्ण पौडेल, ३५ वर्षीया तुलसी सुवेदी, जैमिनी ४ सर्कुवाका १६ वर्षिय अमित क्षेत्री, चितवनका लक्ष्मी पौडेल, बेनी नगरपालिकाका ६४ तेजनाथ पौडेल उनकी श्रीमति मन्दिरा पौडेल घाइते भएको जिल्ला प्रहरी कार्यालय बागलुङले बताएको छ ।
घाइतेहरु मध्ये १ जनालाई थप उपचारको लागि भरतपुर लगिएको छ । २ जनालाई काठमाण्डौको ग्राण्डी अस्पतालमा, ४ जनालाई सेनाको हेलिकप्टर मार्फत छाउनीमा लगिएको छ अन्यलाई पोखराको गण्डकी अस्पताल र फेवासिटी अस्पतालमा लगिएको छ ।
copyit all text and ulr साभार: http://eparinews.com/?p=4648
Thursday, January 17, 2019
अपडेट:मालढुङ्गा बस दुर्घटना : मृतक ५ को पहिचान खुल्यो, २ को बाँकी घाइते सबैको थप उपचारको लागि काठमाण्डौ, पोखरा लगियो ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment