Saturday, October 5, 2019

प्रदेशी छोराको पर्खाइमा हजारौ आमाहरु.........

प्रदेशी छोराको पर्खाइमा हजारौ आमाहरु.........

लेखकः–सुरेश छन्त्याल “दर्पण”
गलकोट नगरपालिका १० पाण्डबखानी, बागलुङ
दशैमा मेरो छोरा घर पर्खेर आउने छ, भनेर प्रदेशी छोराको पर्खाइमा हजारौ आमाहरु बाटो हेरेर बस्ने गर्दछन्, भने कमाएर छोरा पर्खन्छ, दशैआएपछि आर्थिक अवस्थाको पिरलो नमान्ने बाबाहरुपनि हजारौ हुन्छन् । गएको तिहारमा दाईभाईलाई टिका लगाउन नपाएका दिदिबहिनीहरु पनि यसपालिको दशै संगै तिहारमा दाजुभाई संगै मनाउन पाइनेछ, भन्नेहरुको पनि ठुलो आशा रहेको हुन्छ । यत्तिबेला वषौंभरी काम गरेर अरु बेला पाईएको छु󠄌ट्टीमा समेत नगइ दशै र तिहार मान्न जाने नेपाली दाजुभाईहरुको पनि सुखीको सिमानानै रहदैना । साथी भाइसग वषौ पछिको भेट हुदा र संगै खेलेका रमाएको जन्म भुमीमा रमाउने दिनको पर्खाईमा विदा पाईसक्दा पनि चौविस घण्टामा उहि दिन पनि सयौ घण्टा झै लामो भइरहेको हुन्छ । आफ्नो जन्म गाउँ पुगेपछि रमाइलो चार्डमा रमाइलो गर्दछन् ।

दशैं अायाे भन्दैमा यात्रुहरुलाइ मर्का पार्न हुँदैन उप प्रमुख काउचा

दशैं अायाे भन्दैमा यात्रुहरुलाइ मर्का पार्न हुँदैन उप प्रमुख काउचा
सुरेश छन्त्याल/पाण्डबखानी
बागलुङको गलकाेट नगरपालिका १० पाण्डबखानीदेखि गलकाेटकाे हटिया सम्म २३ कि.मि. कच्चि बाटाेले जाेडेकाे छ। बाटाे निर्माण भएको पनि कत्तियाैं वर्ष भैसक्याे तर अहिले सम्म न बाटाे मर्मत हुन्छ न त गाडि भाडा निर्धारण भएको छ । यस बाटाे सम्बन्धि पटक पटक समाचार प्रसारण र प्रकाशन गरे पनि सम्बन्धित निकायकाे ध्यान जान सकिरहेको छैन। पछिल्लो क्रममा वर्षायामले अवरुद्घ बनाएकाे मल्म पाण्डबखानी माेटरबाटाेले निकै कष्ट बनाएकाे छ। नेपालीहरुकाे महान चाड दशैं तिहार मनाउन देश तथा विदेशबाट गाउँ अाउदा पनि निकै कष्टकर भएर अाउनुपर्ने बाध्यता र त्यसैमा गाडी चालकले दशैं अायाे भाडा बढ्याे भनी मनपरि भाडा माग्ने गरेकाे यात्रु तथा सर्वसाधारणकाे गुनासो रहेकाे छ। पाण्डबखानीदेखि हटिया सम्म गाडी भाडा ३५० छ,तर किन  ५०० उठाउँदैछन्? त्यस्तै बागलुङदेखि पाण्डबखानी सम्मकाे भाडा ६८० हाे भने अहिले १५ सय पुर्याएका छन् गाडी चालकहरु। यसरी सर्वसाधारण र यात्रुहरुले कहिले सम्म कष्ट गरि यात्रा गर्ने? कहिले अाउला हटियादेखि पाण्डबखानी सम्म सरर सहज तरिकाले गाडी चड्ने दिन? यात्रुहरुकाे अपेक्षा रहेकाे छ।
त्यस्तै गलकाेट नगरपालिकाका उप प्रमुख रेनुका काउचा मगरले दशैं अायाे भन्दैमा जनता तथा यात्रुहरुलाइ मारमा पार्न भएन, रेट जति छ त्यसैमा जनताहरुलाइ सहज तरिकाले यात्रा गराउने चालककाे कर्तव्य हाे। दशैंकाे माैका उठाएर मन परि पैसा उठाउन भएन। याे घटना पटक पटक भएको भन्दै पैसा कमाउने अवसर हाे भन्दै कसै-कसैलाइ मारमा पार्न हुदैन। यस विषयमा सम्बन्धित पक्षसँग नगरपालिकाकाे पहल र भुमिका रहने उप प्रमुख काउचाले बताउनु भएको छ। 
त्यस्तै गलकाेट नगरपालिका १० का वडा अध्यक्ष तिलक घर्ती मगरले पाण्डबखानीका गाडिहरु पाण्डबखानीमै चल्ने भएकाले सधै यहि ठाउँमा हुने भएकोले त्यसरी मनपरि पैसा उठाउन हुँदैन, तिनीहरुलाई सिन्डिकेट छैन त्यसैले उनीहरुले त्यस्ताे पैसा उठाउन मिल्दैन। यदि यात्रुहरुलाई तोकिएको रकम भन्दा बढी भाडा उठायाे भनेर प्रहरी प्रशासनलाई गाडी नम्बर सहित जानकारी गराउन वडा अध्यक्ष घर्तिले सम्पुर्ण यात्रु महानुभावहरुलाई जानकारी दिनु भएको छ।

Tuesday, October 1, 2019

दुई_तिहाईको_शक्तिशाली_कम्युनिस्ट_सरकारले_गर्न खोजेको_के_हो ?

दुई_तिहाईको_शक्तिशाली_कम्युनिस्ट_सरकारले_गर्न खोजेको_के_हो ?
गंगा थापा भिक्षु /बागलुङ 
-भ्रष्टाचार नियन्त्रण भनौ भने, यो पछिल्लो आर्थिक वर्षसम्म एसियामा नै भ्रष्टाचारमा नेपालको थप स्तरोन्नति भएको छ। उसैमाथी हिजोआज मात्रै भ्रष्टाचार र भ्रष्टाचारीको विरुद्धमा जाग्ने,जगाउने अनि सवैलाइ सचेत गराउने ध्येयले अगि बढेका एक नेपाली युवा ज्ञानेन्द्र शाहि माथी सुनियोजित आक्रमण भएको छ। यसप्रती सुरक्षा प्रशासन र नेपाल सरकार पुरै अस्तव्यस्त जस्तो देखिन्छ। यसले गर्दा सरकार,सुरक्षा प्रशासन र high profile वाला नेता र अन्य अन्य निकायहरुको पनि नियत र काम कार्वाहीमा खोट देखिन्छ। 
-शान्ति सुरक्षाको कुरा गरौ भने दिनदहाडै जसो हुने हत्या,बलात्कार,चोरी र जवर्जस्तीका कुराहरुमा संलग्न दाेषीलाई महिनौ-वर्षाैसम्म कार्वाही हुदैन। 
-सुशासनको कुरा गरौ भने संघ ( केन्द्र सरकार ), प्रदेश सरकार र स्थानीय निकायका काम कार्वाहीहरु पुरै नक्कली बिल,भरपाइहरु बनाउन र लुट्न मात्रै कसरतरत देखिन्छन। सायद इतिहासमै सवै भन्दा बढी भ्रष्टाचारको मुद्दाहरु अख्तियारमा दर्ता भएको लिखित तथ्य पनि यहि २/३ को शक्तिशाली सरकारको पालामा हो। उता अख्तियार प्रमुखलाइ भ्रष्टाचार छानबिन गर्नुपर्यो भनेर भन्दा आफ्नो जागिर नै धरापमा पर्ने कुरा गर्छन। उसो त, आखिर २/३ को शक्तिशाली कम्युनिस्ट सरकारले गर्छ के?
-सुशासनकै अरु अरु कुरा गर्ने हो भने यहाँ कस्ता कस्ता कर छली र बडेमान काण्डहरु भएका छन। जसको सत्य तथ्य बाहिर लिएर कार्वाहीसम्म पुगियो भने पनि सरकारले,राजनीतिक दलहरुले भन्दै आएको देशको समृद्धिको सुरुवातको लागि देशले गोल्डेन चान्स प्राप्त गर्न सक्छ।तर खै कहाँ पुग्यो सुन काण्ड? NCELL कम्पनीले देशलाइ तिर्नुपर्ने करको कुरा र कम्पनीलाई कार्वाही गर्ने कुरा कहाँ पुग्यो?मेडिकल काण्ड,सार्वजनिक यातायात काण्ड... यस्तै यस्तै सयौ काण्डहरु बीचमै अलपत्र पारेर के हेर्दैछ?के गर्दैछ? २/३ को शक्तिशाली कम्युनिस्ट सरकार?
- अब त अरु बढी त्रास बढ्न थाल्यो यहि २/३ को कम्युनिस्ट सरकारकै काम कार्वाही र कार्य शैलीले गर्दा जनताको त्याग र बलिदानले गर्दा प्राप्त भएको लोकतन्त्र नै धरापमा पर्ने हो कि? यहि लोकतन्त्रको जगमा बसेर स्वतन्त्रताको गलत प्रयोग गरेर आजका शासकले भोलिका सन्तानलाइ फेरि लोकतन्त्र र स्वतन्त्रता प्राप्तिको लागि बलिदान दिनुपर्ने अवस्था सिर्जना हुने हो कि? यदि त्यसो भयो भने बिश्वका अरु देशमा जस्तै नेपालमा पनि कम्युनिस्ट भन्ने पार्टी इतिहासमा सिमित अवश्य हुनेछ।
-२/३ को शक्तिशाली कम्युनिस्ट सरकारलाइ हर व्यक्ती र हर तहबाट हिजोका प्रतिबद्द्ताको कार्यन्वयन तथा सुशासन,शान्ती स्थिरता, भ्रष्टाचार नियन्त्रण जस्ता थुप्रै कुराहरुमा प्रश्न सोधिएको छ, उत्तर व्यवहारमा खोजिएको छ तर सरकार फरक तरिकाले अगि हिडेको छ। यो शैली देश,जनता र कम्युनिस्ट सरकार आफ्नै लागि पनि घातक हुन सक्छ। राजनीति लाई हाक्ने नेता र सरकार समयमै सुध्रिए सवैको लागि राम्रो हुनेछ। आखिर देश कहिलेसम्म माग्ने भइराख्ने? जनताहरु कहिलेसम्म सुशासन र समृद्धिलाई पर्खने?भ्रष्टाचार नियन्त्रण कहिले हुने? दोषी उपर कहिलेसम्म कार्वाही हुने? शान्ती सुरक्षाको प्रत्याभूति कहिले गर्ने?
इतिहासकै शक्तिशाली सरकारबाट जनताले राखेको आशा कसरी पूरा गर्ने?
जनतालाइ फेरि पनि चिन्ता र चासो छ त्योभन्दा बढी देशको समृद्धिको भोक छ त्यसैले यो सरकारलाई मनपरितन्त्र अङ्गाल्ने कुनै छुट छैन।यदि त्यसो भयो भने जनता आधी हो, तुफान र ज्वार पनि। यसको शक्ति कति हुन्छ इतिहास साक्षी छ त्यसलाइ फर्केर हेरे पुग्छ।