दशैं अायाे भन्दैमा यात्रुहरुलाइ मर्का पार्न हुँदैन उप प्रमुख काउचा
सुरेश छन्त्याल/पाण्डबखानी
बागलुङको गलकाेट नगरपालिका १० पाण्डबखानीदेखि गलकाेटकाे हटिया सम्म २३ कि.मि. कच्चि बाटाेले जाेडेकाे छ। बाटाे निर्माण भएको पनि कत्तियाैं वर्ष भैसक्याे तर अहिले सम्म न बाटाे मर्मत हुन्छ न त गाडि भाडा निर्धारण भएको छ । यस बाटाे सम्बन्धि पटक पटक समाचार प्रसारण र प्रकाशन गरे पनि सम्बन्धित निकायकाे ध्यान जान सकिरहेको छैन। पछिल्लो क्रममा वर्षायामले अवरुद्घ बनाएकाे मल्म पाण्डबखानी माेटरबाटाेले निकै कष्ट बनाएकाे छ। नेपालीहरुकाे महान चाड दशैं तिहार मनाउन देश तथा विदेशबाट गाउँ अाउदा पनि निकै कष्टकर भएर अाउनुपर्ने बाध्यता र त्यसैमा गाडी चालकले दशैं अायाे भाडा बढ्याे भनी मनपरि भाडा माग्ने गरेकाे यात्रु तथा सर्वसाधारणकाे गुनासो रहेकाे छ। पाण्डबखानीदेखि हटिया सम्म गाडी भाडा ३५० छ,तर किन ५०० उठाउँदैछन्? त्यस्तै बागलुङदेखि पाण्डबखानी सम्मकाे भाडा ६८० हाे भने अहिले १५ सय पुर्याएका छन् गाडी चालकहरु। यसरी सर्वसाधारण र यात्रुहरुले कहिले सम्म कष्ट गरि यात्रा गर्ने? कहिले अाउला हटियादेखि पाण्डबखानी सम्म सरर सहज तरिकाले गाडी चड्ने दिन? यात्रुहरुकाे अपेक्षा रहेकाे छ।
त्यस्तै गलकाेट नगरपालिकाका उप प्रमुख रेनुका काउचा मगरले दशैं अायाे भन्दैमा जनता तथा यात्रुहरुलाइ मारमा पार्न भएन, रेट जति छ त्यसैमा जनताहरुलाइ सहज तरिकाले यात्रा गराउने चालककाे कर्तव्य हाे। दशैंकाे माैका उठाएर मन परि पैसा उठाउन भएन। याे घटना पटक पटक भएको भन्दै पैसा कमाउने अवसर हाे भन्दै कसै-कसैलाइ मारमा पार्न हुदैन। यस विषयमा सम्बन्धित पक्षसँग नगरपालिकाकाे पहल र भुमिका रहने उप प्रमुख काउचाले बताउनु भएको छ।
त्यस्तै गलकाेट नगरपालिका १० का वडा अध्यक्ष तिलक घर्ती मगरले पाण्डबखानीका गाडिहरु पाण्डबखानीमै चल्ने भएकाले सधै यहि ठाउँमा हुने भएकोले त्यसरी मनपरि पैसा उठाउन हुँदैन, तिनीहरुलाई सिन्डिकेट छैन त्यसैले उनीहरुले त्यस्ताे पैसा उठाउन मिल्दैन। यदि यात्रुहरुलाई तोकिएको रकम भन्दा बढी भाडा उठायाे भनेर प्रहरी प्रशासनलाई गाडी नम्बर सहित जानकारी गराउन वडा अध्यक्ष घर्तिले सम्पुर्ण यात्रु महानुभावहरुलाई जानकारी दिनु भएको छ।


No comments:
Post a Comment