Monday, May 31, 2021

ह्वात्तै घट्याे को’रोना संक्र-मित, निको हुनेको संख्या तिब्र ।

ह्वात्तै घट्याे को’रोना संक्र-मित, निको हुनेको संख्या तिब्र ।

पछिल्लो २४ घण्टामा देशभर थप ४४८७ जनामा को’रोना संक्र’मण पु’ष्टि भएको छ ।स्वास्थ्य मन्त्रालयका अनुसार २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा १४ हजार ६

पि’सिआर प’रीक्षण ४३११ र ७४६ एन्टि’जेन प’रीक्षणमा १७६ गरी कुल ४४८७ जनामा संक्र’मण पु’ष्टि भएको स्वास्थ्य हो । योसँगै संक्र’मितको कुल संख्या ५ लाख ५३ हजार ४२२ पुगेको छ ।शनिबार देशभर १ लाख ११ हजार ५ सय ९ जना सक्रिय सं’क्रिमत छन्।

त्यस्तै, २४ घण्टामा ६०८० जना को’रोनामुक्त भएका छन् । यससँगै को’रोनामुक्त हुनेको संख्या ४ लाख ३४ हजार ७५० पुगेको छ । मन्त्रालयका अनुसार आज थप ११६ जना संक्र’मितको मृ’त्यु भएको छ । नेपालमा को’रोनाबाट हालसम्म मृ’त्यु हुनेको संख्या ७१६३ पुगेको छ।

८ सय ९१ जना क्वारेन्टाइनमा छन्। हालसम्म को’रोनाबाट निको हु’नेको दर ७८.६ प्रतिशत रहेको छ। यता सरकारले को’रोना संक्र’मितको उप’चारका लागि आवश्यक आइसियू, भेन्टि’लेटर, एच’डियू बेड र परी’क्षण कि’ट खरिदका लागि ४ अर्ब रुपैयाँ बजेट विनि’योजन गरेको छ।

आर्थिक वर्ष २०७८/७९ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले को’रोना उपचारका लागि चाहिने पूर्वाधारका लागि आवश्यक बजेको प्रब’न्ध गरिएको जनाएको छ। यस्तै सामुदायिक तथा निजी अस्प’तालले अक्सि’जन प्लान्ट जडान गरेमा लागतको ५० प्रतिशत पुँजीगत अनुदान दिइने भनिएको छ।

Wednesday, May 26, 2021

ताराखोला गाउँपालिकामा रहेका कोरोना संक्रमितको घरमा पुगेर जनप्रतिनिधि स्वास्थ्यकमिद्रारा परामर्श

मन्दिप निउरे/ ताराखोला

ताराखोला गाउँपालिकामा रहेका कोरोना संक्रमितको घरमा पुगेर जनप्रतिनिधि स्वास्थ्यकमिद्रारा परामर्श गरेकाछन्। ताराखोला गाउँपालिकाका जनप्रतिनिधि स्वास्थ्यकमि सहितको टोलि आज होम आइसोलेशनमा रहेका नागरिकको स्वास्थ्य अवस्था बारेमा जानकारी लिन ताराखोला गाउँपालिका वाड नम्बर १ मा पुगेका हुन ।ताराखोला गाउँपालिकाका अध्यक्ष प्रकाश घर्ती , प्रमुख प्रशासकिय अधिकुत राम प्रसाद कंडेल ,लेखा अधिकुत हेवनाथ पौडेल ,स्वास्थ्य शाखा प्रमुख उदित थापा ,ईन्जिनियर बिनोद लामिछाने ,नर्शिन अधिकुत निता घर्ती मगर ,वार्ड नम्बर १ का अध्यक्ष यम बहादुर श्रीश , कायपालिका सदस्य फुलमाया पुन जलजला लगायतका जनप्रतिनिधि , स्वास्थ्यकमि लगायतको टोलिले वाड भित्र होम आइसोलेसनमा रहेका संक्रमितको अनुगमन गरेको ताराखोला गाउँपालिकाले जनाएको छ । ताराखोला गाउँपालिका वार्ड नम्बर १ भित्र होम आइसोलेसनमा रहेका कोरोना संक्रमितहरुको स्वास्थ्य अबस्थाबारे जानकारी लिन अनुगमन गरेको ताराखोला गाउँपालिकाका अध्यक्ष प्रकाश घर्तिले जानकारी दिनुभयो। ताराखोला गाउँपाकिका वाड नम्बर १ मा कोरोना संक्रमण पुस्टि भएका नागरिकको घरमा पुगेर टोलिले अनुगमनका क्रममा सामान्य नागरिकको असिजनको मात्र ज्वरोको मापन गरेको र सम्पुर्ण संक्रमतिको अवस्था सामान्य रहेको र एकजना संक्रमीत लाई अलि गाह्रो भयकोले आजै नै गाउँपालिकाले निर्माण गरेको कोरोना अस्पताल मा लगियको स्वास्थ्य शाखा प्रमुख उदित थापा ले बताउनुभयो संक्रमितको मनोबल बुद्धि गर्ने नियम परामर्श गर्नुपर्ने भएकाले परामर्शमा जोड दिएको गाउँपालिका अध्यक्ष घर्तिले बताउनुभयो । पछिल्लो समय मा होम आइसोलेसनमा बसेका कोरोना संक्रमितलाई भेटेर परामर्श गराउने बदेको छ ।ताराखोला गाउँपालिकाका अधिकास गाउँ गाउँमा बसेका संक्रमितलाइ जनप्रतिनिधि स्वास्थ्यकमि सहितको टोलिले भेटेर समस्या समाधानको लागि सहजिकरण गर्ने गरेका छन अहिले ताराखोला गाउँपालिकामा अहिले सम्म कोरोना सक्रिय संक्रमितको संख्या २५ जना रहेको स्वास्थ्य शाखा प्रमुख उदित थापाले जानकारी दिनुभयो ।

Sunday, May 23, 2021

पाण्डवखानीको टोलटोलमा जनप्रतिनिधी र स्वास्थ्यकर्मी

सुरेश छन्त्याल/ बागलुङ 

कोरोना भाईरस कोभिड १९ नयाँ भेरियन्ट सहितको भाईरस तिव्र गतिमा फैलिरहेको अबस्थामा आम नागरिकको सचेतनाको लगाी स्वास्थ्य कर्मिसहितको टोली  टोलटोलमा पुगेको छ ।
विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाईरस कोभिड १९ माहामारीको रुपमा फैलिरहेको अवस्थामा गलकोट नगरपालिका वडा नम्वर १० मा वडा वासी नागरिकको स्वास्थलाई मध्यनजर गरी गलकोट नगरपालिका १० पाण्डबखानीमा जनतिनिधि, स्थानीय शिक्षक, स्वास्थकर्मी, महिला स्वास्थ स्वयसेविका र पत्रकारको टोली प्रत्येक नागरीकको घर–घरमा पुगेर स्वास्थ अवस्थाबारे जानकारी लिएको गलकोट नगरपालिका वडा नम्वर १० का अध्यक्ष तिलक घर्तिले जनाकारी दिनुभयो ।

टोलिले पारिवारीक दैनिकी एंव लकडाउनको प्रभावमा परेको विद्यार्थीको बारेमा जानकारी लिनुका साथै दिर्ध रोगिको औषधीको बारेमा समेत जानकारी लिएको उहाँले जानकारी दिनुभयो ।

Saturday, May 22, 2021

पहिलो लहरको गल्ती नदोहोर्‍याऔं- डा. शेरबहादुर पुन

पहिलो लहरको गल्ती नदोहोर्‍याऔं- डा. शेरबहादुर पुन

कोरोना महामारीको यो समयमा हाम्रो अर्जुन दृष्टि भनेको कोरोना नियन्त्रणमा लाग्नुपर्ने हो । तर सरकारले आफ्नो प्राथमिकता यसमा नरहेको देखाएको छ । यसले हामीले पहिलो लहरमा गरेको गल्ती दोहोर्‍याउन लागेको त होइन ? भन्ने चिन्ता बढेको छ ।
पहिलो लहरको कोरोना महामारी केही मत्थर भएपछि हामी राजनीतिक सभासम्मेलन र जुलुसमा लाग्न थाल्यौ । सबैजसो राजनीतिक दलहरूले हजारौं मान्छे काठमाडौंमा उतार्ने होड चल्यो । त्यतिबेलासम्म पनि कोरोना मत्थर भइसकेको थिएन । भलै यसमा अन्य जात्रा उत्सवहरु पनि कारक छन् । तर यसको मुख्य जिम्मेवार राजनीतिक सभा सम्मेलन नै थिए । केही मत्थर भएको बेलामा हामीले गरेको यही लापरबाहीले दोस्रो लहरमा यति ठूलो क्षति व्यहोर्नुपरेको छ ।

अब सरकारले तोकेको चुनाव आउन मुस्किलले छ महिना पनि छैन । त्योभन्दा अघि नाराजुलुस गर्ने समय पनि चाहिएला । त्यो बीचमा सामाजिक दुरी र स्वास्थ्य मापदण्डको कुरा आउँदैन । त्यो त पहिलो लहरपछि केही मत्थर भएको बेलामा सरकार र राजनीतिक दलहरूले देखाएको व्यवहारले पनि स्पष्ट पारिसकेको छ । चुनाव अघि राजनीतिक दलले जुलुस गर्नैपर्ने होला, घरदैलो गर्नै पर्ने होला । त्यस्ता गतिविधिको लागि २ महिना अघिदेखि तयारी सुरु होला ।

यस्तो अवस्थामा  सुरक्षित हिसाबले कोरोनाबाट बचेर चुनाव सम्पन्न गर्नको लागि अबको चार महिनामा महामारी नियन्त्रणमा आउनु पर्छ । त्यसको लागि पर्याप्त खोप लगाउने गरी कार्यक्रम गर्ने हो भने त यो सम्भव पनि होला । तर, अहिलेसम्म खोपको बारेमा देखिएको अन्यौलले त्यो पनि सम्भव होला जस्तो लाग्दैन । त्यसैले सरकारले तोकेको मितिमा चुनाव गर्नु जनस्वास्थ्यको दृष्टिले चाहिँ उपयुक्त देखिँदैन ।

हामीले चाहँदा चाहँदै पनि काहीँ न काहीँ जनस्वास्थ्यको मापदण्ड उल्लंघन गरिहालिन्छ । कोरोना भाइरसको महामारी पनि हरेक लहरमा शक्तिशाली र कमजोर बन्ने शृङ्खला हुन्छ भन्ने त देखियो । त्यसैले यो महामारीमा फेरि हामीले अर्को गल्ती नगरौं  ।  

साभार:- सामाजिक संजाल

Wednesday, May 19, 2021

बागलुङकी जुनु पुन मगर वर्षको उत्कृष्ट मगर घोषणा

सुरेश छन्त्याल
बागलुङकी जुनु पुन मगर वर्षको उत्कृष्ट मगर घोषणा भएकी छिन। सामाजिक संस्था नेपाल मगर संजाल क्लबले पुन मगरलाई वर्षको उत्कृष्ट मगर घोषणा गरेको हो । ‘भाषा,कला,संस्कृति र भेष-भुषाको संरक्षण, मगर एकता हाम्रो अभियान’ भन्ने मूल नारा लिएर स्थापना भएको सो क्लबको गत बैशाख २५ गते भर्चुवल बैठक बसेर यस्तो निर्णय गरिको जानकारी नेपाल ममगर संजाल क्लबका अध्यक्ष तिलक पुन मगरले जानकारी दिए।


कोरोना महामारीको दिस्रो लहर फैलिएको भयावह स्थितिमा भौतिक उपस्थितिमा जम्मा भई प्रथम वार्षिकोत्सव मनाउन नसकिएपनि भौतिक उपस्थितिमा जम्मा भएर वार्षिकोत्सव मनाउने खर्चले दुखी पीडितहरुलाई सहयोग गर्ने निर्णय क्लबले गरेको समेत पुन मगरले बताए। यस्तो सहयोग अन्तर्गत यसपटक रामेछाप मन्थली घर भई हाल काठमाडौँ, नयाँ बसपार्क बस्ने रिता रानामगर र धादिङका रगत क्यान्सर पीडित मिलन परियारलाई सहयोग गर्ने निर्णय भएको छ। निर्णय र घोषणा अनुरुप रिता रानामगरलाई क्लबका सचिव केशु पुन मगरले सहयोग रकम हस्तान्तरण गरिसकेको र परियारलाई केही दिनभित्र भेटेर सहयोग रकम दिइने छ।
नेपाल मगर संजाल क्लबले आफ्नो भेष भुषा कला संस्कृतिको संरक्षण र सम्बर्द्धन मात्र नभई मगर युवाहरूलाई नेपाल सरकारको नीति अनुरुप “स्वास्थ्यको लागि खेल,राष्ट्रको लागि खेल’लाई पनि आत्मसात गरि खेलकुदको विकासमा टेवा पुर्याउने लक्ष्य राखेको छ। क्लबका अनुसार सामाजिक संजाल तथा विभिन्न संचार माध्यमबाट जनचेतना मुलुक कार्यक्रम संचालन गर्ने, वैदेशिक रोजगारको सिलसिलामा बिदेशमा अलपत्र परेकालाई सम्बन्धित देशको निकाय तथा सामाजिक संघ संस्थाहरुसँग परामर्श गरि उद्दारको पहल गर्ने, दुर्ब्यशन र लागुपदार्थ विरुद्ध चेतना जगाई मगर युवाहरूलाई जिबन उपयोगी सीप सिकाई र भविष्यप्रति जिम्मेवारी बनाई रचनात्मक कार्यमा लाग्न अभिप्रेरित गर्ने, मगरहरुको परम्परागत सामाजिक प्रथामा आधारित संस्कार, संस्कृति , भाषा र धर्मलाई संस्थागत गरि संरक्षण र सम्बर्द्धनको लागि औपचारिक कार्यक्रमहरु संचालन गर्ने क्लबका अध्यक्ष पुन मगरले बताए।

क्लबले प्रत्येक बर्ष विभिन्न विधाका व्यक्तित्वहरु छानेर क्लबको वार्षिक उत्सवको अवसरमा विश्वभरी छरिएर बसेका मगरहरुलाई मगर समुदायभित्र वा विभिन्न सामाजिक विकासमा महत्त्वपूर्ण योगदान दिने मगर छनोट गरि सम्मान तथा पुरस्कृत गर्ने महत्त्वपूर्ण निर्णय गरेको अध्यक्ष पुन मगरले जानकारी दिए।
क्लबको बैठकबाट यो वर्षको उत्कृष्ट मगर घोषणा भएकी जुनु पुन मगर दशैभरि अनाथ बालबालिकालाई जम्मा गरि आमाको माया र ममता दिने मात्र नभएर उनीहरुको शिक्षा,अनुशासन र भविष्यको बाटो समेत कोरिदिने काम गर्दै आएकि छिन। यसरी क्लबले हरेक वर्ष यस्तो उत्कृष्ट मगर घोषणा गर्ने कामलाई निरन्तरता दिनेछ।
नेपाल मगर संजाल क्लब २०७७ सालमा नेपाल सरकारमा दर्ता भएको संस्था हो।

Monday, May 10, 2021

आमाको मुख लुकेर हेरेँ

आमाको मुख लुकेर हेरेँ

आमा !
तिम्रो मुख हेर्ने दिनमा 
मैले ब्याचलरसम्म पढेर पाएको 
ती सर्टिफिकेट सिलाएर 
न त तिमीलाई उपहार दिने 
साडी बनाउन मिल्दो रहेछ 
न त तिम्रो फाटेको चोली टाल्ने 
टालो बनाउन मिल्दो रहेछ ।
मैले परिक्षा पास गर्दा 
लेखेर सकेको कलमको 
तिम्रो बुढेसकालमा टेक्ने 
लठ्ठी नबन्दो रहेछ 
तिमी भोकै बसेर किनिदिएको 
ती कपिको पानाहरुले 
तिम्रो गालाको कुलेसो हुँदै बगेको 
वेदनाका आँशु नपुछ्दो रहेछ ।

आमा मलाई याद छ 
म सानो हुँदा, तिमी भन्थेउ 
‘मलाई भोक लाग्यो भने 
पटुकी कसेर निको बनाउछु’
त्यही पटुकीको छेउ च्यातेर 
मलाई गहुँको पिठो पोको पारी 
सहर पठाइदिएकी थियौ 
छोटो पटुकीले तिम्रो पेट नकसिएर 
भोकले कति छ्टपट्यायौ होला 

तिमी ले टाउको बाध्ने मजेत्रोमा 
भुटेको मकै पोको पारेर 
मलाई खाजा पठाएकी थियौ 
त्यो खाली कपाल भारी बोक्दा 
नाम्लोले कति बिझायो होला ।

तिम्रो गुण्निउ च्यातेर 
मलाई जामा सिलाइदिन्थेउ 
तिमी खाली खुट्टा हिडेर 
मलाई चप्पल किनिदिन्थेउ 
मलाई धेरै पढाएर ......
ठुलो मान्छे बनाउने सपनामा 
रगतको खोली बगायौ 
अभावै अभावमा संघर्ष ग¥यौ 
कयौं अप्ठ्यारा पहाडहरु चढ्यौ  ।।

आमा !
आज तिम्रो मुख हेर्न भनेर 
म तिम्रो अगाडी उभिए भने 
तिम्रो चप्पल बिहिन खाली खुट्टा,
पुरानै च्यात्तिएको चोली देख्नेछु
तिम्रा दुःख अनि पीडाहरुले  
गिज्याउने छन् मलाई  
तिमीलाई खुशी राख्ने सपनासँगै
तिम्रा आँखाबाट बगेको आँशुले
खिल्ली उडाउने छ मेरो 
त्यसैले आमा तिम्रो मुख लुकेर हेरेँ ।।

                        लक्ष्मी अर्गेजा मगर

पाण्डबखानीमा काेराेना भाइरस राेकथाम तथा नियन्त्रण सम्बन्धि बैठक सम्पन्न ।

पाण्डबखानीमा काेराेना भाइरस राेकथाम तथा नियन्त्रण सम्बन्धि बैठक सम्पन्न ।
गलकाेट/ २७ साेमबार
सुरेश छन्त्याल
बागलुङको गलकाेट नगरपालिका १० पाण्डबखानीमा काेराेना भाइरस राेकथाम तथा नियन्त्रण सम्बन्धि बैठक सम्पन्न भएको छ। बैठकमा वडा अध्यक्ष तिलक घर्तिकाे अध्यक्षतामा बसेकाे बैठकले गलकाेट नगरपालिका १० पाण्डबखानीमा आवाज जावाज गर्ने सवारीसाधन १० दिन लागि अत्यावश्यक कामकाज बाहेक पुर्ण रुपमा बन्द गर्ने, मानिस धेरै भिडभाड हुने विवाह, भाेजभतेर नगर्ने, साथै मृत्यु संस्कारमा २५ जना भन्दा धेरै जम्मा हुने, यस वडा भित्र रहेका सम्पूर्ण पसलहरु सुरक्षाका मापदण्ड प्रयाेग गरि संञ्चालन गर्ने, अनुमानि विना अरुकाे घरमा नजाने अत्यावश्यक काम परेमा मात्र स्वास्थ सुरक्षाकाे मापदण्डकाे पालना गरि जाने, पाण्डबखानीमा विदेश लगाएत काेराेनाकाे जाेखिम देखिका ठाउँबाट आएकाहरुलाई १० वेड क्षमताको क्वारेन्टाइनकाे व्यवस्था गर्ने लगाएतकाे निर्णय भएको छ । उक्त बैठकमा वडा सदस्य रामप्रसाद वि.क, कमला वि.क, विद्यालयका प्र.अ हरु, स्वास्थ चाैकिका प्रतिनिधि तथा स्वास्थ्य स्वयमसेविकाहरू, राजनीतिक दलका प्रतिनिधिहरु, विभिन्न टाेलका टाेल सुधार समितिका अध्यक्षहरू, पत्रकार सुरेश छन्त्याल, विभिन्न संघसंस्थाका प्रतिनिधिहरु, समाजसेवीहरू, व्यवसायीहरु लगाएतकाे सहभागीता रहेकाे कार्यक्रमकाे संञ्चालन वडा सचिव ठाकुर तिमिल्सेनाले गर्नु भएको थियाे।

Sunday, May 9, 2021

नेपाल टेलिकमको रिंगब्याक टोनमा हरिवंशको कोराना गीत 'अर्को जुनी खै कुन्नि' (भिडिओ)

नेपाल टेलिकमको रिंगब्याक टोनमा हरिवंशको कोराना गीत 'अर्को जुनी खै कुन्नि' (भिडिओ)

अर्को जुनी खै कुन्नि
कसलाई थाहा छ र खै
यही जुनीलाई कोरोनाबाट बचौं है...

तपाईं नेपाल टेलिकमको सेवा प्रयोग गर्नुहुन्छ भने टेलिफोन गर्दा यो गीत बजेको याद गर्नुभयो होला। नेपाल टेलिकमको रिंगब्याक टोनमा बज्न थालेको यो सन्देशमूलक गीत गायक-अभिनेता हरिवंश आचार्यले गाएका हुन्। 

कोरोना महामारीको सन्दर्भमा एक हप्ताअघि यो सन्देशमूलक गीत गाएका थिए। दिनेश कुमार थपलियाको शब्द र दीपक शर्माको संगीतमा तयार भएको यो गीत महसञ्चारको युट्युब च्यानलबाट गत हप्ताको सोमबार अपलोड गरिएको हो। 

'कोरोनाको संकट दिनदिनै बढिरहेको छ। सचेतना जगाउने केही काम गर्न पाए हुन्थ्यो भन्ने सोचिरहेको थिएँ। त्यस्तैमा सरोज ओलीजीबाट यो गीत गाउने प्रस्ताव आयो,' सेतोपाटीसँग टेलिफोनमार्फत् गायक हरिवंशले भने, 'स्वास्थ्य मन्त्रालयको पहलमा नेपाल टेलिकमबाट रिंगब्याक टोनमा गीत बज्दा खुसी लागेको छ।' 

उनले यो सन्देश गीत देशभरका रेडियो/एफएम र स्वास्थ्य मन्त्रालयको पहुँच भएका माध्यमहरुमा प्रसारण गरिने तयारी भएकोले यसबाट मानिसमा कोरोनाबारे सचेतना बढाउन उपयोगी हुने विश्वास व्यक्त गरे।

उनका अनुशार सामूहिक हितका लागि बनाइएको यो भिडिओ सन्देश तयार पार्न संलग्न कसैले पनि पारिश्रमिक लिएका छैनन्। हरिवंशले विगतमा पनि स्वास्थसम्बन्धी सचेतना जगाउने धेरै टेलिभिजन र विज्ञापनहरुमा काम गरिसकेका छन्। 

उनले भने, 'यसअघि सुरक्षित मातृत्व, कुष्ठरोग, ट्युबरक्लोसिसजस्ता विषयमा टेलिसिरियल र छोटा भिडियोमा काम गरेको आधारमा भन्दा मानिसमा यसले सकारात्मक प्रभाव पारेको पाएको छु। त्यसैले यो कोरोनासम्बन्धी गीतले पनि कोरोनाबारे सचेतना जगाउन मद्दत पुर्याउने विश्वास छ।'

गत वर्षको असोजमा कलाकार हरिवंश आचार्य र उनको परिवारलाई कोरोना संक्रमण भएको थियो। यो बैशाखमा हरिवंशका जोडी मनदकृष्ण श्रेष्ठ र उनको परिवारलाई कोरोना देखिएको छ। 
कोरोनासँग लडेर महामारीबारे सन्देश फैलाइरहेका हरिवंश सकेसम्म सावधानी अपनाएर कोरोना लाग्न नदिनु, लागिहाले यसलाई जितेरै छोड्छु भन्ने आत्मविश्वास बलिययो बनाइराख्नु अहिलेको खाँचो रहेको बताउँछन्।

नेपाल टेलिकमको रिंगब्याक टोनपछि चाँडै एनसेलबाट पनि यो सन्देशमूलक गीत बज्ने पनि उनले जानकारी दिए।

हरिवंशले गाएको 'अर्को जुनी खै कुन्नि' को मेलोडी २ वर्षअघि मेलिना राई र सरोज ओलीको स्वरमा रहेको चर्चित गीत 'अर्को जुनी'मा आधारित छ। यो गीत पनि गीतकार दिनेश थपलियाले नै लेखेका थिए। 

https://youtu.be/F_RUIjFnbGQ

प्रदेश प्रमुखद्वारा मुख्यमन्त्री सुब्बाको राजीनामा स्वीकृत, नयाँ सरकार गठन गर्न ३ दिनको समय

प्रदेश प्रमुखद्वारा मुख्यमन्त्री  सुब्बाको राजीनामा स्वीकृत, नयाँ सरकार गठन गर्न ३ दिनको समय

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले पदबाट दिएको राजीनामा स्वीकृत भएको छ । प्रदेश प्रमुख सीता कुमारी पौडेलले संविधानको धारा १६९ को उपधारा १ (क) बमोजिम गुरुङले दिएको राजीनामा स्वीकृत गरेकी हुन् । प्रदेश प्रमुखको कार्यालयले आइतबार जारी गरेको विज्ञप्तिमा अर्को सरकार गठन नहुँदासम्म संविधानको धारा १६९ को उपधारा ३ बमोजिम मौजुदा मन्त्रिपरिषद्ले कार्य सञ्चालन गर्ने जिम्मेवारी गुरुङ नेतृत्वको सरकारलाई नै दिएकी छिन् । यस्तै उनले ३ दिनभित्र  नयाँ सरकार गठन गर्न आह्वान पनि गरेकी छिन् । 
गुरुङमाथि प्रदेशसभामा अविश्वास प्रस्ताव पेस भएको थियो भने सो प्रस्तावमाथि भोलि मतदान हुने कार्यसूची रहेकै बेला उनले अकस्मात राजीनामा दिएका हुन् । 

यसअघि अविश्वास प्रस्तावमा १५ वैशाखमा मतदान हुने कार्यसूची थियो । तर संसद चलिरहेको अवस्थामा राष्ट्रिय जनमोर्चाका सांसद खिमविक्रम शाही बेपत्ता भएकाले बैठक स्थगित गरी खोजी गरिदिन सांसद प्यारी थापाले निवेदन दिएपछि बैठक अनिश्चितकालका लागि स्थगित भएको थियो । 
त्यसपछि दलहरुबीच असन्तुष्टि बढेपछि प्रदेश सभा बस्न सकेको थिएन ।

यही बीचमा वैशाख २३ मा बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले २७ गते बिहान ११ बजे बैठक बस्ने निर्णय गरेको थियो । 
प्रदेश सभामा २ वैशाखमा अविश्वास दर्ता भएको थियो । 

Saturday, May 8, 2021

हावाबाट पनि कोरोना सर्ने, यसरी अपनाउनुहोस् सावधानी

हावाबाट पनि कोरोना सर्ने, यसरी अपनाउनुहोस् सावधानी

हावाबाट कोरोना सर्छ कि सर्दैन भन्ने एक वर्षदेखिको विवाद अन्त्य गर्दै अमेरिकाको सेन्टर
फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन (सीडीसी) ले कोरोना भाइरसको संक्रमण हावामार्फत समेत फैलन सक्ने बताएको छ ।

सीडीसीद्वारा जारी कोरोना भाइरस सम्बन्धी निर्देशिकामा सास फेर्ने क्रममा वायुको माध्यमबाट पनि संक्रमण हुन सक्ने उल्लेख छ संक्रमित व्यक्तिले श्वास फेर्दा भाइरसयुक्त ओसिला कणहरु हावामा छाड्ने र ती कण हावामै केही समय जीवित रहन सक्ने भएकाले हावामार्फत् कोरोना सर्ने सो केन्द्रले जनाएको छ ।


यसरी हावामा आएका संक्रमित कणहरु केही मिनेटदेखि केही घण्टासम्मै हावामा जीवित रहन सक्ने उसको भनाइ छ ।

खुला ठाउँमा ६ मिटरको दुरी राखेर मास्क लगाई बस्दा एक व्यक्तिबाट अर्को व्यक्तिमा कोरोना सर्ने सम्भावना कम हुने भए पनि यदि बन्द कोठाभित्र संक्रमित व्यक्ति १५ मिनेटभन्दा लामो समय रहेको छ भने संक्रमण हावामा समेत मिसिन सक्ने बैज्ञानिकहरुले बताएका छन् । यस्तो अवस्थामा यदि संक्रमण नभएको व्यक्ति ६ फिटभन्दा टाढा भए पनि उसलाई संक्रमण हुन सक्छ ।

गत महिना लासेन्ट जर्नलमा प्रकाशित रिपोर्टले कोरोनाको संक्रमण हावाबाट पनि फैलिने तथ्य उजागर गरेको थियो । जसमा र्‍यालबाट मात्र नभई हावाबाट पनि कोरोना सर्न सक्ने भन्दै ३ घण्टासम्म हावामा कोरोना भाइरस जीवित पाइएको भनिएको छ ।

सुरुमा हावाबाट कोरोना फैलिने कुरा मान्न तयार नरहेको विश्व स्वास्थ्य संगठनले पनि आफ्नो गाइडलाइन अपडेट गरी हावाबाट कोरोना सर्न सक्ने बताएको छ ।

लासेन्ट जर्नलको रिपोर्टपछि नै अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन (सीडीसी)ले पनि आफ्नो गाइडलाइनमा अपडेट गरेको हो ।

बन्द कोठामा नभेट्न सुझाव


हावाबाट पनि कोरोना सर्न सक्ने नयाँ तथ्यसँगै वैैज्ञानिकहरुले भेन्टिलेसन नभएको बन्द कोठामा संक्रामक वा संक्रमणको जोखिम भएका व्यक्तिसँग ६ मिटरको दुरी राखेर पनि नभेट्न सुझाएका छन् ।

यसअघि सीडीसीले भाइरसको संक्रमण अधिकांश समय संक्रमितको सम्पर्कमा आएपछि मात्रै हुने उल्लेख गरेको थियो । त्यस्तै उसले भाइरस वायुको माध्यमबाट नसर्ने बताउँदै आएको थियो ।

संक्रामक रोग विज्ञहरुले भने भाइरस अति साना हावामा हुने कणबाट पनि सर्न सक्ने भन्दै सीडीसी तथा विश्व स्वास्थ्य संगठनलाई सचेत हुनुपर्ने बताउँदै आएका थिए ।

साभार:- अनलाइनखबर

Friday, May 7, 2021

बडिगाडमा थप २५ जनामा कोरोना संक्रमण, जलजलामा थप कडाई गरिने

जिल्लाकाे बडिगाड गाँउपालिकाका थप २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बडिगाड–४ जलजलामा गत बुधबार ३० जनामा संकास्पद लक्षण देखिएपछि पिसिआर परिक्षणको लागि उनिहरुको स्वाव संकलन गरिएको थियो ।
धौलागिरी अस्पताल बागलुङमा परिक्षण गरिएको पिसिआर रिपोर्ट अनुसार उनिहरुमा संक्रमण पुष्टि भएको बडिगाडका जनस्वाथ्य निरिक्षक चुडाँमणि कंडेलले बताए । यो संगै बडिगाड गाँउपालिकामा सक्रिय संक्रमितको संख्या ४३ पुगेको छ ।

संक्रमित मध्य ३ जना धौलागिरि अस्पताल बागलुङ र बाँकि ४० जना होम आईशुलेशनमा रहेको उनले बताए । आज संक्रमण पुष्टि हुनेमा १४ देखि ७७ वर्ष उमेर समुहका १६ महिला र २४ देखि ६० वर्ष उमेर समुहका ९ पुरुष रहेको पनि जनस्वाथ्य निरिक्षक कंडेलले बताए ।

बडिगाडमा कोरोना परिक्षण गरिएका मध्य अधिकांशमा संक्रमण देखिन थालेपछि पालिकामा थप कडाई गरिने भएको छ । संक्रमण बढि देखिएको जलजलामा थप कडाईको लागि प्रहरी परिचालन गरिने बडिगाड गाँउपालिकाका प्रमुख मेहरसिंह पाईजाले बताए ।

बडिगाड ५ खौलारमा रहेको कर्वडहलमा १० वेडको आईशुलेशन केन्द्र निमार्ण गरिएकोे र उक्त केन्द्रमा १५ ओटा अक्सिजन सिलिन्डरको व्यवस्था गरिएको साथै पालिकामा रहेका एम्बुलेन्सलाई तयारी अबस्थामा राखिएको पनि प्रमुख पाईजाले बताए ।

यस्तै गाउँपालिकाले बैशाख २० गतेदेखि  बैशाख २८ गते राति १२ वजे सम्मका लागि, मानिसहरुको आवतजावत, यातायात सञ्चालन, व्यवसाय, उद्योग, कार्यालय र शैक्षिक संस्था पूर्णरुपमा बन्द गर्न गरिएको आग्रह बैशाख ३१ गतेसम्म लम्बाइएको पनि पालिका प्रमुख मेहरसिंह पाईजाले जानाकारी दिए ।

पालिकाका जनस्वाथ्य निरिक्षक चुडाँमणि कंडेलका अनुशार अहिले बडिगाड १, २, १०, ४ र ५ संक्रमित रहेकोमा वडा नं. ४ मा संक्रमितको संख्या बढि रहेको छ । अब बडिगाड २ मा पनि कोरोना परिक्षणको लागि स्वाब संकलनको तयारीमा स्वाथ्य शाखा रहेको उनले बताए ।

यसैविच आज बागलुङमा ४९ जना नयाँ कोरोना संक्रमित थपिएका स्वास्थ्य कार्यालयका कोरोना स्रोत व्यक्ति देब प्रकाश घिमिरेले जानकारी दिए । यो संगै बागलुङमा संक्रिय संक्रमितको संख्या ३२० पुगेको छ ।

Monday, May 3, 2021

गलकोट बजार चार दिनलाई बन्द

गलकोट बजार चार दिनलाई बन्द
पाण्डबखानी अनलाइन खबर
वैशाख/२० साेमबार
 
बागलुङको गलकोट नगरपालिकाको बजार क्षेत्र चार दिनलाई बन्द गर्ने निर्णय गरिएको छ ।

कन्ट्याक्ट ट्रेसिङ गर्ने प्रयोजनको लागि भन्दै जिल्ला प्रशासन कार्यालय बागलुङको निर्देशन र गलकोट नगरपालिकाको सर्व पक्ष बैठकले यस्तो निर्णय गरेको नगरपालिकाले जनाएको छ ।
पालिकाले निकालेको सूचना अनुसार यहि बैशाख २० गतेदेखि २४ गतेसम्म गलकोट बजार बन्द रहनेछन ।
बन्दको समयमा अत्यावश्यक काम बाहेक घर बाहिर हिँडडुल नगर्ने, स्वास्थ्य सुरक्षाका मापदण्ड अनिवार्य पालना गर्ने, वडा स्तरमा निगरानी समुह सक्रिय बनाईने बताईएको छ ।