पाण्डबखानीमा ट्रास्मिटर चार्ज संगै टाेलमा लाइन प्रसारण
सुरेश छन्त्याल/गलकाेट
गलकाेट नगरपालिका १० पाण्डबखानीमा केन्द्रीय लाइन प्रसारण आरम्भ भएको ५/६ महिना भएको थियाे । त्यस्तै आज पाण्डबखनीकाे उपल्लो फुर्सेमा ट्रास्मिटर चार्ज संगै टाेलमा लाइन प्रसारण भएको ने का वडा सभापति भक्त काउचाले जानकारी दिनुभयाे। त्यस्तै तिहार अघि केही टाेलहरुमा लाइन प्रसारण गर्ने तयारी रहेकाे नाे लाइट गलकाेट शाखाका प्राविधिक ज्ञानबहादुर थापाले जानकारी दिनुभयाे। वडामा बिद्धुतिय क्षेत्रको सहजताको लागि अध्यक्ष तिलक घर्ती विद्धुत प्राधिकरणका प्रमुख संग भेट गरि सहजीकरण गर्ने गरि तयारी रहकाे र पाण्डबखानीले दिपावली भित्र नै केन्द्रीय बिद्धुत प्रयोग गर्नका लागि प्राधिकरण प्रमुख सङ्ग आग्रह गर्ने साथै केन्द्रीय प्रसारणले यहाको जनजीवन मा सहज हुने वडा अध्यक्ष घर्तिले जानकारी दिनु भयाे।
No comments:
Post a Comment