Tuesday, November 30, 2021

पाण्डबखानीमा बालमैत्री आवाधिक लगानी याेजना निर्माण कार्यशाला सुचारू

पाण्डबखानीमा बालमैत्री आवाधिक लगानी याेजना निर्माण कार्यशाला सुचारू
बालबालिकामा गरेकाे लगानी ल्याउछ सुनाैलाे विहानी भन्ने मुल नाराका साथ गलकाेट नगरपालिका १० पाण्डबखानीले बालमैत्री स्थानीय शासन अवलम्बनमा सुचकहरुकाे प्राम्मिक उपलब्धि अन्तर्गत आवाधिक लगानी याेजना निर्माण कार्यशाला सुचारू  भएको छ । बालबालिकाकाे आगामी ३ वटा आर्थिक बर्षकाे विभिन्न शिर्षकमा अनुमानित बजेट प्रस्ताव गरिएकाे छ । उक्त प्रस्तावित बजेट माथी भाेलि समिक्षा हुने भएको छ। कार्यक्रममा वडा अध्यक्ष तिलक घर्तिकाे अध्यक्षता, गलकाेट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद शर्माकाे प्रमुख आथितियता कृषि अधिकृत हरिदत्त सुवेदी, बालमैत्री फाेकल पर्सन राजन कडेल, याेजना शाखा प्रमुख बाबुराम शर्मा, पशु प्राविधिक बलराम अधिकारी, वडा बालमैत्री पाण्डबखानीका सहजकर्ता रामु शाहि, राजनीतिक दलका प्रतिनिधि, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, विद्यालयका प्रधानाध्यापक, स्वास्थ चाैकि केन्द्रका प्रमुख, स्वास्थ स्वयसेविका, पत्रकार, वडा बाल संजालका अध्यक्ष लगाएतकाे सहभागीता रहेकाे थियाे। बालमैत्री १० का फाेकल पर्सन रामप्रसाद वि.क काे स्वागत मन्तव्य संगै सुरु भएको कार्यक्रमको संचालन वडा सचिव ठाकुर तिमिल्सिनाले गर्नु भएको थियाे।
 त्यस्तै कृषि, पर्यटन, स्थानीय सिप र पूर्वाधार, सम्बर्द्ध गलकाेट निर्माणकाे मुल आधार भन्ने मुल नाराका साथ गलकाेट नगरपालिका १० वडा कार्यालय पाण्डबखानीमा गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम (MEDPA, मेड्पा) वडा स्तरीय एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । गलकाेट नगरपालिकाकाे आयाेजनामा भएकाे कार्यक्रममा गलकाेट नगरपालिका उद्यम विकासका सहजकर्त गुलाब बादीले लघु उद्यम विकासकाे बारेमा प्रकाश पार्नु भएको थियाे। वडा अध्यक्ष तिलक घर्ति, वडा सचिव ठाकुर तिमिल्सिना, नगर सभा सदस्य गनेश शेर्चन, वडा सदस्य राधिका पुन, रामप्रसाद वि.क, बालमैत्री पाण्डबखानीका सहजकर्ता रामु शाही, सहजकर्ता कमला सुनार, सिजल लघु उद्याेम पाण्डबखानीका संचालिका कमला थापा, पत्रकार सुरेश छन्त्याल लगाएतकाे सहभागीता रहेकाे थियाे।

Friday, November 26, 2021

नव ज्याेति प्राविमा छात्रवृत्ति वितरण तथा स्वागत कार्यक्रम सम्पन्न ।

नव ज्याेति प्राविमा छात्रवृत्ति वितरण तथा स्वागत कार्यक्रम सम्पन्न 
सुरेश छन्त्याल/गलकाेट
बागलुङको गलकाेट नगरपालिका १० पाण्डबखानीमा रहेकाे नव ज्याेति प्राविमा स्वागत तथा २०७७ सालकाे छात्रवृत्ति पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कमला थापाकाे अध्यक्षतामा भएको कार्यक्रममा पाण्डबखानी समाज जापानका प्रतिनिधि रेशम थापा, पाण्डबखानी समाज युकेका प्रतिनिधि कुमार थापा र प्रेम थापालाइ स्वागत गरिएको थियाे। साथै उक्त कार्यक्रममा विद्यालयलाइ १० हजारकाे दरले ३० हजार हस्तान्तरण समेत गरेका थिए । त्यस्तै मृत्यु सत्कारबाट उठेको रकम पाण्डबखानी अन्तरगत सुनपानी निवासी स्व. पतिराम घर्तिकाे स्मृतिमा श्रीमती चनमति घर्तीले विद्यालयलाइ ४ हजार हस्तान्तरण गरेका थिए । कार्यक्रममा वडा सदस्य धनबहादुर सुनार, पाण्डबखानीका बालमैत्री सहजकर्ता रामु शाही, समाजसेवी मानसिह छन्त्याल, पत्रकार सुरेश छन्त्याल, शिक्षक, अभिवाभक, विद्यार्थी लगाएतको सहभागीता रहेकाे थियाे भने कार्यक्रमकाे संचालन विद्यालयका प्र.ह आसा श्रीसले गर्नु भएको थियाे।

Saturday, November 20, 2021

काँग्रेस क्षेत्र नम्बर २ प्रदेश ‘क’ को सभापतिमा घर्ती निर्विरोध निर्वाचित

काँग्रेस क्षेत्र नम्बर २ प्रदेश ‘क’ को सभापतिमा घर्ती निर्विरोध निर्वाचित
सुरेश छन्त्याल/ गलकाेट
नेपाली काँग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत बागलुङ निर्वाचन क्षेत्र नम्बर २ को प्रदेश सभा ‘क’ को अधिबेशनबाट सभापतिमा गलकोटका तिलक घर्ती मगर निर्विरोध निर्वाचित भएका छन् । 
उप– सभापतिमा ताराखोलाका कलाधर सुवेदी, बडिगाडका हरिचन्द खत्री र सचिवमा गलकोटका टिकाराम पुन काउचा र वीर बहादुर बोहरा, सह–सचीवमा गलकोटका हरिदत गौतम र बडिगाडका राज थापा क्षेत्री निर्बिरोध निबाचित भएका हुन् । प्रदेश पदाधिकारीको विषयमा मतदान भईरहेको निर्वाचन अधिकृत सरिता केसीले जानकारी दिईन ।

Friday, November 19, 2021

‘छाडा आइमाई’

‘छाडा आइमाई’
कविता 
मलाई आँखाहरुको संवाद मनपर्छ।
उसका अश्लील नजरहरुले चिमोठ्न खोजे
मेरो वदनको कुनै हिस्सा,
मेरा नजरहरुले पनि लगाउन सक्छन् थप्पड!
दुख्ने गरि उसको पुरुषत्त्व माथि!

त्यसैले,
म अराजक हुँ।

आमाको रातो फरीया,
बज्यैको ढाकाको चोलो,
बहुतै मनपर्छ मलाई!
तर,
मलाई ‘बा’ ले जस्तै कालो कोट लगाउन पनि मन पर्छ।
भाइका जस्तै छोटा कपडाहरुमा पनि मलाई म सुन्दर लाग्छ!
मलाई मेरा नाङ्गा तिघ्राहरु कहिल्यै अश्लील लागेनन्!

त्यसैले,
मलाई कहिल्यै संस्कारी भनिएन।

मेरो छातीलाई छोएको छ घामको न्यानोले!
मेरो कम्मरले पनि महशुस गरेको छ हावाको स्पर्श्!
मैले मेरा गुप्ताङ्गहरुमा राखेको छैन मेरो अस्मिता!

त्यसैले,
समाजले अश्लील पनि भन्छ मलाई!

सहरको सुनसान गल्लीहरु बिचमा,
एक्लो छ मेरो आश्रयस्थल
जहाँ एक्लै हुर्किरहेको छ मेरो यौवन!

त्यसैले,
समाजलाई शंका छ,मेरो कुमारित्व माथी!

मलाई मनपर्छ!
बिच बाटोहरुमा समाएर हिड्न उसको हात,
तर गन्तव्य सम्म एक्लै पुग्नसक्ने मेरो सामर्थ्यमाथि
घमण्ड पनि छ मलाई!
हो,
म धेरै प्रेम गर्छु आफ्नाहरु लाई,
तर आफूलाई जति गर्दिन!

त्यसैले,
बेलाबखत जिज्ञासा पनि भेटिन्छन्।
मेरो परवरीस लाई लिएर

समाजले ओढाएको लाजको चादर भित्र
झुकेर बस्न मान्दैनन् यी नजरहरु!

पितृसत्ताले लगाएको पर्खाल तोडि,
परम्पराको परिधिभन्दा पर दौडिएर
सपनाको उडान भर्न रुचाउँछन् यी पैतालाहरु

आमाको मुस्कान जस्तै कोमल यो हृदय,
आमामाथी भएको दमन जत्तिकै कठोर पनि छ।
दुखाउने हरु लाई मेटाउदा,दुख्दैन मलाई!

हो,
मेरा निडर आँखा,
नाङ्गा तिघ्रा,
खुल्ला छाती,
बाक्लो संगत,
चर्को हासो,
अनि भड्किलो आवाजका कारण
समाजले परिभाषित गरेकी ‘छाडा आइमाई’ हु म

लेखक:- विद्याश्री सिंह

Wednesday, November 17, 2021

गलकोट समाज जापान क्षेत्रीय समिति कान्तो टोकियोद्धारा पाण्डबखानीमा शैक्षिक सामाग्री हस्तान्तरण ।

गलकोट समाज जापान क्षेत्रीय समिति कान्तो टोकियोद्धारा पाण्डबखानीमा शैक्षिक सामाग्री हस्तान्तरण ।
सुरेश छन्त्याल/ गलकाेट


गलकोट समाज जापान क्षेत्रीय समिति कान्तो टोकियोद्धारा आज एक कार्यक्रमका बिच पाण्डबखानीमा शैक्षिक सामाग्री हस्तान्तरण गरेको छ । समितिले गलकोट क्षेत्रभित्रका विद्यालयका विपन्न तथा जेहेन्दार ९९ जना विद्यार्थिहरु लाई शैक्षिक सामाग्री हस्तान्तरण गर्ने कार्यक्रम अन्तरर्गत आज  गलकाेट नगरपालिका १० पाण्डबखानी भित्रका ६ वटा विद्यालयलाइ शैक्षिक सामाग्री हस्तान्तरण गरेको गलकोट समाज जापान क्षेतिय समिति कान्तो टोकियोले जनाएको छ । 
गाउ“ आएको मौका पारेर समाजका पदाधिकारीले गाउ“गाउ“मा पुगेर जेहेन्दार र बिपन्न परिवारका बालबालिकालाई सामाग्री हस्तान्रण गरेका हुन् । बालबालिकाको शिक्षामा पहु“च बढाउनका लागि सामाग्री हस्तान्रण गरेको समाजले जनाएको छ । 
गल्कोट समाज जापान क्षेत्रीय समिती टोकियोको वार्षिक योजना एव कार्यक्रम अन्तरगत गल्कोट नगरपालिका र ताराखोला गाँउपालिका भरिका सामुदायिक विद्यालयहरुमा अति बिपन्न एवम जेहेन्दार विधार्थीलाई छात्रवृत्ती हस्तान्तरणको कार्यक्रम सुभारम्भ भएकोले समग्र गल्कोटको शैक्षिक विकासमा विशेष भुमिका खेल्नेमा आशावादी रहेको संस्थाका सचिव दिनेश थापाले जानकारी दिनुभयो । 
 कार्यक्रमलाई कसरी दिर्घकालिन र नियमित बनाउन सकिन्छ भन्ने सम्बन्धमा पनि टोकियो क्षेत्रीय समिती अन्य क्षेत्रीय समितिसग वृहत छलफलमा जुटिरहेको समाजले जनाएको छ ।  छात्रबृति कार्यक्रम अन्य भैपरी आउने सहयोग अभियान जस्तो हस्तान्तरण गरेपछि सकिने जस्तो नभई समग्र गलकोट क्षेत्रभित्रका सामुदायिक विद्यालयहरुमा अध्यापन गराउने शिक्षक, विद्यार्थी र प्रवासमा रहेका अभिभावकको त्रिकोणात्मक सम्बन्ध बिस्तार हुने समाजको अपेक्षा रहेको छ ।

आफ्ना नानीबाबुको समग्र शैक्षिक अवस्था,खेलकुद र अतिरिक्त क्रियाकलापको वस्तु स्थितिको  बारेमा हुने शिक्षक र अभिभावक बिचको पारस्परिक सम्बन्ध कायम गर्न समाजले संचालन गरेको अभियानमा हातेमालो गदैं आर्थिक सहयोग गर्नुहुने सहयोगदाताहरुप्रति गलकोट समाज जापान क्षेत्रिय समिती टोकियोले आभार समेत ब्यक्त गरको छ । 

साेहि कार्यक्रममा छात्रवृत्तिका लागि छनाेट भएकी पाण्डबखानी माविकाे कक्षा १२ मा अध्यानरत मुना सुनार दुवै कित्निक फेल भै हाल उपचारत रहेकाले कार्यक्रममा उपस्थित हिमाल गलकोट समाज जापान क्षेत्रीय समिति कान्तो टोकियोका उपाध्यक्ष हिमाल कडेलकाे टिमले रु ६ हजार नगद सहयोग र कार्यक्रम काे लाइभ भिडियो हेरेर बसिरहनुहुने प्रधातिकारि ज्युबाट रु २५ हजार सहयोग गर्ने प्रद्धिबद्दा जनाउदै बाकि सहयोगका लागि समाज र जापानमा सहयोग अभियान संचालन गर्ने तयारी रहेछ ।

Thursday, November 4, 2021

समाज रुपान्तरणमा युवाहरुकाे भुमिका रहने वडा अध्यक्ष घर्ती

समाज रुपान्तरणमा युवाहरुकाे भुमिका रहने वडा अध्यक्ष घर्ती
सुरेश छन्त्याल/गलकाेट

कला, संस्कृतिक र खेलकुदकाे संरक्षण गराैं समुन्नत समाजकाे परिचय दियाैं भन्ने मुल नाराका साथ शुभ दिपावलीकाे पावन अवसरमा घुम्टे सांस्कृतिक तथा प्राकृतिक संरक्षण मञ्च 1st A sait फुटबलकप कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमकाे उद्घाटन गर्दै प्रमुख अथिति समेत रहनु भएका गलकाेट नगरपालिका १० पाण्डबखानीका वडा अध्यक्ष तथा नेपाली काँग्रेसका क्षेत्रीय सचिव तिलक घर्ती मगरले खेल राष्ट्र र स्वास्थकाे लागि प्रमुख रहेकाे अवगत गराउदै युवाहरुकाे आवश्यकता र चाहाना अनुसार स्थानीय सरकार सदैब साथमा रहने साथै समाज रुपान्तरणमा युवाकाे भुमिका महत्त्वपूर्ण रहने भएकोले विद्यमान सामाजिक विकृति निवारण तथा समाज विकासमा अग्रसर हुन आग्रह गर्नु भयाे। त्यस्तै एकताले जस्तोसुकै समस्या समेत हल गर्ने भएकोले सम्पूर्ण युवाहरु बद्ध रहन अपिल समेत गर्नु भयाे । १६ टिम सहभागीता रहेकाे खुला फुटबल प्रतियाेगितामा good vibs पाेखरा प्रथम गलकाेट नगरपालिका १० पाण्डबखानी मावि दाेस्राे र त्यस्तै लाेक नृत्य प्रतियोगितामा न्यु स्टेप पाण्डबखानी प्रथम, पाण्डबखानी मावि दाेस्राे, गलकाेट मावि तेस्राे र एकता बर्डिङ स्कुल हरिचाैर सान्तना भएका छन् ।
त्यस्तै उत्कृष्ट गाेल रक्षक गर्नु भएका गाेठि युनाइटेड क्बल बागलुङका रन्जन खत्री, सर्वाधिक गाेल कर्तामा घुम्टे सांस्कृतिक तथा प्राकृतिक संरक्षण मञ्चका खेलाडी सुवास पुन र उत्कृष्ट खेलाडीमा good vibs पाेखराका सुदिप गुरुङ लाई पुरुस्कृत गरिएको थियाे ।
कल्बका अध्यक्ष प्रकाश पुनकाे अध्यक्षता गलकाेट नगरपालिका १० पाण्डबखानीका वडा अध्यक्ष तथा नेपाली काँग्रेसका क्षेत्रीय सचिव तिलक घर्ती मगरकाे प्रमुख आथितियता, वडा सदस्य रामप्रसाद वि.क  बरिस्ठ समाजसेवि मानसिह छन्त्याल, गलकाेट नगर सभाका सदस्य राधिका पुनकाे विशिष्ट आथितियता, खिम काउचाकाे स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमकाे संचालन दिप घर्तिले गर्नुभएको थियाे।