Saturday, April 30, 2022

पाण्डबखानीमा सामाजिक सुरक्षा भत्ता वितरण सम्पन्न ।

पाण्डबखानीमा सामाजिक सुरक्षा भत्ता वितरण सम्पन्न ।
सुरेश छन्त्याल/ पाण्डबखानी
गलकोट नगरपालिका वडा नं १० पाण्डवखानीमा प्रभु बैङ्क गलकोटद्वारा सामाजिक सुरक्षा भत्ता वितरण गरिएको छ । सामाजिक सुरक्षा भत्ता गलकोट नगरपालिका वार्ड नं १० पाण्डवखानीमा वितरण गरिएको छ ।
उक्त सामाजिक सुरक्षा भत्ता वितरणमा कार्यक्रममा वडा सदस्य रामप्रसाद वि.क , वडा सदस्य राधिका पुन, वडा सचिव ठाकुर तिमिल्सिना, पत्रकार सुरेश छन्त्याल, पाण्डबखानी कृषि प्राबिधिक कृष्णा वि.क, प्रभु बैंक गल्कोटका संचालक प्रमुख शिशिर बम मल्ल, युराज थापा, शिबप्रसाद शर्मा सुरक्षा कार्ड खिमबहादुर मल्ल  लगायतको सहभागिता रहेको थियो।

ज्येष्ठ नागरिक, दलित , एकल महिला , पूर्ण अशक्त , पूर्ण अपांग , दलित बालबालिका गरि जम्मा ३३२ जनालाई रु. ३१ लाख ७० हजार ९ सय २३ रुपैया रकम वितरण गरिएको बैंकका सञ्चालन प्रमुख शिशिर बम मल्लले जानकारी दिनुभएकाे छ।


Friday, April 29, 2022

रमुवामा सामाजिक सुरक्षा भत्ता वितरण भाेलि वडाबाट वितरण हुने ।

रमुवामा सामाजिक सुरक्षा भत्ता वितरण भाेलि वडाबाट वितरण हुने ।
सुरेश छन्त्याल/ पाण्डबखानी
गलकोट नगरपालिका वडा नं १० पाण्डवखानीमा प्रभु बैङ्क गलकोटद्वारा सामाजिक सुरक्षा भत्ता वितरण गरिएको छ । सामाजिक सुरक्षा भत्ता गलकोट नगरपालिका वार्ड नं १० पाण्डवखानीको रमुवामा वितरण गरिएको छ ।
उक्त सामाजिक सुरक्षा भत्ता वितरणमा कार्यक्रममा वडा अध्यक्ष तिलक घर्ती, वडा सदस्य राधिका पुन, वडा सचिव ठाकुर तिमिल्सिना, प्रभु बैंक गल्कोटका संचालक प्रमुख शिशिर बम मल्ल, युराज थापा, शिबप्रसाद शर्मा सुरक्षा कार्ड खिमबहादुर मल्ल  लगायतको सहभागिता रहेको थियो।

ज्येष्ठ नागरिक, दलित , एकल महिला , पूर्ण अशक्त , पूर्ण अपांग , दलित बालबालिका गरि जम्मा ७२ जनालाई भत्ता वितरण कार्यक्रम सम्पन्न भएको र भाेलि विहान ७ बजे देखि वडा कार्यालयबाट सामाजिक सुरक्षा भत्ता वितरण हुने बैंकका सञ्चालन प्रमुख शिशिर बम मल्लले जानकारी दिनुभएकाे छ।

Saturday, April 23, 2022

एक भोट विक्रीमा छ ।

एक भोट विक्रीमा छ ।
लक्ष्मी अर्गेजा मगर/ बागलुङ
तिमीसगँ नोट छ
मसगँ भोट 
हामी एक अर्कामा
तालमेल गरौं न हुन्न ?
तिमीलाई चुनाव जित्न 
भोट झार्नु छ
मलाई जीवन जिउन,
रहर अनि भोक मार्नु छ 
त्यसैले त विज्ञापन गरेको छु 
मेरो एक भोट विक्रीमा छ ।

तिमी पार्टीको सिद्धान्तको कुरा नगर
म नैतिकताको कुरा छोड्छु
आज मैले परिवार धान्न 
भोट बेचे
भोलि तिमीले देशको अर्थतन्त्र 
धान्न भन्दै देश बेच्छौ
मलाई बाध्यता छ 
तिमीलाई बहाना 
तेसैले तिमी आदर्शको कुरा नगरिकन 
भोट किन्न तर्फ लाग 
मेरो एक भोट विक्रीमा छ 

चुनाव प्रचारमा आउँदा
गाउँमा सिंहदरबार लिने सपना नदेखाउनु 
जितेर रोजगार दिने सपना नदेखाउनु
म अचेल व्यावहारिक होइन 
व्यापारीक हुँदै गएको छु
आफ्ना छाक टार्नको लागि
पैसा नै सबथोक हो भन्ने भएकोछु 

यदि तिमीले 
भोटको मुल्य बढाएछौ भने
काका र दाईलाई पनि भोट दिनु भनुला
राम्रालाई जिताउनु पर्छ भन्दै
तै चुप मै चुप बनुला
तिमी किन चिन्ता गर्छौ 
धितो राखिदेउ बुढीको गहना र घर 
पछि जति पनि लुट्न पाउछौ धन
डबल भएर फिर्ता आउँछ 
इज्जत र स्वाभिमान 

म तिम्रो पार्टीको झण्डा बोक्छु 
तिम्रै पक्षमा भाषण ठोक्छु
तिम्रै झोले कार्यकर्ता बन्छु
सबैलाई भोट दिन भन्छु 
मेरो भोट किनिदेउ 
मेरो एक भोट विक्रीमा छ ।

गरिबी घटाउने 
तिम्रो चुनावको एजेन्डा होइन र ? 
परेवालाई चारो जसरी 
पैसा छरिदेउ
युवायुवतीलाई पासपोर्ट
चालीस काटेकालाई रक्सी भरिदेउ
बैशाख ३० नजिकिदै छ
मान्छे चिन्न तर्फ लाग 
भोट किन्न तर्फ लाग
मेरो पनि एक भोट विक्रीमा छ ।

Sunday, April 10, 2022

मानव अधिकार तथा शान्ति समाज ललितपुर कार्य समितिद्धारा धर्ना कार्यक्रम सम्पन्न ।

मानव अधिकार तथा शान्ति समाज ललितपुर  कार्य समितिद्धारा धर्ना कार्यक्रम सम्पन्न ।
सुरेश छन्त्याल/ काठमाडौं
मानव अधिकार तथा शान्ति समाज जिल्ला शाखा ललितपुर कार्य समितिद्धारा जावलाखेल, ललितपुरमा शान्तिपूर्ण  धर्ना कार्यक्रम सम्पन्न भएको छ ।
मानव अधिकार तथा शान्ति समाज , ललितपुर शाखा कार्य समितिले रुस- युक्रेन युद्धकाे समाप्तिको लागी " युद्ध निषेध-शान्ति विशेष " भन्ने आह्वान र नारा सहित युद्धकाे विरोध र शान्तिकाे पक्षमा शान्तिपूर्ण प्रदर्शन कार्यक्रम सम्पन्न गरेकाे छ । रुस- युक्रेनबिच भईरहेकाे युद्ध समाप्त गरेर मानवियता र मानव सभ्यता रक्षा गर्न अायाेजकले अपिल गरेकाे छ । शाखा सभापति सन्जाेग चाम्लिङ राईकाे सभापतित्वमा सम्पन्न कार्यक्रममा समितिका केन्द्रीय महासचिव रामकृष्ण बराल प्रमुख वक्ता रहनु भएकाे थियाे । कार्यक्रममा काठमाडौ शाखा सभापति भगवान पुडासैनी, केन्द्रीय सदस्य चन्द्रमणि बन्जरा, केन्द्रीय विभागिय संयाेजक बलबहादुर गाहा मगर र अन्य अभियानकर्मीहरूकाे सहभागीता रहेकाे थियाे।


Saturday, April 9, 2022

पाण्डबखानीमा काँग्रेसको बहुमत रहेकाे कारण उम्मेदवारीका आकंक्षी पनि बढि ।

पाण्डबखानीमा काँग्रेसको बहुमत रहेकाे कारण उम्मेदवारीका आकंक्षी पनि बढि ।
सुरेश छन्त्याल/ गलकाेट
बागलुङ- स्थानीय तहको निर्वाचनको मिति नजिकिए सँगै यतिबेला वडा तहमा अध्यक्ष देखी वडा सदस्य सम्मका पदमा आकंक्षी बढ्दै गएका छन । कसले टिकट ल्याउने र निर्वाचनमा होमिने होटबाजी चलिरहेको छ । जिल्लामा क्रियाशिल विभिन्न राजनितिक दलले यतिबेला वडा तहमा आकंक्षीहरु सँग छलफल चलाउनुका साथै वडा तहदेखी माथिल्लो तहमा सिफारिस गरेका छन ।

यसै क्रममा नेपाली काँग्रस गलकाेट नगरपालिका १० पाण्डबखानीमा पनि अध्यक्षका लागि ६ जनाले आकंक्षा व्यक्त गरेका छन । जिल्लामै सवै भन्दा राम्रो काँग्रेसको पकट क्षेत्रको रुपमा रहेकाे पाण्डबखानी वडा अध्यक्षका लागि आकक्षी बन्ने पनि बढि नै छन । वडा अध्यक्षका लागि वर्तमान वडा अध्यक्ष तथा प्रदेश क्षेत्र नम्बर २ (क) का प्रदेश  सभापति तिलक घर्ती मगर, नेपाली काग्रेस वडा कार्य समितिका सभापति भक्त काउचा, जिल्ला सदस्य रामप्रसाद वि.क, महाधिवेशन प्रतिनिधि तथा वडा सदस्य राधिका पुन, क्षेत्र नम्बर २ का क्षेत्रीय सदस्य ज्ञानबहादुर श्रीस, र  क्षेत्रीय प्रतिनिधि यामबहादुर काउचा( रामलाल) आकंक्षीको रुपमा रहेको नेपाली काँग्रेस पाण्डबखानीका उपसभापति दिप घर्तिले जानकारी दिए । पाण्डबखानीमा काँग्रेसको बहुमत रहेकाे कारण उम्मेदवारीका आकंक्षी पनि बढि नै रहेका छन । 

Friday, April 1, 2022

पाण्डबखानीमा ब्याटमिनटन कभर हलनिर्माण हुँदै ।

पाण्डबखानीमा ब्याटमिनटन कभर हल
निर्माण हुँदै ।
सुरेश छन्त्याल

गलकाेट नगरपालिका १० पाण्डबखानीमा ब्याटमिनटन कभर हल निर्माण हुने तयारीमा रहेकाे छ । नेपालमा खेलाडीलाइ राष्ट्रिय खेलाडी भनेर परिभाषित गरे पनि केही भेगमा खेलाडीहरुकाे रुचि अनुसार स्थानीय सरकारले व्यवास्था गरेकाे अवस्थामा गलकाेट नगरपालिका कार्यालय र गलकाेट नगरपालिका १० पाण्डबखानी वडा कार्यालयले खेलाडीहरुकाे रुचि र खेलप्रति सम्मान गर्दै करिव आठ लाख बराबरकाे बजेट बिनोजित रकमबाट पाण्डबखानीमा ब्याटमिनटन
कभर हल निर्माण हुन लागेकाे निर्माण समितिका अध्यक्ष युवराज शाहीले जानकारी दिनुभयाे । पत्यस्तै निर्माण समिति गठन पनि भएको छ। जसमा अध्यक्ष युवराज शाही, सचिव तुलबहादुर घर्ती, काेषाध्यक्ष अमिषा घर्ती थापा गरि ७ निर्माण समिति गठन भएको छ।