पाण्डबखानीमा सामाजिक सुरक्षा भत्ता वितरण सम्पन्न ।
सुरेश छन्त्याल/ पाण्डबखानी
गलकोट नगरपालिका वडा नं १० पाण्डवखानीमा प्रभु बैङ्क गलकोटद्वारा सामाजिक सुरक्षा भत्ता वितरण गरिएको छ । सामाजिक सुरक्षा भत्ता गलकोट नगरपालिका वार्ड नं १० पाण्डवखानीमा वितरण गरिएको छ ।
उक्त सामाजिक सुरक्षा भत्ता वितरणमा कार्यक्रममा वडा सदस्य रामप्रसाद वि.क , वडा सदस्य राधिका पुन, वडा सचिव ठाकुर तिमिल्सिना, पत्रकार सुरेश छन्त्याल, पाण्डबखानी कृषि प्राबिधिक कृष्णा वि.क, प्रभु बैंक गल्कोटका संचालक प्रमुख शिशिर बम मल्ल, युराज थापा, शिबप्रसाद शर्मा सुरक्षा कार्ड खिमबहादुर मल्ल लगायतको सहभागिता रहेको थियो।
ज्येष्ठ नागरिक, दलित , एकल महिला , पूर्ण अशक्त , पूर्ण अपांग , दलित बालबालिका गरि जम्मा ३३२ जनालाई रु. ३१ लाख ७० हजार ९ सय २३ रुपैया रकम वितरण गरिएको बैंकका सञ्चालन प्रमुख शिशिर बम मल्लले जानकारी दिनुभएकाे छ।
No comments:
Post a Comment