Monday, May 2, 2022

पाण्डबखानीमा ३ दलकाे बैठक सम्पन्न ।

पाण्डबखानीमा ३ दलकाे बैठक सम्पन्न ।
सुरेश छन्त्याल/ पाण्डबखानी


गलकाेट नगरपालिका १० पाण्डबखानीमा तीन दलकाे बैठक सम्पन्न भएको छ ।
बैठकमा गठबन्धनकाे संयुक्त प्रचारप्रसार गर्ने, आर्थिक व्यवस्थापन, गठबन्धनका उम्मेदवार सबै पार्टीका प्रमुखले विजय गराउन प्रतिबद्धता, ३ नै दल समावेश हुने गरि प्रचारप्रसार समिति गठन, लगाएतका विषयमा निर्णय पारित गरिएको छ ।
उक्त बैठकमा पुर्व संविधान सभा सदस्य निरज पुनकाे विशेष उपस्थितमा नेपाली काग्रेस वडा कार्य समितिका कार्यवाहक सभापति दिप घर्ती, नेकपा माओवादी केन्द्रबाट छम काउचा, राष्ट्रिय जनमाेर्जाबाट पृर्थ श्रीस, उम्मेदवारहरु, महिला संघ, शिक्षक संघ लगाएकाे उपस्थित रहेकाे थियाे।

No comments:

Post a Comment