Monday, May 9, 2022

संविधानको रक्षाका लागि गठवन्धनका उम्मेदवार लाई भोट गर्नुपर्ने : संविधान सभा सदस्य पुन

संविधानको रक्षाका लागि गठवन्धनका उम्मेदवार लाई भोट गर्नुपर्ने : संविधान सभा सदस्य पुन

संयुक्त लोकतान्त्रिक वाम गठवन्धन गलकोट नगरपालिकाको चुनावी अभियान गलकोट नगरपालिका वडा नम्वर १० को पाण्डवखानि र रमुवामा सम्पन्न भएको छ । 
कार्यक्रमलाई सम्वोधन संविधान सभा सदस्य नर वहादुर पुन निरजले नेपालको संविधान २०७२ लाई रक्षा गर्नका लागि आसन्न स्थानीय निर्वाचनमा अहिलेको ५ दलिय गठवन्धनलाई मतदान गरी विजयी गराउनुपर्ने वताउनुभएको थियो । 

उहाँले तत्कालिन अवस्थामा नेकपा एमालेका अध्यक्ष केपि शर्मा ओलिको निरंकुशताको अन्त्य गर्नका लागि वर्तमान गठवन्धन निर्माण भएको वताउनुभयो । पुनले निवर्तमान नगरपालिकाको नेतृत्वले धेरै विकास निर्माणका कार्यक्रमको सुरुवात गरेको हुदा त्यसलाई एउटा उचाईमा पु¥याई विकसीत गलकोट निर्माण यसै नेतृत्वले गर्ने भएकाले मतदाताहरुले कुनै पनि व्यक्तिको लहलहैमा नलागी गठवन्धनको आधिकारीक उम्मेदवारहरुलाई मतदान गर्न आग्रह गर्नुभयो । 

त्यस्तै गलकोट नगरपालिकाका नगर प्रमुख पदका उम्मेदवार भरत शर्मा गैरेले आफु नेतृत्वको पहिलो नगरपालिकाको टिमले गलकोट नगरको मुहार फेर्ने खालका थुप्रै कामको सुरुवात गरेको र त्यसलाई अव पुरा गरी उत्कृष्ट नगरपालिका निर्माण गर्न आफुहरुलाई पुन नगरपालिकाको नेतृत्व प्रदान गर्न मतदाताहरुलाई आग्रह गर्नुभएको थियो । 

त्यस्तै गलकोट नगरपालिकाका नगर उपप्रमुख पदका उम्मेदवार फमलाल निउरेले अहिलेको गठवन्धन समग्र गलकोट नगरपालिकाको सम्पुर्ण शक्ति र विचारहरु मिलेर वनेको हुनाले आगामी दिनमा गठवन्धनको मर्म, भावना र उद्देश्य अनुरुप समग्र क्षेत्रको समानुपातिक रुपमा विकास गरी समृद्ध गलकोट निर्माणका लागि गठवन्धनका उम्मेदवारहरुलाई मतदान गर्न आग्रह गर्नुभएको थियो । 

कार्यक्रममा नेपाली कांग्रेसका पुर्व जिल्ला कोषाध्यक्ष उमेश गौतमले केहि व्यक्तिहरुले विभिन्न खाले चिन्हहरुलाई ल्याएर भ्रम सिर्जना गरेको भन्दै त्यस्ता व्यक्तिहरु आज कुनै पनि पार्टीको पद र साधारण सदस्य समेत नरहेकाले त्यस्ता झुटा भ्रममा नपरी त्यस्ता खाले व्यक्तिलाई स्विकार गर्न नहुने वताउनुभएको थियो । 

कार्यक्रममा चुनाव प्रचारप्रसार समितिका सदस्य सचिव टंक केसि, गलकोट नगरपालिकाका कार्यवाहक मेयर रेनुका काउचा मगर, नेपाल कम्युनिष्ट पार्टि माओवादी केन्द्रका गलकोट नगर सदस्य छम वहादुर काउचा लगायतले मतादाताहरुलाई गठवन्धनका उम्मेदवारहरुलाई मतदान गर्न आग्रह गर्नुभएको थियो । 

कार्यक्रम नेपाली काग्रेस गलकोट नगरपालिका वडा नम्वर १० का कार्यवाहक सभापति दिप घर्तीको अध्यक्षता तथा नेपाल कम्युनिष्ट पार्टि माओवादी केन्द्रका विष्णु काउचाको सञ्चालनमा सम्पन्न भएको थियो । 

No comments:

Post a Comment