विकासको लागि सवैको सहयोग र सहकार्य आवश्यक रहन्छ... घर्ती
सुरेश छन्त्याल/ पाण्डबखानी
गलकोट नगरपालिका वडा नम्वर १० का निवर्तमान वडा अध्यक्ष तिलक घर्ती मगरले वडाको विकासको लागि सवैको सहयोग र सहकार्य आवश्यक रहेको वताउनुभएको छ ।
वडा अध्यक्षको पदभार हस्तान्तरण गर्दै घर्तीले शिक्षा, स्वास्थ्य र सामाजिक विकास संगसंगै भौतिक विकासलाई प्राथमिकतामा राख्नु पर्छ भन्ने कुरामा प्रकाश पार्नु भएकाे थियाे । उहाँले वडाले सम्पुर्ण राजनैनिक दल, सामाजिक संस्था र आम नागरिकको भावना वुझेर काम गर्न आग्रह समेत गर्नु भयाे ।
कार्यक्रममा नेपाली कांग्रेस वडा नम्वर १० का कार्यवाहक सभापति दिप घर्ती , नेपाल कम्युनिष्ट पार्टि माओवादी केन्द्रका सदस्य छम काउचा , राष्ट्रिय जनमोर्चाका प्रतिनिधी पृर्थ श्रीस, बरिस्ठ समाजसेवी मानसिह छन्त्याल, पर्व संविधानसभाका सदस्य निरज पुन, नेपाली कांग्रेस जिल्ला सदस्य रामप्रसाद वि.क, महाधिवेशन प्रतिनिधि राधिका पुन, पाण्डबखानी माविका प्राचार्य नवीन भावुक लगाएतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रमको अवसरमा निवर्तमान वडा अध्यक्ष तथा वडा सदस्यहरुलाई प्रशंसा पत्र दिएर विदाई गरिएको थियो ।
कार्यक्रम गलकोट नगरपालिका वडा नम्वर १० का निवर्तमान अध्यक्ष तिलक घर्तिको अध्यक्षता तथा वडा सचिव ठाकुर तिमिल्सिनाको सञ्चालनमा सम्पन्न भएको थियो ।
No comments:
Post a Comment