पाण्डबखानीमा श्रद्धाञ्जली सभा सम्पन्न ।
सुरेश छन्त्याल/ गलकाेट
गलकाेट नगरपालिका १० पाण्डबखानीमा श्रद्धाञ्जली सभा सम्पन्न भएको छ।
पाण्डबखानी अन्तर्गत गैराभाटी निवासी स्वर्गीय दिल बहादुर बुढाकाे १३ औं दिनकाे पुन्य तिथिकाे अवसरमा पाण्डबखानी माद्यामिक विद्यालयले राखेकाे श्रद्धाञ्जली सभामा सम्बाेधन गर्दै पुर्व संविधानसभाका सदस्य निरज पुनले स्वर्गीय बुढाले समाजमा र विद्यालयमा गरेकाे याेग्दानप्रति चर्चा गर्नु भएको थियाे।
त्यस्तै स्वर्गीय बुढाकाे स्मृतिमामा बागलुङ युके समाज र युके समाज पाण्डबखानीका बरिस्ठ उपाध्यक्ष खर्क थापा(बुढा) र हङकङ समाज बागलुङका सल्लाहकार तथा निवर्तमान अध्यक्ष मन बहादुर थापा(बुढा) गलकाेट नगरपालिका १० का पुर्व वडा अध्यक्ष तिलक घर्ति, बरिस्ठ समाजसेवी मानसिह छन्त्याल, १३ औ दिनकाे पुन्य थितिमा उपस्थित सुनपानी समाज, चेलिबेटी, माउलाे लगाएतकाे सहभागीता रहेकाे थियाे । परम्परागत गत बाजागाजा सहित अस्ते खेल समेत प्रदर्शन गरेका थिए । त्यस्तै स्वर्गीय बुवाकाे नाममा रमुवामा चाैतारा र मानिस तर्ने साङ्गाे निर्माण गरिएको छ।
No comments:
Post a Comment