Saturday, May 21, 2022

एक परिवारद्धारा फुर्से आधारभुत विद्यालयलाइ सहयोग ।

एक परिवारद्धारा फुर्से आधारभुत विद्यालयलाइ सहयोग ।
सुरेश छन्त्याल/गलकाेट 

गलकाेट नगरपालिका १० पाण्डबखानी अन्तर्गत रहेकाे फुर्से आधारभूत विद्यालयलाई आफ्नो बुवा  स्वर्गीय रामप्रसाद पुनकाे स्मृतिमा ४ दाजुभाइले विद्यालयका लागि १५ ओटा बेन्च र पाँच र्याक सहित निजी स्रोतका शिक्षिकाहरुलाइ असार सम्मको तलब रु. २४ हजार रकम हस्तान्तरण गर्नु भएको छ । विद्यालयकाे कार्य योजना अनुसार विद्यालयका लागि हामिले सहयोग गर्न पाउँदा हामी अत्यन्तै खुसि भएकाे भन्दै महिला छाेरा धिरेन पुनले विद्यालय र विद्यार्थीकाे उज्ज्वल भविष्यकाे शुभकामना समेत व्यक्त गर्नु भएको छ। विद्यालय र शिक्षकका लागि हाल युकेमा कार्यरत क्याप्तेन याम पुनको चार दाजुभाइ, धिरेन पुन, हिमाल पुन र रमेश पुनद्धारा सहयोग गर्नु भएको थियाे। भने पन्ध्र ओता बेन्च र पाँच ओता र्याक बनाइ सकेको हुँदा कामदारहरुलाइ एकलाख सात हजार सात सय बीस रुपैया क्याप्तेन याम पुनको पुज्यनीय आमा लक्ष्मी पुनले हस्तान्तरण गर्नु भयको थियाे । त्यस्तै सहयोगप्रति विद्यालयकाे तर्फबाट सब परिवारलाइ धन्यवाद दिदै उहाँ हरुले चालेका रहेक पाइलाहरु सगरमाथाकाे सिखरमा पुग्न सफल हाेस् भन्दै धन्याबाद सहित विशेष आभार व्यक्त सहित आगामीदिनहरुमा यहि यस्ता सहयोगकाे अपेक्षा रहेकाे विद्यालयका प्रध्यानापक देवि काउचाले बताउनुभयो ।
त्यस्तै पाण्डबखानी उपल्लो फुर्से निवासी हाल युकेमा कार्यरत निरज काउचा र इन्दु  काउचाको नेतृत्व मा युकेमा कार्यरत सहयोगी दाताहरुले सहयोग गर्नुभएको रकमले दुई जना शिक्षिक बिक्रम काउचा र कुमारी थापा काउचालाई नियुक्ती गरिएकाे छ ।

No comments:

Post a Comment