पाण्डबखानीमा महिलाहरु उदाहरणीय बन्न थाले ।
सुरेश छन्त्याल/ पाण्डबखानी
गलकाेट नगरपालिका १० पाण्डबखानीका महिला दिदिबहिनीहरु उदाहरणीय पात्र बन्न थालेका छन् प्रत्येक महिलाहरु कृषि पेसा देखि ढाका कपडा वुनाइ सम्म अग्रसर बनेकाे देख्न पाइन्छ ।गलकाेट नगरपालिका नगर कार्यपालिकाकाे आयाेजनामा कृषि, पर्यटन स्थानीय सीप र पुर्वाधार सम्वृद्ध गलकाेट निर्माणकाे मुल आधार गरिवी निवारणका लागि लघु उद्यम विकास केन्द्र कार्यक्रम अन्तरगत ३ महिने ढाका कपडा वुनाइ तालिम गत चैत १९ गते देखि सुरु भएको तालिममा २ चरण गरि तालिम संचालन भएको तालिम प्रशिक्षक भावना पुनले जानकारी दिनु भयाे ।
त्यस्तै तालिममा १९ जना महिलाहरुकाे सहभागीता रहेकाे र तालिम असार ९ गते समापन हुने प्रशिक्षक पुनले जानकारी दिनु भयाे।
No comments:
Post a Comment