शेरचनद्धारा नव ज्याेतिमा अक्षय कोष स्थापना ।
सुरेश छन्त्याल/ पाण्डबखानी
गलकोट नगरपालिका १० पाण्डबखानीमा रहेकाे नव ज्योति आधारभूत विद्यालयमा गलकोट नगर कार्यपालिका निवर्तमान सदस्य गणेश शेरचनको दाजु हाल काठमाण्डौ (यूके) मा बसोबास गर्दै आउनु भएका क्याप्टेन कृष्ण बहादुर शेरचन (तेजमान) र वहाॅको धर्म पत्नी भीम कुमारी शेरचनले आफ्ना स्वर्गीय बुवा दल प्रसाद शेरचन र स्वर्गीय आमा धना देवी शेरचनको स्मृतीमा रू १,२५,०००।- अक्षेरूपी एक लाख पच्चीस हजार रूपैया एक कार्यक्रमका विच नवज्योति आ.वि. मा अक्षय कोष स्थापना गर्नु भएको छ । विद्यालयका स्थापक सदस्य तथा बरिस्ठ समाजसेवी मानसिह छन्त्यालकाे अध्यक्षता र कृष्ण बहादुर शेरचन (तेजमान)काे विशेष उपस्थित संगै शिक्षाप्रमि, अविभाक, समाजसेवी लगाएतकाे सहभागीता रहकाे कार्यक्रमकाे संचालन विद्यालयका प्राचार्य आशा श्रीसले गर्नु भएको थियाे । साथै सहयोग प्रति वहाॅ लगायत सम्पूर्ण परिवारलाई विद्यालयकाे तर्फदेखि सु- स्वास्थ् दिर्घायुका साथै उत्तरोत्तर प्रगतीको कामना गर्नु भएको थियाे ।
No comments:
Post a Comment