Sunday, May 22, 2022

गलकाेटमा नव निर्वाचित जनप्रतिनिधिहरुलाइ स्वागत तथा बधाई कार्यक्रम सम्पन्न ।

गलकाेटमा नव निर्वाचित जनप्रतिनिधिहरुलाइ स्वागत तथा बधाई कार्यक्रम सम्पन्न ।
सुरेश छन्त्याल/ गलकाेट

राष्ट्र सेवा निष्पक्षता, तटस्थता र  कर्मचारी एकता भन्ने नाराका साथ आज गलकाेट नगरपालिका ३ हटियामा नव निर्वाचित जनप्रतिनिधिहरुलाइ स्वागत तथा बधाई कार्यक्रम सम्पन्न भएको छ। नेपाल निजामती कर्मचारी युनियन गलकाेट नगरपालिका , बागलुङकाे आयाेजनामा भएको कार्यक्रममा बाेल्दै प्रमुख अतिथि समेत रहनु भएका गलकाेट नगरपालिकाका नव निर्वाचित नगर प्रमुख भरत शर्मा गैरेले जनता र कर्मचारीकाे तालमेल मिल्याे भने रहेक कामकार्य सहजरुपमा सम्पन्न हुने भन्दै जनतासंग कर्मचारी र जनप्रतिनिधि रहेक विषयमा जाेडन कर्मचारी र जनप्रतिनिधिलाई शर्माले आग्रह गर्नु भएको थियाे । त्यस्तै विशिष्ट अतिथि गलकाेट नगरपालिकाका उप प्रमुख फमलाल निउरेले जनप्रतिनिधि र कर्मचारी विच नङ र मासु जस्तै सम्बन्ध रहेकाे भन्दै समग्र गलकाेट नगरपालिकाकाे विकासका लागि समुदाय, जनप्रतिनिधि, रहेक नागरिककाे सहयोग र भुमिका रह्याे भने सम्वृद्ध गलकाेट निर्माण हुने बताउनु भयाे । कार्यक्रममा नेपाल निजामती कर्मचारी युनियन गलकाेटका अध्यक्ष राजेन जिसिकाे सभापतित्याे गलकाेट नगरपालिकाका प्रमुख भरत शर्मा गैरेकाे प्रमुख आतिथियता गलकाेट नगरपालिकाका उप प्रमुख फमलाल निउरेकाे विशिष्ट आतिथियता संगै सरस्वती थापा केसीकाे स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमकाे संचालन अर्जुन चालिसेले गर्नु भएको थियाे।

No comments:

Post a Comment