पाण्डबखानीमा सर्वदलीय बैठक सम्पन्न ।
सुरेश छन्त्याल
गलकाेट नगरपालिका १० पाण्डबखानीमा सर्वदलीय बैठक सम्पन्न भएको छ।
स्थानीय तहकाे निर्वाचन लाई सफलता पुर्वक सम्पन्न गर्नका लागि ४ दलका प्रतिनिधि, जनप्रतिनिधि, उम्मेदवार, सायक मतदान अधिकृत दिलबहादुर वि.क, शाेभा आचार्य, प्रहरी सायक निरिक्षक कुमार मल्ल, पत्रकार सुरेश छन्त्याल लगाएतकाे सहभागिता रहेकाे बैठकमा नयाँ र पुराना परिचयपत्र वितरण, मतदातालाई सहज वातावरण व्यवस्थापन सम्बन्ध, एजेन्डकाे जिम्मेवारी लगाएत विषयमा छलफल गरिएको थियाे ।
कार्यक्रममा मतदान बुद (क) का मतदान अधिकृत सुजित पाैयालकाे अध्यक्ष संगै कार्यक्रमकाे संचालन मतदान बुद (ख) का मतदान अधिकृत कमलादेवि चालिसेले गर्नु भएको थियाे । मतदान केन्द्र पाण्डबखानी माध्यमिक विद्यालयमा रहेकाे र वैशाख ३० गते विहान ७ बजे देखि बेलुकी ५ बजेसम्म मतदान गर्न सकिने बुद क का अधिकृत पाैयालले जानकारी दिनु भयाे ।
No comments:
Post a Comment