Saturday, July 1, 2017

पर्वतमा पहिरोले घर पुरिँदा तीन जना बेपत्ता

पर्वत १८ असार
पर्वत जिल्लाको महाशिला गाउँपालिका १
होश्राङ्दीमा गएराती वर्षासँगै आएको पहिरोले घर
पुरीदा तीन जना वेपत्ता भएका छन् ।
साविकको होश्राङदी गाविस १ का ६३ वर्षिय
तीर्थबहादुर मल्लको घर बस्तीमाथिको डाँडाबाट
आएको पहिरोले पुरीएको हो । घर पुँरीदा मल्ल र उनकी
आमा ८० वर्षिया बेलकुमारी मल्ल र श्रीमती ५५
वर्षिय यमकुमारी मल्ल बेपत्ता भएको महाशिला
गाउँपालिकाका अध्यक्ष राजु पौडेलले जानकारी
दिनुभयो ।
घर माथिबाट आएको पहिरोले घर र गोठ पुरै परिएको
हो । वेपत्ता भएकाहरुको खोजी र उद्धारका लागि
इलाका प्रहरी कार्यालय हुवासबाट प्रहरी
निरिक्षकको नेतृत्वमा प्रहरी टोली घटनास्थलतर्फ
पठाइएको प्रमुख जिल्ला अधिकारी राजेश पन्थीले
जानकारी दिनुभयो ।
पहिरोले सोहि ठाउँका तीलबहादुर मल्लको गोठ समेत
पुरिएको छ । वर्षाले विभिन्न ठाउँको सडक समेत
अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

No comments:

Post a Comment