Friday, June 30, 2017

आॅगाखेतमा १ परिवार बिस्थापित

थम्मन थापा सन्देश ,गलकोट
गलकोट नगरपालिका ७ आॅगाखेतमा १ घर पहिरोको उच्च जोखिममा परेको छ । मल्म
पाण्डवखानी सडक खण्डको स्तरोन्नति गर्ने क्रममा घरलाई जोगाएर
ढुङगा माटो फालिएको भएपनि गएरातिको वर्षा र कुलोको ओभरफुल पानीले
सडक तल रहेको मन कुमारी चोखालको घरको पछाडी र
आसपास भरिएको छ ।
वर्षा पछि घरभित्र लेदो माटो समेत पसेको छ । आर्थिक अवस्था कमजोर
रहेकी चोखाल एकल महिला समेत हुनुहुन्छ । अहिले घरमा बस्न
जोखिम बढेपछि आज स्थानियको सहयोगमा सरसामान लत्ता कपडा सहित स्थानियकोमा
आश्रय लिईरहनु भएको छ । ९ वर्ष पहिले श्रीमानको निधन भएको र
सन्तान पनि नभएकी चोखालले आर्थिक सहयोग गरिदिन सबैमा अनुरोध
गर्नुभएको छ । हुलुवा खोलाको किनारमा रहेको घर देखि माथि सडक र सिचाई कुलो
भएकोले जुनकुनै बेला पहिरो खस्न सक्ने खतरा रहेको गलकोट नगरपालिका वडा नं ७
का अध्यक्ष सुवेदार टिका बहादुर थापाले जानकारी दिनुभयो । थापाले आजै
घरको स्थलगत अवलोकन गरि त्यहाॅको वस्तुस्थितिको बारेमा जानकारी
समेत लिनुभएको छ । घर माथिबाट खसेको ढुङगाले आडैमा रहेको गोठमा समेत क्षति
पुराएको छ । सडक स्तरोन्नतिको क्रममा सडक मुनी रहेको हुलुवा खोलामा
गएको ढुङगा माटो सहितको गेग्रेटे माटोको कारण खोलामा पानीको बहाब बढदा
बाढीको खतरा हुन सक्ने स्थानियले बताएका छन । वर्खायाम लागे सॅग

No comments:

Post a Comment