Thursday, June 29, 2017

घाम लागे काम नगर्ने नेपाल टेलिकमको टावरले ढोरपाटनका सेवाग्राहीलाई सास्ती

बागलुङ २०७४ असार १५ । बागलुङ जिल्लाको सुदूर
पश्चिममा रहेको पर्यटकीय महत्वको साविक बोवाङ
गाविसको ढोरपाटनमा नेपाल टेलिकमको टावरले
राम्रो काम नगरेपछी हजारौँ सेवाग्राहीले मोबाईल
टेलिफोन सेवा सहजरुपमा पाउन सकेका छैनन् । नियमित
सन्चार सम्पर्ककालागि ढोरपाटनमा घाम नलागोस
भनेर सूर्यदेवलाई प्रार्थन गर्नु पर्ने अवस्था रहेको छ ।
सुन्दा अचम्म लाग्ला, ढोरपाटनमा रहेको नेपाल
टेलिकमको टावर घाम लागे चल्दैन अर्थात काम गर्दैन
सूर्यास्त वा सूर्यको किरण (घाम)लाई बादलले ढोके
पछी टावरले काम गर्न थाल्छ ।
मुलुक कै एकमात्र शिकार आरक्ष रहेको ढोरपाटन,
पछिल्लो समय आन्तरिक एवं बाह्य पर्यटकहरुको चाप
बढ्दै गएकोले सन्चार सम्पर्क अतिनै महत्वपूर्ण रहेको छ ।
तर घाम लागे टावरले काम नगर्ने रोगलागे पछी
स्थानीयवासी त्यस्को समयमै उपचारका लागि नेपाल
टृलिकम कार्यालय बागलुङमा जोडदार माग गर्दै
आएका छन् । तर वषौँ वित्दापनि यस रोगको निदान हुन
नसकेको स्थानीयको गुनासो रहेको छ ।
ढोरपाटनमा शिकार आरक्षको कार्यालय सहित
नेपाली सेनाको हनुमानध्वज गुल्मपनि रहेको छ । शिकार
गर्न आउने विदेशी शिकारी टोलीहरु र भ्रमणमा दिनहुँ
पुगी रहने सयौँ पर्यटकहरु सन्चार सम्पर्कविहीन हुँदा निकै
सास्ती खेप्नु परिरहेछ ।
नेपाल टेलिकमका प्रमुख केशव शर्मा भन्छन्, ‘ढोरपाटनमा
भएको टेलिकमको टावर स्याटलाईट सम्पर्कबाट
सन्चालन हुने भएकोले समय समयमा समस्या आउने गरेको छ
।’
‘चर्को घाम लाग्यो भने स्याटलाईट सिस्टमले काम गर्दैन
। टेलिफोन सम्पर्क सहज हुनलाई कि बादल लाग्नु प-यो
कि राति नै हुन प-यो, प्रमुख शर्मा भन्छन् । उनले भने, २
हप्ता पहिले प्राविधक टोली समस्या बुझन ढोरपाटन
गएर फर्किएको छ । टावरमा देखिएका समस्या यहाँबाट
समाधान गर्न नसकिने भएकोले केन्द्रीय कार्यालयमा
मरम्मतका लागि माग गरिएको छ ।
आर्थिक वर्षको आखिरी महिना भएकाले केन्द्रबाट
टावर मर्मतका लागि प्राविधिक टोली आउने
निश्चितता नभएकोले अझै केहि समय ढोरपाटनवासीहरु
टेलिफोन सेवा लिन प्रतिक्षा गर्नुको बिकल्प देखिदैन ।
‘जिल्लाका अन्य भागहरुमा राखिएका टेलिकम टावर
जस्तै टावर किन ढोरपाटनमा राख्ने व्यवस्था भएन ?’
भन्ने प्रश्नमा प्रमुख शर्माले भने, ‘ढोर देउरालीमा टावर
राख्ने कुरा छ स्थानीय तहमा संझौता गरेर राख्ने
प्रयासमा छौँ ।’
टेलिकम कार्यालयका प्राविधिक केशव सापकोटाले,
‘बोवाङकै बिजौरेमा राखिएको जस्तो टेलिकमको
टावर एक दुई ठाउँमा राखेपछी ढोरपाटनमा टेलिफोन
सम्पर्क सहज हुने’ जानकारी दिए । ढोरपाटनमा
मोवाईलमा ३ जी सिस्टमले काम गर्दैन सीडीएमए मा
भने ३ जीको सुविधा लिन सकिने सापकोटाले
जानकारी दिए ।
ढोरपाटन जस्तो महत्वपूर्ण भूभागमा टेलिफोन सम्पर्क
सहज गराउन तर्फ सरोकारवाला निकाय संवेदनशील
नदेखिएको प्रति स्थानीय जनप्रनिधी एवं ढोरपाटन
नगरवासीको गुनासो रहेको छ ।
फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

No comments:

Post a Comment