Saturday, November 30, 2019

नेकपा सरकारका काण्डै काण्ड

सुरेश छन्त्याल`दर्पण´
गलकाेट नगरपालिका १० पाण्डबखानी,बागलुङ 
[  ] सुन काण्ड
३३ किलाे सुन काण्डका नामले चर्चित याे काण्डका अपराधीलाई पत्ता लगाउने हाैवा पिटेको अाेली सरकारले अहिलेसम्म सुन भने पत्ता लगाउन सकेकाे छैना । श्रृङखलाबद्ध हत्या निम्त्याएको सुन काण्डमा तीन जनाकाे ज्यान गयाे । ३३ किलाे सुन दुवई २०४७ मंसिरमा नेपाल भित्रिएकाे थियाे । माेरङका सनम शाक्यको २०७४ फागुन १८ गते करेन्ट लगाएर हत्या गरिएपछि मात्र घटना भाँगिएर बाहिर अायाे । याे काण्डकाे शिलशिलामा थाई एवरवेजका सानू वन र प्रेमलाल चाैधरीकाे समेत शंकास्पद मृत्यले ३३ किलाे सुन काण्ड रहस्यमयी बनेर अायाे। गृह मन्त्रालयका सह- सचिव ईश्वरराज पाैडेलकाे संयाेजकत्वकाे ९ सदस्यीय छानबिन समितिले सरकारलाई दिएको प्रतिवेदन सुन काण्डमा संलग्न सरकारी ठुला माछा समातिने डरले अाज सम्म सार्वजनिक गर्न सकेको छैना । यसबाट उक्त ३३ किलाे सुन काण्डमा सरकारी उच्च पदस्थहरुकै संलग्नता छ भन्ने अाम जनताले अासंका गरेका छन् । 
[  ] सिण्डीकेट काण्ड
लामाे समयदेखि सिण्डीकेटकाे मारले समस्या वेहाेदै अाएका जनतालाई हाैस्याउने गरि केपी अाेली नेतृत्वको सरकारले सिण्डीकेट अन्त्य गर्ने घाेषणा गर्याे । सवारी तथा यातायात व्यवस्था एेन २०४९ले सिण्डीकेटलाई कानुनी मान्यता दिएकाे नभए पनि सरकारले यातायात व्यवस्थापन कार्यविधि निर्देशिका ल्याएर २०७४ चैत १८ गते सिण्डीकेट हटाउने निर्णय गर्याे । अनिवार्य रुपमा २०७५ अनुसार मसान्तभित्र समितिहरु कम्पनी एेन अन्तर्गत दर्ता गर्नुपर्ने प्रावधान ल्याएपछि विभिन्न रुटमा प्रतिस्पर्धा हुने र जनताकाे सास्तीमा कमी अाउने अपेक्षा गरिएको थियाे । तर व्यवसायीसंगकाे मिलेमतोमा सरकारी संरक्षणै अाजसम्म पनि सिण्डीकेट हटाएकाे छैना । नागरिककाे सास्ती जस्ताकाे त्यस्तै छ ।
[  ] निर्मला हत्या काण्ड 
काठमाडौंकाे लाजिम्पाटका नमिता,सुनिता र निरा २०३८ साल जेठ १८ गते पाेखरा घुम्न गएका वेला २४ गते एकाएक दुई दिदिबहिनी हराए पाँच दिन पश्चात नमिता र ९ अाै दिनमा सुनिताकाे शव सेती नदिकाे किनारमा देखियाे । उनीहरुकाे बलत्कारपछि हत्या भएको अाशंका स्थानीयले गरेका थिए । तर बल्त्कारी हत्यारा पत्ता लगाउन प्रहरीले अनुसन्धान थाल्दा तत्कालीन शासनसंग नजिक भएका ठुलावडा व्याक्ति संलग्न भएको संकेत देखिएपछि अपराधी पत्ता नलगाइ अनुसन्धान भयाे।
यस्ता धेरै काण्डै काण्ड छन्। जस्तै 
अस्पतालमा गाेली काण्ड (केसीकाे अनसन)
१. सन्नी खुन्ना काण्ड
२. उपकुलपति (भिसी)काण्ड
३. ठेक्कापट्टा काण्ड
४. हाेली वाइन काण्ड
५. वाइडवडी र नेराेवडी काण्ड
६. अन्तर्राष्ट्रिय सम्बन्ध/भेनेजुएला काण्ड
७. समर्थन फिर्ता 
८. बालुवाटार काण्ड
९. विधेयक काण्ड
१०. अाेलीकाे बाेली
११. गुठी काण्ड
१२. मिडिया विधेयक काण्ड
१३. लाेकसेवा काण्ड
१४. वजेट काण्ड
१५. सर्लाही काण्ड
१६. विषादी काण्ड
१७. अाइफा काण्ड

साभार:- नैनसिंह महर

Friday, November 22, 2019

गलकोट घुम्टे महोत्सवमा टेलिकमको निशुल्क फोर जी सिम साट्ने सकिने ।

थम्मन थापा बागलुङ मंसिर ६
नेपाल टेलिकमले चौंथो पुस्ताको फोर जी सेवा अहिले ७ वटै प्रदेशको शहर देखि गाउँसम्म विस्तारको क्रमलाई तिव्रता दिएको छ । टेलिकमले धौलागिरीको बागलुङ, पर्वत, म्याग्दी र मुस्ताङका सदरमुकाम सहित ग्रामिण क्षेत्रमा पनि फोर जी सेवा विस्तार कार्यलाई तिव्रता दिएको नेपाल टेलिकमले जनाएको छ । यसैबिच टेलिकमले फोर जी के हो ? यसबाट के के सुविधा लिन सकिन्छ ? यो कसरी सुचारु गर्न सकिन्छ ? लगायतका विभिन्न फोर जी सँग सम्वन्धित विषयवस्तु अनि नेपाल टेलिकमका सेवा सुविधाहरुको विषयमा जानकारी दिन दोस्रो गलकोट घुम्टे महोत्सवमा आज बाट ईन्स्टल सञ्चालन गरिएको छ । 
गलकोट नगरपालिका २ थानामा रहेको नेपाल टेलिकमको नमस्ते मोवाईल टावरबाट केहि समय पहिले देखि उच्च गतिको अत्याधुनिक प्रविधिको फोर जी सेवा सञ्चालनमा ल्याएको छ । अहिले गलकोट क्षेत्रका अधिकांश भु-भागमा फोर जी सेवा उपयोग गर्न सकिन्छ । अब निकट भविष्यमा अन्य स्थानका टावरहरुमा क्रमश बिटिएस र एण्टेना जडान गर्ने कार्य भईरहेको नेपाल टेलिकम बागलुङका प्रमुख तथा वरिष्ठ ईन्जिनियर केशव शर्माले जानकारी दिनुभयो । ग्रामीण क्षेत्रका उपभोक्तालाई लक्षित गरि पुराना फोर जी सपोर्ट नगर्ने सिमकार्ड निशुल्क परिवर्तन गरिदिने, विभिन्न प्याकेज, सेवा सुविधाबारे जानकारी गराउन दोस्रो गलकोट महोत्सवमा नेपाल टेलिकमले ईन्स्टल सञ्चालनमा ल्याईएको प्रमुख शर्माको भनाई छ । नेपाल टेलिकमको कार्यालयमा जान सम्भव नहुने उपभोक्ताहरुलाई सहजता प्रदान गर्ने मुख्य उद्येश्य रहेको शर्माले बताउनु भयो ।
नेपाल टेलिकमको नमस्ते मोवाईल प्रयोगकर्ताले उक्त ईन्स्टलबाट आफनो पुरानो सिमकार्ड सँग फोर जी सिम निशुल्क साट्न पाउने छन । टेलिकमले यो सुविधा आज र भोली २ दिन उपलब्ध गराउने छ । सम्पुर्ण फोर जी सपोर्ट नगर्ने सिमकार्ड प्रयोगकर्तालाई टेलिकमले दोस्रो गलकोट महोत्सवको ईन्स्टलबाट यो सुविधा लिन अपिल समेत गरेको छ ।

समग्र बागलुङको समृद्धिको लागी सबै तहका सरकार वीच स

दोस्रो गलकोट घुम्टे महोत्सबको अबसरमा आज दोश्रो दिन बिबिध प्रतियोगितात्मक तथा सास्कृतिक कार्यक्रम सम्पन्न् भएको छ । मेलाको अबसरमा बोल्दै निसिखोला गाँउपालिकाका प्रमुख तारानाथ पौडेलले संबिधानको निर्माण देशको समृद्धिको लागी बनाईएको बताउनुभयो । उहाँले देशको समग्र बिकास र समृद्धिको लागी तीन तहको सरकार निर्माण गरि टोलटोलमा जनताको प्रतिनिधी आएको बताउनुभयो । 
कार्यक्रमको प्रमुख अतिथी समेत रहनुभएका पौडेलले समृद्धिको लागी समग्र जिल्लाका पर्यटकिय क्षेत्रको प्रर्वधन गर्नुपर्ने बताउनुभयो । उहाँले स्थानिय उत्पादनलाई बढाएर उत्पादित बस्तुहरु नियात गर्नुपर्ने बताउनुभयो । अन्तरपालिका बिच सहकार्य गरि अगाडि बढ्न निसिखोला गाँउपालिका तयार रहेको बताउनुभयो । सबै क्षेत्रको बिकास र समृद्धिको लागी हातेमालो गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । 
मेलामा गलकोट कला प्रतिष्ठानका अध्यक्ष क्यापटेन पुर्ण बहादुर रानाले शुभकामना मन्तब्य राख्नुभएको थियो । गलकोट क्षेत्रको पर्यटकीय क्षेत्रको प्रचारप्रसार गरि पर्यटन प्रबर्धन गर्ने लक्ष्यका साथ सुरु भएको दोश्रो गलकोट घुम्टे महोत्सबको दोश्रो दिन आज भेन पब्लीक स्कुल मैत्रिपुर्ण दौड प्रतियोगिता सम्पन्न् गरिएको हो । १४ जना को सहभागिता रहेको मैत्रिपुणै दौड गलकोट नगरपालिकाको कार्यालय गलकोट नगरपािलका वडा नम्बर ६ बाट सुर भई ताराखोला गाँउपालिका वडा नम्बर २ अर्गलको भातखाने डाँडा सम्म सञ्चालन भएको थियो । प्रतियोगितामा उत्त दुरी १ घण्टा ३ मिनेटमा पुरा गरि काठेखाला गाउपालिका वडा नम्बर ३ रेशका नरबहादुर कार्की प्रथम हुनुभएको छ भने १ घण्टा ८ मिनेटमा ताराखोला गाँउपालिका केन्द्र पुग्दै गलकोट नगरपािलका ६ ठुलाथरका बिशाल बिक दित्तिय हुनुभएको छ ।१ घण्टा ११ मिनेटमा पुग्नुभएका गलकोट नगरपालिका ३ का गुञ्ज बहादुर नेपालि तृतिय हुदाँ १ घण्टा १७ मिनेटमा पुग्नुभएका गलकोट नगरपालिका ३ का बिश्व खत्री सान्त्वना हुनुभएको सचिबालय सममिति सदस्य हर्कबहादुर पाण्डेले जनकारी दिनुभयो ।त्यस्तै १ घण्टा १९ मिनेटमा पुग्नुभएका ताराखोला गाँउपालिका वडा नम्बर ३ का पुर्ण बगाले सान्त्वना हुनुभएको छ । १४ जना सहभागि मध्ये प्रतियोगिताको नियम अनुसार ९ जना खेलमा सहभागि भएको आयोजकले जनाएको छ । दौड प्रतियोगिताको गलकोट नगरपालिकाका नगर प्रमुख भरत शर्मा गैरेले रिबन काटेर उद्घाटन गर्नुभएको थियो भने ताराखोला गाउापािलका अध्यक्ष प्रकाश घर्तिले गाउपालिका केन्द्रमा धावकलाई स्वागत गर्नुभएको थियो । दोश्रो दिनको कार्यक्रममा गलकोट नगरपालिका ६ ठूलाथरको ठाडो भाका र गलकोट नगरपालिका ११ रिघाको सती घाटू प्रस्तुत गरिएको थियो । यसैबिच आजै सम्पन्न चित्रकला प्रतियोगितामा शिब माद्यमिक बिद्यालयका स्नेहा सापकोटा प्रथम, चौराह माध्यमिक बिद्यालयका लिला श्रीस दित्तिय र जनजागृति माध्यमकि विद्यालयका अर्जुन राई तृतिय भएको उत्त कार्यक्रमका सयोजक सुरेन्द्र छन्तेलले जनाकारि दिनुभयो । कार्यक्रममा जनाबादी गायक जीवन शर्मा तथा कलाकार बैकुण्ठ महत ,रिना केसी ,कृष्ण केसीले प्रस्तुति दिएका थिए । महोत्सवको तेस्रो दिन धुर्मुस सुन्तलीको बिशेष प्रस्तुति संगै बिबिध खेलकूद तथा सास्कृतिक कार्यक्रम संचालन हुने आयोजकले जनाएको छ ।
कार्यक्रम गलकोट घुम्टे विकास केन्द्रका अध्यक्ष झकबहादुर बस्नेतको अध्यक्षतामा संपन्न भएको थियो । 

Sunday, November 17, 2019

अाठ वर्षिय राेशनी घर्ती मगरलाई ब्रेन टुमुमरसुरेश छन्त्याल/काठमाडौ

अाठ वर्षिय राेशनी घर्ती मगरलाई ब्रेन टुमुमर
सुरेश छन्त्याल/काठमाडौ
मंसिर/१,अाइतबार
बागलुङको गलकाेट नगरपालिका १० पाण्डबखानी माध्यमिक विद्यालय कक्षा ३ मा अध्यानरत ८ वर्षिय राेशनी घर्ति मगर लाई एक्कासी ब्रेन टुमुमर भन्ने खतरात्मक राेग लागे पछि काठमाडौंको टिचिङ अस्पतालमामा भर्ना गरिएकाे छ। उनलाई सुरुमा टाउको दुख्ने गरेपछि उपचारका लागि हटिया लिने जैजाने गरेकाे त्यसपछि उपचार गराउदा ठुलै राेग लागेकाे थापा पाएपछि काठमाडौ लिएकाे घरपरिवारले जानकारी दिनुभएको छ। उनलाई अस्पतालमा भर्ना गरेकाे १८ दिन र अफ्रेशन गरे १ हप्ता भयाे । उनका मामा रमु भुझेलका अनुसार राेशनीलाइ न्युराे सर्जरी डाक्टर सुशील सिल्पकारले गरेकाे उनका भनाइ अनुसार पहिले भन्दा अलि सुधार भएको अबकाे ५/६ दिनमा दिजार्च गर्ने र उनलाई क्यान्सर भैसकेको डाक्टरले बताए । उनी अहिले अस्पतालकाे ४६ नम्बर बेदमा छट्पटाइ रहेका छन्। त्यस्तै सहयोगकाे अपिल गरेपनि सहयोग भने केही अाएकाे छ । र सहयोग गर्छु भन्ने मात्र भनेका छन् तर पैसा अाएकाे छैना अहिले सम्म साडे ३ लाख जति खर्च भैसक्याे उपचारका लागि पाण्डबखानीबाट मात्र १ लाख उठिसकेकाे उनका मामा बुझेलले बताउनुभयो । याे कुरा सुन्दा उनकी अामा सनिशा घर्ती २/३ पटक मुर्सा परेकाे उनकाे श्रीमान पनि नभएको यदि उनी राेशनीलाइ भेट्न र सहयोग गर्ने चाहानुहुने महानुभावहरुले यश नम्बर र समयमा सम्पर्क राख्न सक्नुहुने छ।
 उनकाे मामा , रमु भुझेल:- 9866671414
भेट्ने समय
विहान :- ७:३०/८
दिउसो :- २:३०/८
बेलुकी :- ७:३०/८