Friday, November 22, 2019

समग्र बागलुङको समृद्धिको लागी सबै तहका सरकार वीच स

दोस्रो गलकोट घुम्टे महोत्सबको अबसरमा आज दोश्रो दिन बिबिध प्रतियोगितात्मक तथा सास्कृतिक कार्यक्रम सम्पन्न् भएको छ । मेलाको अबसरमा बोल्दै निसिखोला गाँउपालिकाका प्रमुख तारानाथ पौडेलले संबिधानको निर्माण देशको समृद्धिको लागी बनाईएको बताउनुभयो । उहाँले देशको समग्र बिकास र समृद्धिको लागी तीन तहको सरकार निर्माण गरि टोलटोलमा जनताको प्रतिनिधी आएको बताउनुभयो । 
कार्यक्रमको प्रमुख अतिथी समेत रहनुभएका पौडेलले समृद्धिको लागी समग्र जिल्लाका पर्यटकिय क्षेत्रको प्रर्वधन गर्नुपर्ने बताउनुभयो । उहाँले स्थानिय उत्पादनलाई बढाएर उत्पादित बस्तुहरु नियात गर्नुपर्ने बताउनुभयो । अन्तरपालिका बिच सहकार्य गरि अगाडि बढ्न निसिखोला गाँउपालिका तयार रहेको बताउनुभयो । सबै क्षेत्रको बिकास र समृद्धिको लागी हातेमालो गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । 
मेलामा गलकोट कला प्रतिष्ठानका अध्यक्ष क्यापटेन पुर्ण बहादुर रानाले शुभकामना मन्तब्य राख्नुभएको थियो । गलकोट क्षेत्रको पर्यटकीय क्षेत्रको प्रचारप्रसार गरि पर्यटन प्रबर्धन गर्ने लक्ष्यका साथ सुरु भएको दोश्रो गलकोट घुम्टे महोत्सबको दोश्रो दिन आज भेन पब्लीक स्कुल मैत्रिपुर्ण दौड प्रतियोगिता सम्पन्न् गरिएको हो । १४ जना को सहभागिता रहेको मैत्रिपुणै दौड गलकोट नगरपालिकाको कार्यालय गलकोट नगरपािलका वडा नम्बर ६ बाट सुर भई ताराखोला गाँउपालिका वडा नम्बर २ अर्गलको भातखाने डाँडा सम्म सञ्चालन भएको थियो । प्रतियोगितामा उत्त दुरी १ घण्टा ३ मिनेटमा पुरा गरि काठेखाला गाउपालिका वडा नम्बर ३ रेशका नरबहादुर कार्की प्रथम हुनुभएको छ भने १ घण्टा ८ मिनेटमा ताराखोला गाँउपालिका केन्द्र पुग्दै गलकोट नगरपािलका ६ ठुलाथरका बिशाल बिक दित्तिय हुनुभएको छ ।१ घण्टा ११ मिनेटमा पुग्नुभएका गलकोट नगरपालिका ३ का गुञ्ज बहादुर नेपालि तृतिय हुदाँ १ घण्टा १७ मिनेटमा पुग्नुभएका गलकोट नगरपालिका ३ का बिश्व खत्री सान्त्वना हुनुभएको सचिबालय सममिति सदस्य हर्कबहादुर पाण्डेले जनकारी दिनुभयो ।त्यस्तै १ घण्टा १९ मिनेटमा पुग्नुभएका ताराखोला गाँउपालिका वडा नम्बर ३ का पुर्ण बगाले सान्त्वना हुनुभएको छ । १४ जना सहभागि मध्ये प्रतियोगिताको नियम अनुसार ९ जना खेलमा सहभागि भएको आयोजकले जनाएको छ । दौड प्रतियोगिताको गलकोट नगरपालिकाका नगर प्रमुख भरत शर्मा गैरेले रिबन काटेर उद्घाटन गर्नुभएको थियो भने ताराखोला गाउापािलका अध्यक्ष प्रकाश घर्तिले गाउपालिका केन्द्रमा धावकलाई स्वागत गर्नुभएको थियो । दोश्रो दिनको कार्यक्रममा गलकोट नगरपालिका ६ ठूलाथरको ठाडो भाका र गलकोट नगरपालिका ११ रिघाको सती घाटू प्रस्तुत गरिएको थियो । यसैबिच आजै सम्पन्न चित्रकला प्रतियोगितामा शिब माद्यमिक बिद्यालयका स्नेहा सापकोटा प्रथम, चौराह माध्यमिक बिद्यालयका लिला श्रीस दित्तिय र जनजागृति माध्यमकि विद्यालयका अर्जुन राई तृतिय भएको उत्त कार्यक्रमका सयोजक सुरेन्द्र छन्तेलले जनाकारि दिनुभयो । कार्यक्रममा जनाबादी गायक जीवन शर्मा तथा कलाकार बैकुण्ठ महत ,रिना केसी ,कृष्ण केसीले प्रस्तुति दिएका थिए । महोत्सवको तेस्रो दिन धुर्मुस सुन्तलीको बिशेष प्रस्तुति संगै बिबिध खेलकूद तथा सास्कृतिक कार्यक्रम संचालन हुने आयोजकले जनाएको छ ।
कार्यक्रम गलकोट घुम्टे विकास केन्द्रका अध्यक्ष झकबहादुर बस्नेतको अध्यक्षतामा संपन्न भएको थियो । 

No comments:

Post a Comment