हिमपातले राेकिएकाे सामाजिक सुरक्षा भत्ता वितरण ।
सुरेश छन्त्याल/ गलकाेट
गलकोट नगरपालिका वडा नं १० पाण्डवखानीमा
सामाजिक सुरक्षा भत्ता वितरण सम्पन्न भएको छ । प्रभु बैङ्क गलकोटद्वारा सामाजिक सुरक्षा भत्ता वितरण भएको हाे। सामाजिक सुरक्षा भत्ता हिजाे गलकोट नगरपालिका वार्ड नं १० पाण्डवखानीको रमुवामा वितरण गरिएको थियाे, भने आज वडा कार्यालयमा वितरण गरिएको वडा सचिव ठाकुर तिमिल्सिनाले जानकारी दिनुभयाे।
उक्त सामाजिक सुरक्षा भत्ता माघ २१ गते वितरण गर्ने भनियता पनि बढी हिमपात भएको कारण आज वितरण गरिएको वडा अध्यक्ष तिलक घर्तिले जानकारी दिनुभयाे। भत्ता वितरण कार्यक्रममा वडा अध्यक्ष तिलक घर्ति, वडा सदस्य रामप्रसाद वि.क, वडा सचिव ठाकुर तिमिल्सिना, प्रभु बैंक गल्कोटका कर्मचारी युवराज पुलामी मगर, शिब प्रसाद आचार्य, सुरक्षा कार्ड खिमबहादुर मल्ल लगायतको सहभागिता रहेको थियो। ज्येष्ठ नागरिक, दलित , एकल महिला , पूर्ण अशक्त , पूर्ण अपांग ,दलित बालबालिका गरि जम्मा ३३८ जनालाई ३४ लाख वितरण भएको प्रभु बैङ्क गलकोट सुरक्षा कार्ड खिमबहादुर मल्लले जानकारी दिनु भयाे।
No comments:
Post a Comment