पाण्डबखानीमा ५ विद्यालयलाइ कपडा वितरण सम्पन्न
दिप घर्ति/ गलकाेट
गलकाेट नगरपालिका १० पाण्डबखानीमा रहेका ५ विद्यालयहरुमा न्यानाे कपडा वितरण कार्यक्रम सम्पन्न भएको छ । सानाे पाइला अभियानमा हातेमालाे हुनेले दिएर जाऔं नहुनेले लिएर जाऔं भन्ने नाराका साथ अभियानकाे सुरुवातमा गलकाेट नगरपालिका १० पाण्डबखानी अन्तरगत ५ विद्यालयमा ७५ र दाेरपाटन नगरपालिका अन्तर्गत लुकुरबन माविमा १० गरि जम्मा ८५ पिस कपडा वितरण गरिएकाे अभियानका सह- संयाेजक सुरेश छन्त्यालले जानकारी दिनुभएकाे छ । साथै उहाले हाम्रो अभियान निरन्तर चलिरहने हुदा छिट्टै यश अभियानलाई आधिकारिक रुपमा कम्पनी दर्ता गरि संचालन गर्ने र यस्तै विभिन्न क्षेत्रमा सहयोग गर्ने तयारी रहेकाे छन्त्यालले बताउनु भयाे। कार्यक्रममा सम्पुर्ण शिक्षकहरुकाे प्रतिनिधित्व गर्दै नविन भावुक, वरिष्ठ समाजसेवी तथा विद्यालय व्यवस्था समितिका अध्यक्ष मानसिह छन्त्याल, कमला थापा, वडा सदस्य रामप्रसाद वि.क लगाएतले मन्तव्य राखेका थिए । मन्तव्य राख्दै सामान्य चिया गफबाट सुरुवात गरेकाे अभियानले आज ठुलाे कार्य गरेकाे र महान कार्य थालनीकाे सफलताकाे शुभकामना व्यक्त गर्दै आगामीदिनमा यस्ता कार्य निरन्तरता दिन र आफ्नो स्थानबाट सहयाेग गर्ने र गर्न आग्रह समेत गरेका थिए । कार्यक्रममा वडा सचिब ठाकुर तिमिल्सिना, पशु प्राविधिक शिव आचार्य, बाल मैत्री सहजकर्ता रामु शाहि, ५ विद्यालयका प्र.ह, जनप्रतिनिधि, विद्यालय व्यवस्था समितिका प्रतिनिधि, अभियानका सदस्य तथा घुम्टे साँस्कृतिक तथा प्राकृतिक संरक्षण मञ्चका सचिव दिप घर्ति लगाएतकाे सहयोगितामा भएको कार्यक्रमकाे संचालन अभियानका सदस्य ज्ञान श्रीसले गर्नु भएको थियाे ।
No comments:
Post a Comment