Monday, January 10, 2022

पाण्डबखानी मा वि मा शिक्षक पुनतार्जकिकरणको उद्घाटन

पाण्डबखानी मा वि मा शिक्षक पुनतार्जकिकरणको उद्घाटन
इश्वर सुवेदी/ सुरेश छन्त्याल
गल्कोट नगरपालिका १० पाण्डबखानी मा वि मा शिक्षक पुनतार्जकिकरणको उद्घाटन भएको छ।
गल्कोट नगरपालिका वाड  न १० पाण्डवखानी को आयोजना र  सि आइ टि इ ईन्टरनेशनल को सहजीकरण मा वडा भित्र का ६ वटा विद्यालय का प्राथमिक तहका शिक्षक हरुका लागि आज देखि सुरु भै पौष ३० सम्म सन्चालन हुने  गरि  मन्टेश्वरी विधि मा आधारित शिक्षक पुनर्ताजकिकरण कार्यक्रमको आज पाण्डबखानी माध्यमिक विद्यालयमा उद्घाटन गरियको छ ।कार्यक्रम को उद्घाटन गर्दै गल्कोट नगरपालिका का नगर प्रमुख भरत शर्मा गैरेले बालबालिका हरुलाइ २१ औ सताब्दिको शिक्षा प्रणाली अनुसार  बालमैत्री अनुकुल वातावरणमा  शिक्षा दिनु पर्ने बताउनु भयो । शिक्षण सिकाइ को उत्कृष्ट प्रविधि मध्य को मन्टेश्वरी प्राविधि द्वारा बालबालिका हरुलाइ शिक्षा दिनु पर्ने भन्दै शिक्षक हरुको विद्यार्थी केन्द्रित विधि द्वारा शिक्षण सिकाइ विधि अपनाइ असल र सीप युत्त शिक्षक निर्माणमा यस कार्यक्रम ले  सहयोग गर्ने बताउनु भयो ।
कार्यक्रम मा गण्डकी थापा अधिकारि प्रशिक्षक उत्तम दाहाल ले शुभकामना मन्तव्य राख्नु भयको थियो ।
कार्यक्रम मा करिव ४० जना सहभागी शिक्षक हरुलाइ प्रशिक्षक उत्तम दाहाल र सोनि पौडेल तामाङ ले सहजीकरण गर्नु भयको थियो
कार्यक्रम गल्कोट नगरपालिका वडा न १० का अध्यक्ष तिलक घर्ती मगर को अध्यक्षता चन्द्र कुमारी श्रीस को स्वागत र पाण्डबखानी माध्यमिक विद्यालय का प्रधानध्यापक नर बहादुर सुनार नवीन को सन्चालन मा सम्पन्न भयको थियो ।

No comments:

Post a Comment