Sunday, January 2, 2022

नेपाल मगर संघको तयारी बैठक सम्पन्न भएको छ

नेपाल मगर संघको तयारी बैठक सम्पन्न भएको छ
नेपाल मगर संघ केन्द्रिय समितिकाे बैठक सम्पन्न छ । समितिद्वारा यश वर्ष पनि मगरहरुको महान सांस्कृतिक चाड माघे संक्रान्ती पर्व टुडिखेलमा यहि माघ १ गते मनाउने भएको छ । उक्त कार्यक्रम आयोजना गर्नका लागि आज तयारी बैठक समेत सम्पन्न भएको छ ।  कार्यक्रममा केन्द्रिय समितिका सम्पुर्ण पदाधिकारीहरु, केन्द्रीय सदस्यहरु, सम्पुर्ण भातृ सस्थाका अध्यक्षहरु, प्रदेश समिति, जिल्ला अध्यक्षहरु आवद्ध संस्थाका अध्यक्षहरु लगायतकाे उपस्तिथित रहेकाे थियाे । 
नेपाल मगर संघका केन्द्रिय अध्यक्ष नवीन रोका मगरले औपचारिक कार्यक्रमको अध्यक्षता गर्नु भएको थियोे, भने कार्यक्रमकाे संचालन संघका महासचिव ज्ञानेन्द्र पुन मगरले गरेका थिए । मगर संघका भातृ संस्थाका अध्यक्ष तथा पदाधिकारीहरु तथा प्रतिनिधिहरुको उपस्थितमा मगरहरुको सांस्कृतिक पर्व माघे संक्रान्ती भब्य र सभ्य रूपमा सम्पन्न गर्ने संघले व्यापक छलफल गरेकाे साथै मगर समुदायमा रहेकाे विभिन्न अर्गानिक खानाका प्रकार,  आफ्नै भेषभुषा, भाषा, सांस्कृतिक परम्परागत अनुसार माैलिक नाच गान प्रस्तुति संगै चेलीलाई पुज्ने कार्यक्रम र विभिन्न स्थलहरुमा मगर खानाका प्रकारहरु राख्ने नेपाल मगर युवा संघका केन्द्रिय उपाध्यक्ष गगन पुन मगरले जानकारी गराए । त्यस्तै मगर समुदायको सांस्कृतिक पर्व माघे संक्रान्ती सफलता पुर्बक सप्पन्न गर्ने आजको बैठकले संघले आपनो भातृ संगठन विभिन्न जिम्मेवारी बाड् फाद गरेको छ ।
केन्द्रीय स्तरकाे कार्यक्रम काठमाडौंकाे टुडिखेलमा गर्ने भएको छ । मगर उत्थान समाज गंगबु काठमाडौका अध्यक्ष चन्द्र बहादुर थापा मगरको संयोजकत्व मगर झाकी र र्यालि ब्यबस्थापन साथै भृकुटीमण्डपमा देखि र्यालि सुरु भै टुडिखेल एक राउन परिक्रमा गरि कार्यक्रम स्थलमा प्रवेश गर्ने छ ।

No comments:

Post a Comment