गलकाेटमा ५ दिने कुखुरा पालन तालिम सुचारु
सुरेश छन्त्याल/ गलकाेट
गलकाेट नगरपालिका ३ हटियामा फरक क्षमता भएका व्यक्तिहरुकाे लागि आज देखि कुखुरा पालन सम्बन्धि ५ दिने तालिम सुचारू भएको छ । तालिमको उट्घाटन गर्दै गलकाेट नगरपालिका का मेयर भरत शर्मा गैरेले अपांगता भएका व्यक्तिहरु पनि सपाङ्ग सर्ह जिउनका लागि उत्तिकै अधिकार रहेकाे भन्दै तालिममा सिकाइएका सीप ज्ञानहरु व्यावारमा लिन र आफ्नो टाेल, छिमेक, समाज र समुदायमा तालिममा लिएका कुराहरु जानकारी गराउन अनुरोध गर्दै कार्यक्रमकाे सफलताको शुभकामना व्यक्त गर्नु भएको थियाे । त्यस्तै गलकाेट नगरपालिकाकि उप प्रमुख तथा यश कार्यक्रमका विशिष्ट अथिति रेनुका काउचाले फरक क्षमता भएका व्यक्तिहरु संग पनि उत्तिकै क्षमता र कला रहेकाे र उनीहरुले त्याे स्थान नपाएर ओझेलमा परेकाे भन्दै यश तालिमकाे व्यवस्थापन वातावरण मिलाएकाे र आगामीदिनमा अझै फरक तालिमकाे व्यवस्थापन गर्न नगर स्तरीय अपांग संजाल गलकाेटका सचिव सुरेश छन्त्याललाई अनुरोध गर्दै आगामीदिनमा पनि नगरपालिकाकाे हरदम सहयोग रहने प्रद्धिबद्धता गर्नु भयाे। गलकाेट नगर स्तरीय अपांग संजालका उपाध्यक्ष खिमलालकाे सभापति गलकाेट नगरपालिका का मेयर भरत शर्मा गैरेकाे प्रमुख आथितियतामा भएको तालिममा बरेङ गाउँपालिका, बडिघाड गाउँपालिका र गलकाेट नगरपालिकाबाट अपाङ्ग भएका व्यक्ति तथा अपाङ्ग भएका सदस्यहरु गरि २० जनाकाे सहभागीता रहेकाे छ। तालिम कृषि तथा पशु पंछि गलकाेट नगरपालिकाका प्रमुख हरित्त शर्मा, ग्रामीण स्वास्थ सुधार परियाेजना fair med byc बागलुङका फिल्थ सुपर भाइजर वियम नारायण भारि, सायहक बलराम अधिकारी, फिल्थ सुपर भाइजर राजेन सुवेदी लगाएतले प्रशिक्षण दिनुहुने छ। गलकाेट नगरपालिका नगर कार्यपालिकाकाे कार्यालय गलकाेटकाे आयाेजना र ग्रामीण स्वास्थ सुधार परियाेजना fair med byc बागलुङको सहयाेगमा कार्यक्रम संचालन भएको छ। अपांग परिचय पत्र वितरण गलकाेटका संयाेजक पिदम घर्तिकाे स्वागत मन्तव्य संगै नगर स्तरीय अपांग संजाल गलकाेटका उपाध्यक्ष गुंन्ज खत्रीकाे संचालन रहेकाे थियाे ।
No comments:
Post a Comment