सुरेश छन्त्याल/ गलकाेट
गलकाेट नगरपालिका १० पाणडबखानीमा केन्द्रीय लाइन प्रसारण हुन बाकि रहेकाे कार्यलाइ निरन्तरता दिने क्रममा नेपाल बिद्धुत प्राधिकरण बागलुङ वितरण केन्द्रका प्रमुख तथा ईन्जिनियर दिलिप मरासिनी लगाएतका टाेलि तथा गलकाेट नगरपालिका १० पाण्डबखानीका वडा अध्यक्ष तिलक घर्ती, वडा सचिव ठाकुर तिमिल्सिना, वडा सदस्य धनबहादुर थापा, रामप्रसाद वि.क, पत्रकार सुरेश छन्त्याल, पाण्डखानीका पशु प्राविधिक शिब आचार्य लगाएतका टाेलिले गलकाेट नगरपालिका वडा नं १० मा विद्धुतिकरण सम्बन्धमा सहजिकरण गर्दै वडा कार्यालय नजिक र सुनपानीमा रहेकाे ट्रास्मिटर अब २/३ दिन भित्र चार्ज गरि लाइन प्रसारण गर्ने तयारी रहेकाे र त्यस प्रस्ताव लगत्तै पाण्डबखानीकाे रमुवामा पनि छिट्टै प्रसारण गर्ने तयारीका साथ बिचबिचमा विद्धुतकाे तार र पाेल राख्ने काम भैरहेको साथै मिटर बक्सकाे लागि फम भरिसकेका हरुकाे मिरट वडा कार्यालयमा रहेकाे र मिटर बक्स लग्न छुटाउनु भएका ग्राहक महानुभवाहरु वडा कार्यालयमा सम्पर्क राख्न समेत अनुरोध गदै फम नभरेकाहरुले तत्कालै फम भर्न वडा अध्यक्ष तिलक घर्तिले आग्रह समेत गर्नु भएको छ।
याे भन्दा अघि केहि घरहरुमा जडान भईसकेकाे र लाइन पनि प्रसारण भएकाे छ ।
No comments:
Post a Comment