चाैरासी पुजा बापत लछुमन पुनद्धारा अक्षयकाेष स्थापना ।
सुरेश छन्त्याल/ गलकाेट
गलकाेट नगरपालिका १० पाण्डबखानी माध्यमिक विद्यालयमा अक्षयकोष स्थापना कार्यक्रम सम्पन्न भएको छ। गलकोट नगरपालिका-१० पाण्डवखानी अन्तर्गत ढुंगिल निवासी वि.सं. १९९१ पौष २९ गते जन्मी हाल बेलायतमा कर्मथलाे बनाउदै आउनु भएका हवल्दार लछुमन पुनले आफ्नो चौरासी पूजा बापतको खर्च रकम श्री पाण्डवखानी माध्यमिक विद्यालयमा अध्ययनरत कुनै २ जना विपन्न तथा जेहेन्दार विद्यार्थीलाई वार्षिक रुपमा छात्रवृति प्रदान गर्ने उद्देश्यका साथ एक लाख चौरासी स्वयम् लछुमन पुन र श्रीमती ललिता पुन संस्थापक भई अक्षयकोष स्थापना गर्नु भएको छ । शिक्षाको महत्त्व बुझी विपन्न विद्यार्थीहरूको शिक्षा आर्जनमा थप सहजता ल्याउन र असल नागरिकका रुपमा समाज सेवामा लाग्न प्रेरित गर्ने उदेश्यका साथ आफुले विद्यालयमा अक्षयकोष स्थापना गरेकाे उनै ८४ वर्षिय लछुमन पुनले जनाउनु भयाे । त्यस्तै साेहि कार्यक्रममा वहाँका जेष्ठ सुपुत्र सुवेदार लोककुमार पुनबाट रू ५,०००/-, माइलो सुपुत्र तथा यस विद्यालयका पूर्व शिक्षक नारायण पुनज्यूबाट रू. २,०००/- र कान्छो सुपुत्र हाल वेलायतमा कार्यरत बेल पुनबाट रू.२,०००/- खाजा व्यवस्थापनका लागि प्रदान गर्नु भएको थियाे। यस्तै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मानसिंह छन्त्यालले स्थापित यस पुण्य र महान कार्यका लागि लछुमन पुन र ललिता पुन तथा शिक्षाप्रेमी हरुलाइ आगामी दिन सुखमय बनोस्, भनी विद्यालय परिवारकाे तर्फबाट सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र दिर्घायु सहित हार्दिक धन्यवाद ज्ञापन पर्कट गर्नु भएको थियाे।
No comments:
Post a Comment