#_साच्चि_भन्या
खोक्दा–खोक्दा बाँसको टुप्पोझैँ हल्लिएको
मेरो दाँत पनि निको भयो तर
खोकी अझै निको भएन ।।
महिनौँ हुन लाग्यो ननुहाएको
टाउको पनि चिलाउन छोड्यो तर
खोकी अझै निको भएन ।।
कत्ति पनि तताएको पानी मन नपर्ने मलाई
त्यो पनि असाध्यै मिठो लाग्न थाल्यो तर
खोकी अझै निको भएन ।।
लगातारको खोकीले बल परेर होला
पेटमा six प्याक बनि सक्यो तर
खोकी अझै निको भएन ।।
हिमचुलीमा चुलिएको हिउँजस्तै मेरो ज्वरो
१०२ डिग्रिको तापक्रममा चुलीएको पनि निको भयो तर
खोकी अझै निको भएन ।।
अर्गानिक तिन पानेका बोटलहरु कति रित्तिए तर
खोकी अझै निको भएन ।।
तिन टाईम खानु भनि दिएको औषधी फेरी
थप्ने बेला भयो तर
खोकी अझै निको भएन ।।
चेकअप गराएको हस्पितलबाट
रिपोर्ट पनि सबै ठिक आईसक्यो तर
खोकी अझै निको भएन ।।
सायद यसैलाई भन्छ कोरोना ।।।
No comments:
Post a Comment