Sunday, March 13, 2022

पाण्डबखानीमा अचम्मकाे लिला ।

पाण्डबखानीमा अचम्मकाे लिला ।
सुरेश छन्त्याल/ बागलुङ 
गलकोट नगरपालिका १० पाण्डवखानीकाे रमुवामा २७ गते घरपरिवारको सम्पर्क विहिन रहेकाे ५ वर्षिय बालक सकुशल फेला परेका छन् । प्रेम बि क र लक्ष्मी बि.कको छोरा सिसिर बि.क आफ्नाे आमा संग घर नजिकको जंगलमा घाँस दाउरा काट्न गएको बेला जंगल बाट घर नफर्कीएपछि पुरै गाउँबासिकाे सक्रियतामा खाेजि कार्य पछि फेला परेका छन् । फागुन २७ गते दिउसो ३ बजे हराएकाे र आज साेहि समयमा फेला पारेकाे स्थानीय दिपक वि.क ले जानकारी दिनुभयाे वि.क को अनुसार बालकलाइ त्यस स्थानमा रहेकाे देव- देविकाले लगेकाे हुन सक्ने र बालकलाई न चिसाेले छाेयाे न भाेग नै लाग्याे २७ गते दिउसो ३ बजे हराएकाे बालक आज साेहि समय र स्थानमा सकुशल फेला परेका छन् । 

No comments:

Post a Comment