Tuesday, March 29, 2022

निसीखोमा पिकअप भ्यान दुर्घटना ढोरपाटनका एमाले नेताको मृत्यु

निसीखोमा पिकअप भ्यान दुर्घटना ढोरपाटनका एमाले नेताको मृत्यु
सुरेश छन्त्याल/ बागलुङ
बाग्लुङको निसीखोमा पिकअप भ्यान दुर्घटना हुँदा ढोरपाटनका एमाले नेताको मृत्यु भएको छ  । मंगलबार राति भएको दुर्घटनामा सवार एक जना गम्भीर घाइते भएका छन् ।

निसीखोलाबाट बुर्तिबाङ बजार तर्फ आउँदै गरेको लु१च ९४८० नम्बरको पिकअप भ्यान निसीखोला गाउँपालिका-२ थारुखोला नजिकै दुर्घटना हुँदा ढोरपाटन नगरपालिका-१ का ऋतुवर्ण पौडेलको घटनास्थलमै मृत्यु भएको हो ।

ढोरपाटन नगरप्रमुखका स्वकिय सचिव कुशल बिकका अनुसार उनी नेकपा एमाले ढोरपाटन नगरकमिटीका अध्यक्ष हुन् । दुर्घटनामा परी रुपन्देहीका -३८ वर्षिया ३८ बर्षिय सुरेश थापा गम्भिर घाइते भएको बाग्लुङ जिल्ला प्रहरी प्रवक्ता डिएसपी ईकवल हवारीले जानकारी दिए । उनका अनुसार पिकअप भ्यान सडकदेखि १५० मिटर तल खोलामा खसेको थियो । घाइतेको अवस्था गम्भीर रहेको र उनको वुर्तिबाङ्ग प्राथामिक स्वास्थ्य केन्द्रमा उपचार भई रहेको छ । मृतक त्यस गाडी मालिक समेत हुन् ।

No comments:

Post a Comment