Thursday, March 31, 2016

बागलुङमा ९२ जनाले एसएलसी परिक्षा दिन नपाउने

रबिना बोहरा
बागलुङ, चैत्र १६ गते ।
यहि चैत्र १८ गतेबाट सञ्चालन हुन गैरहेको प्रवेशिका
परिक्षा एसएलसिको तयारी पुरा भएको जिल्ला
शिक्षा कार्यालय बागलुङले जनाएको छ । मंगलबार
पत्रकार सम्मेलनको आयोजना गरी कार्यालयबाट
गरिने सम्पुर्ण कार्यहरु पुरा गरि परिक्षा केन्द्रमा
पठाएको जानकारी गराएको छ । जिल्ला शिक्षा
अधिकारी बिष्णुप्रसाद मिश्रले एसएलसीका लागी
परिचय पत्र तथा उत्तरपुस्तिकाहरु केन्द्रमा
पठाइसकेको जानकारी दिनुभयो । पत्रकार
सम्मेलनमा जिल्लाका ९२ जना विद्यार्थी सहभागी
हुन नपाउने बताइएको छ ।
सहायक
जिल्ला
शिक्षा
अधिकारी
कुश्मराज
उपाध्यायले
परिक्षा
सञ्चालन
तथा
व्यवस्थापन
सम्बन्धि
सरोकारवालाले
पालना
गर्नुपर्ने
आचार
संहिताका
बिषयमा
जानकारी
गराउनुभएको
थियो

एसएलसिमा
यस
बर्ष बागलुङबाट ७ हजार ७ सय ५० परिक्षार्थी मध्य
बिद्यालयबाट ७ हजार ६ सय ५३ जना र
खुल्लातर्पmबाट ९४ जना परिक्षार्थी सहभागि हुदै
छन् । ९२ जना हाजीर नपुगेका, बैदेशीक रोजगारी
तथा बिहेवारी लगाएतका कारण परिक्षामा
सहभागी हुन अयोग्य ठहरीएका छन् ।
१ सय ३५ बिद्यालयबाट सहभागि बिद्यार्थीहरु मध्ये
५ हजार ६ सय ४४ जना रेगुलरतर्फका रहेका छन् भने २
हजार ९ जना एक्जाम्टेडतर्फबाट सहभागि हुने जिल्ला
शिक्षा कार्यलयका शाखा अधिकृत लोकनाथ
आचार्यलले जानकारी दिनुभयो । यस्तै खुल्लातर्फका
९४ जना मध्ये ८३ रेगुलर परीक्षार्थी हुन भने ११ जना
एक्जाम्टेड रहेका छन् ।
जिल्लामा ३१ ओटा परिक्षा केन्द्र परिक्षा
सञ्चालन हन गैरहेको जिल्ला शिक्षा कार्यलयले
जनाएको छ । साथै यसैबर्षबाट प्राबिधीकधारतर्फ ४
बिद्यालयका बिद्यार्थीहरु परिक्षा सामेल हुदैछन् ।
बागलुङ नगरपालीका १ बाङगेचौरमा रहेको
धौलागिरी बहिरा आवसिय बिद्यालयबाट १५
जना कम्युटर विज्ञानतर्फ सहभागि हुदै छन् भने ७ जना
साधारणतर्फबाट सहभागि हुदै छन् भने शान्ती उमावी
कुस्मीसेराका परीक्षार्थी पनी कम्युटर
विज्ञानतर्फबाट सामेल हुने बताइएको छ । यस्तै
बिहुको भिमसेन उमावीबाट सिभील इन्जीनीयरिङ
र गल्कोट उमावी हटियाबाट कृषी तगा बागवानी
तर्फबाट परीक्षा दिने जिल्ला शिक्षा कार्यलयका
परीक्षा साखाका हरी प्रसाद आचार्यले
जानकारी दिनुभयो ।
यस्तै जनताधन उमावीबाट ४ जना दृष्टीबिहीन
बिद्यार्थीहरुले एसएलसी दिदैछन् । परीक्षालाइ
व्यवस्थीत र मर्यादीत बनाउन ३१ जना केन्द्राध्यक्ष
तोकीएको छ भने ४० जना सहायक केन्द्राध्यक्ष,२ सय
३७ जना निरीक्षक, १ सय ७० जना सहयोगी
कर्मचारी र ३ सय १० जना सुरक्षा कर्मी परीचालन
गरीने आचार्यले जानकारी दिनुभयो ।
साथै प्रवेशीका परिक्षामा सहभागि भएका
छात्राहरुको सहजताको लागि महिला तथा
बालबालीका कार्यलय र जिल्ला बालकल्याण
समितीले प्रत्यक केन्द्रको लागि ४ काटुर्न सेनेटरी
प्याडको व्यवस्था गरेको जनाएको छ ।

गल्कोटमा एसएलसी परीक्षा शान्तिपूर्ण: १७ जना परीक्षार्थी अनुपस्थित !

सुरेश छन्त्याल , गल्कोट २०७२ चैत १८ । आजदेखि सुरु भएको एस एल सी अर्थात प्रबेशिका परिक्षामा बिद्यार्थीहरुले अनिर्वाय अग्रेजी बिषयको परिक्षा दिएका छन । गल्कोट क्षेत्रका ५ परिक्षा केन्द्रमा १ हजार ३ सय ९९ जना परिक्षार्थी सहभागी भएका छन ।

आजको परीक्षामा गलकोट उच्च माद्यमिक बिद्यालय केन्द्रबाट ३ सय २५ जनामध्ये नियमित तर्फका १ र आंशिक तर्फका २ जना बिद्यार्थी अनुपस्थित भएको गलकोट उच्च माद्यमिक बिद्यालयका प्राचार्य देबेन्द्र खत्रीले जानकारी दिए ।

सोही परीक्षा केन्द्रबाट खरुवा माद्यमिक बिद्यालयका अपाङ्गता भएका बिद्यार्थी नवराज सुवेदीले परिक्षा दिईरहेका छन् भने अपांगता भएका शिक्षक बिमल सुवेदीले निरिक्षकको रुपमा कार्य गरिरहेका छन् ।

महेन्द्र उच्च माद्यमिक बिद्यालय केन्द्रमा ३ सय १९ जनामध्ये नियमित तर्फका ४ र आंशिक तर्फका ५ जना बिद्यार्थी अनुपस्थित भएको बिद्यालयका प्राचार्य शिव प्रसाद पाण्डेले धौलाश्रीलाई बताए ।

अर्गल माध्यमिक बिद्यालय अर्गल केन्द्रबाट नियमित र आंशिक गरि २ सय ३२ जनाले परिक्षा दिएका छन । त्यस्तै शिव उच्च माद्यामिक बिद्यालयबाट नियमित र आंशिक गरि १ सय ५१ जनामध्ये सबै बिद्यार्थीहरुले परिक्षा दिए ।

पृथ्वी उच्च माद्यमिक बिद्यालय हरिचौर केन्द्रबाट नियमित र आंशिक गरि ३ सय ५ जनामध्ये ५ जना अनुपस्थित भएको पृथ्वी उच्च माद्यामिक बिद्यालयका प्राचार्य बद्रि प्रसाद ढकालले जानकारी दिए । परिक्षा सबै केन्द्रमा अनुशासित तबरले सम्पन्न भएको काडेबास स्रोतकेन्द्रका स्रोतब्यक्ति दिनेश पन्तले बताए । भोलि बिद्यार्थीहरुले अनिवार्य नेपाली बिषयको परीक्षा दिनेछन ।

Wednesday, March 30, 2016

Mother Junu Pun

गल्कोटको कुन केन्द्रमा कुनकुन विद्यालयका विद्यार्थीले परीक्षा दिँदैछन ?

,सुरेश छन्त्याल गल्कोट २०७२ चैत १७ । भोलि चैत १८ गते देखि सुरु हुने एसएल्सी परिक्षाका लागी गल्कोट क्षेत्रमा ५ परिक्षा केन्द्र निर्धारण गरिएको छ । केन्द्र पर्ने सम्बन्धित बिद्यालयका प्रध्यानाध्यापक केन्द्राध्यक्ष रहने गरि यस बर्षको परिक्षा सुरु हुदैछ । हरिचौर केन्द्रमा पाण्डवखानी उच्च माद्यामिक बिद्यालय पाण्डवखानी, न्यु लाईफ आवसिय उच्च माद्यामिक बिद्यालय हरिचौर, एकता आवासीय माद्यमिक बिद्यालय हरिचौर, अर्गल माद्यामिक बिद्यालय अर्गल, पार्वती माद्यमिक बिद्यालय हरिचौर, गल्कोट मोडनाईज ऐकेडेमि हरिचौर र सम्बुद्ध एजुकेशनल ऐकेडेमि हरिचौरका बिद्यार्थीले परिक्षा दिनेछन । गलकोट उच्च माद्यामिक बिद्यालय हटिया केन्द्रमा पृथ्वी उच्च माद्यामिक बिद्यालय हरिचौर, महेन्द्र उच्च माद्यमिक बिद्यालय नरेठाटी, खरुवा माद्यामिक बिद्यालय हटिया, गोल्डेन फयूचर आवासीय माद्यमिक बिद्यालय हटिया, शिव उच्च माद्यामिक बिद्यालय काडेबास, नवप्रभात आवासीय माद्यमिक बिद्यालय हटियाका बिद्यार्थीले परिक्षा दिनेछन ।

महेन्द्र उच्च माद्यामिक बिद्यालय नरेठाटी केन्द्रमा गलकोट उच्च माद्यामिक बिद्यालय हटिया, सरस्वती उच्च माद्यामिक बिद्यालय दुदिलाभाटी, चौराह उच्च माद्यामिक बिद्यालय दुदिलाभाटी, एरा मोडरल्याण्ड आवासीय माद्यमिक बिद्यालयका बिद्यार्थीले परिक्षा दिनेछन ।

यसैगरी शिव उच्च माद्यमिक बिद्यालय काडेबास केन्द्रमा जनजागृति उच्च माद्यमिक बिद्यालय काडेबास, जनहित माद्यमिक बिद्यालय मल्म, भैरव माद्यमिक बिद्यालय मल्म, गल्कोट आवासीय माद्यमिक बिद्यालय मल्मका बिद्यार्थीले परिक्षा दिनेछन ।

यस्तै अर्गल माद्यमिक बिद्यालय अर्गल केन्द्रमा नेपाल उच्च माद्यमिक बिद्यालय तारा, जनप्रेम उच्च माद्यमिक बिद्यालय अमरभुमि, हरि उच्च माद्यमिक बिद्यालय हिल, दुर्गा भवानी माद्यमिक बिद्यालय तारा, ब्राईट लोटस ऐकेडेमी हिलका बिद्याथीले परिक्षा दिनेछन ।

परिक्षामा केन्द्राध्यक्षको रुपमा रहने सम्बन्धित बिद्यालयका प्रध्यानाध्यापकलाई अभिमूखिकरण तालिम दिईएको छ । तालिममा परिक्षा केन्द्रमा गर्नुपर्ने र गर्न नहुने काम बारेमा अभिमूखिकरण गरिएको थियो ।

“बुद्धबिर ले कस्लाइ भने सारा खुशी दिन्छु”

भर्खरै मात्र लोकसांगितिक बजारमा तिम्लाइ खुशी दिन्छु नामक एल्बम सार्बजनिक भयको छ । दुर्गा बि. सि को प्रस्तुति मा सार्बजनिक भयको यश गीतमा पुर्णकला बिसि र दुर्गा बिसि ले स्वर दियका छ्न । युवा सर्जक मधुसुधन डागी को शब्द सिर्जना मा नरेश खाती क्षेत्री को लय सिर्जना रहेको छ भने वसन्त फिल्म्स ले बजार ब्यबस्थापन गरेको यस गीत को म्युजिक भिडियो बिक्रम चौहान ले निर्देशन गरेका छ्न भने मुकेस हुमागाइ को छायांकन र नवीन घर्तीमगर को सम्पादन मा तयार भयको यश गित को भिडियो मा रन्जिता गुरुङ र बुद्धवीर खुशी को अभिनय देख्न सकिन्छ ।बिगत का दिनहरु बाटनै करिब २ दर्जन बढी गित हरु मा आफ्नो ससक्त अभिनय दर्शक माझ प्रस्तुत गर्दै आयका खुशी यश गित म्युजिक भिडियो को अभिनय बाट पनि आफ्ना दर्शक स्रोता को मन जित्ने मा आफू ढुक्क भयको हामिलाइ बताय ।

सारा खुशी दिन्छु ले सम्पुर्ण दर्शक स्रोताको माया पाओस हाम्रो तर्फबाट सम्पुर्ण unit लाई शुभकामना !!

Tuesday, March 29, 2016

टिचन यात्री मगर पिडा भएर रूदै


मान्छे लाई गित संगीत नभय संसार सुन्य लाग्छ कुनै
कार्यक्रम पाती हो या गाउँ बेसी भिर पाखा मा घास दाउँरा गर्दा यात अन्य कुनै गित संगीत त सुख दुख को
साथी नै बनेको छ"मन को भारी बिसाउँनी गित संगीत लेनै हसाउँनी रूवानी"त्यसत्यई पश्रीम बाग्लुङ्ग जिल्ला दगा तुम्डाडॉ ३ जेल मा जन्मनु भएका युवा टिचन यात्री मगर ले आफनै ठुलो लगानीमा पहिलो लोक दोहोरी गित बजार मा ल्युन लाग्नु भएको छ, टिचन यात्री मगर को जानकारी अनुसार अडियो भिडियो नेपाली हरूको नया बर्ष २०७३ बैशाख एक गते बाट बजार मा आउँने बटाउँनु भएको छ"गित मा हे..जसले मलाई पिरती दिएयौ"त्यई माया नै निष्ठुरी भैदिएयौ"म रोएको हुँ पिडा भएर,,, तिमी मेरो मुटु मा थिएयौ नी त्यई मुटु लाई चुदाली दिएयौ नी भन्छौ अझै किन रून्छौ भनेर,,, शब्द ले भरिएको छ माया प्रेम मा बिछोद भएर भुलन नसकेका साचो माया पाउँन नसकेका र छुत्यशी रूदै हिदेका र एक आरका लाई किन रून्छौ भनेर भन्ने गरेका जसता शब्द छन गित मा पछिलो समय की निकै चलचित लोक दोहोरी गायिका टिका पुन र नव गायक तथा शब्द सृजक टिचन यात्री मगर को समुधर स्वर मा सजिएको छ गित को बजार ब्यबसथापक राम्रो इशारा म्युजिक प्रा ली को छ भने म्युजिक भिडियो मा टिचन यात्री मगर र चलचित मोडलीङ्ग सरसवती तामाङ्ग को अभिन्य रहेको छ आफुलाई म्युजिक भिडिमा सरसवती को निकै ठुलो साथ रहेको टिचन यात्री मगर बटाउँनु हुन्छ गित संगीत मा बिक्रीती भित्री रहेका बेला मा यो गित छुत्तै खाले भएको यात्री मगर को भनाई छ सानै देखीनै गित संगीत मा रूचि राखने र गित लेखनी गाउँनी गर्ने  संगीत प्रेमी टिचन यात्री मगर यस गित मा आफ्नै लय शब्द छ आमाबुबा को आश्री वाट र परिवारको माया ले यो क्षेत्र मा आउँन सफल भएको यात्री मगर बटाउँनु हुन्छ यो क्षेत्रमा आफु निर्णत्रा लागी रहने बटाउँनु भयो"यस गित को आफ्नो मोवाइल रिङ्ग ब्याकटोन बनाउँन का लागी : prbti utll उप्लवद छ
पुरूष prbti 60545195 utll 77329753
महिला prbti 60545196 utll 77329754

Monday, March 28, 2016

आफ्नो पहिचान लाई सधै बचाइ राखौं।

पाण्डबखानी गाविसलाइ साक्षर गाविस घोषणा कार्यक्रम मा सहभागी हुदा मगर ह�रुको पहिचान चल्किने डेर्समा
प्रगतिशील आमा समूह सुनपानी ५ का टिम हरु
फोटो सौजन्य सहकर्मी साथी गिता घर्ती मगर

पाण्डवखानी ३७ औं पुर्ण साक्षर गाविस घोषणा !

थम्मन थापा सन्देश र सुरेश छन्त्याल /पाण्डवखानी
बागलुङको पाण्डवखानी गाविसलाई एक
कार्यक्रमका बिच ३७ औं पुर्ण साक्षर गाविस
घोषणा गरिएको छ । स्वच्छ र सुखी जीवनका
लागी साक्षरता, पूर्ण साक्षर गाविस
पाण्डवखानी हाम्रो प्रतिबद्वता भन्ने मुल
नारा रहेको कार्यक्रम समुदघाटन पछि बोल्दै
प्रमुख जिल्ला अधिकारी भागीरथ पाण्डेले
शिक्षाले गाउॅको सभ्यता झल्काउने हुॅदा
साक्षर कार्यक्रम घोषणाका लागी नभएर
व्यवहारिक हुनुपर्ने बताउनुभएको छ ।
गाविसको कुल जनसंख्या २९९९ मध्य ९८.२३
प्रतिशत साक्षर भएपछि गाविसलाई पुर्ण
साक्षरता गाविस घोषणा गरिएको हो ।
सो अवसरमा पुर्व सभाषद नर बहादुर पुन, रत्न
लक्ष्मी उच्च मावि रिघाका प्राचार्य
दामोदर शर्मा, बागलुङ नगरपालिका
कार्यालय अधिकृत युवराज शर्मा, जिल्ला
शिक्षा अधिकारी विष्णु प्रसाद मिश्र,
स्थानिय विकास अधिकारी भरत पौडेलले
शुभकामना मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रमका अवसरमा शिक्षा सम्बन्धी
लोकगीत प्रतियोगिता सॅगै स्थानियद्वारा
गीत तथा नृत्य प्रस्तुत गरिएको थियो ।
घोषणा कार्यक्रममा समाजसेवी,
शिक्षाप्रेमी र अतिथी पाहुनाहरुलाई
अभिनन्दन समेत गरिएको थियो । कार्यक्रम
गाउॅ शिक्षा समितिका संयोजक जनकराज
शर्माको अध्यक्षता, पाण्डवखानी उच्च
माविका प्राचार्य खिम बहादुर खडकाको
स्वागत र भक्त काउचा र गोमा गौतमको
सन्चालनमा सम्पन्न भएको थियो ।

Sunday, March 27, 2016

फोटो सौजन्य शिक्षक Kashiram Baral

पाण्डवखानी गा वि स लाई पुर्ण साक्षर घोष्णा कार्यक्रमका केहि झलकहरू

Saturday, March 26, 2016

रकम हस्तान्तरण गर्दै

धनबहादुर दर्जीलाइ भाचिएको खुट्टा उपचारमा थप सहयोग पुगुस् भनी पाण्डबखानी समाज यु.के बाट रु.८०,६०० र कतारबा रु.२०,००० रकम सुनपानी वडा नागरिक मञ्च का वडा संयोजक श्री हंल्दार गंगा बहादुर घर्तीको अध्यक्षमा भेला बसी रकम हस्तान्तरण गर्दै
फोटो:- सौजन्य सहकर्मी साथी दिप घर्ती

Friday, March 25, 2016

पाण्डबखानी उच्च माविमा विदाइ कार्यक्रम सम्पन्न।

उज्ज्वल भविष्य र slc को शुभकामना व्यक्त ।
सुरेश छन्त्याल/बागलुङ
श्री पाण्डबखानी उच्च माविको आयोजनामा कक्षा १० का   विधार्थीहरुलाई कक्षा ९ ले एक कार्यक्रमका विच विदाइ गरेका छन् ।विध्यालय ब्यवस्थापन समितिका अध्यक्ष मानसिहं छन्त्यालको सभापतित्यो रहेको  उक्त विदाइ कार्यक्रममा कक्षा १० का कक्षा शिक्षक गणेश अधिकारी शिक्षिका इन्दु पुन विधार्थीको तर्फबाट सिमा पुन हेम पटेल लगायतले मन्तव्य राखेका थिए ।भने कार्यक्रमको संचालन प्रचार्य खिम खड्काले गर्नुभएको सहकर्मी साथी  समिक्षा सुनारले जानकारी गराउनुभएको छ ।
कार्यक्रममा बोल्ने सहभागीहरुले ।विध्यालयको ग्रहना भनेकै विधार्थी हो । मिहेनत गरि अध्यान गर्ने लगनशीलता भएका विधार्थी इमानदार हुन्छन्।पढाइ भनेको विधार्थीको हातमा हुन्छ ।त्यसैले अब आउने slc को तयारी र सफलताको शुभकामना व्यक्त गरेका थिए ।

एकै नम्बरका २ बाईक

दाङको दामोदर चोकमा शुक्रबार गरिएको ट्राफिक चेकिङको क्रममा फेला परेका एउटै नम्बरका २ वटा सवारी साधन ।

Wednesday, March 23, 2016

दलिमा छन्त्याललाई आर्थिक सहयोग गरौं र पुनर्जीवनका लागि तपाई-हामी जुटौं

म्याग्दी, १० चैत l जन्म अनि मृत्यु संसारिक प्रक्रिया हो l यो प्रक्रिया सबै सचिव वस्तुहरुमा लागूहुने गर्छ l तर, नियम संगतलाई सराहाना गर्ने नै हो भने जहाँ जन्म त्यहाँ मृत्यु हुन्छ र भइरहेको छ l यी सबै तथ्य हामीलाई थाहा छ l कतिपय यस्ता प्रक्रियालाई युगान्तकारी मानव परिवर्तनले रोकथाम गरिरहेको छ l यो नै विज्ञान हो l त्यसैले यो समय विज्ञानको हो l हामी विज्ञानको भोगचलन गरिरहेतापनि प्राकृतिक प्रक्रियामा बाध्नु पर्छ l यो नै धुर्वसत्य अर्को विज्ञान हो l
यहाँ मैले जोड्न खोजेको विषयवस्तु के हो भने ! दुनियाँमा मानवसृष्टीका लागि धेरै उत्तरचढाव भयो l मान्छेले मान्छेलाई उपयोग गर्न सक्ने विभिन्न विज्ञानका कुरा उत्पादन भयो l तर किन मानिस अजै जन्म र मृत्युको प्रक्रिया भइरहन्छ ? यो आम जनमानसको प्रश्न हो l बुद्धले भन्नु हुन्छ "संसारको प्रथम कुरा दु:खबाट शुरुवात हुन्छ l " त्यसैले समयमा दु:खतको कुरा सुनाउनु नै अर्को दु:खको समाचार हो l जे-जस्तो भएपनि तथ्य वा दु:ख लुकाउन नसक्ने रहेछ l म्याग्दी जिल्ला मल्कबाङ्ग वडा नं ६ घरभइ हाल बेनी बजार बस्दै आएकि ३६ वर्षीय श्रीमती दलिमा भलन्जा, छन्त्याल हाल काठमाडौंको टिचिङ्ग अस्पतालमा मृत्यू सँग जुधीरहेकी छिन् । मानव शरिरको अत्यन्तै महत्वपुर्ण अंग मृगौला खराब भएका कारण उनी अहिले अस्पतालको शैयामा छट्पटाई रहेकी छिन् l
उनको उपचारमा संलग्न डाक्टरका अनुसार दुबै मृगौला प्रत्यारोपण ( बदल्नु) गरे मात्र उनी बाँच्न सफल हुनेछिन् । नत्र मृत्युको बाटो बाहेक उनि संग अर्को विकल्प नरहेको डाक्टर बताउछन् l अस्पतालका अनुसार उनको दुबै मृगौला प्रत्यारोपण गर्न न्यूनतम १२ लाख रुपैँया लाग्ने छ । तर पारिवारीक आर्थीक अवस्था कमजोर रहेकोले त्यति ठुलो रकम जुटाउन सम्भव नहुँदा तपाईको गक्ष अनुसारको आर्थिक सहयोग गरिदिनु हुन अपील गरिएको छ ।
सहयोग तथा थप जानकारीको लागि:-
मोबाइल नम्बर : ९८४७६४२५७६/९८४९६११४१८

Tuesday, March 15, 2016

खाजा खाने बोलाएर युवतीले लुटिन दश तोला सुन र मोबाइल

चैत, म्याग्दी । खाजा खान बोलाएकी एक युवतीले नसालु पदार्थ खुवाएर बेनीको हाडेभिरमा व्यवसाय गर्दै आएका कुलदीप जुक्जालीका साथमा रहेको सुन, मोबाइल टेलिफोन र पैसा लुटेकी छन् ।सोमबार साँझ बेनीको ‘पुन होटल एन्ड नान हाउस’मा खाजा खान जाँदा आफ्ना साथमा रहेको दश तोला सुन लगायत सामान लुटिएको पीडितले बताएका छन् ।खाजासँगै मगाइएको रक्सीमा लठ्याउने पदार्थ मिसाएर खुवाइएपछि आफू बेहोस भएको र आफ्ना तीन तोलाको औंठी, चार तोलाको सुनको सिक्री र दुई तोलाको हातमा लगाइएको चेन लगायत लुटेर युवती फरार भएकी जुक्जालीले बताए । पीडितको अहिले जिल्ला अस्पतालमा उपचार भइरहेको छ । खाजासँगै रक्सी खाएका जुक्जाली बिहान मात्रै बिउँझिएका थिए ।लोकदोहोरी गीत प्रतिष्ठान म्याग्दीका अध्यक्षसमेत रहेका जुक्जालीको ती युवतीसँग कृषि औजार कारखानामा भेट भएको थियो । सामान किन्न आएकी युवतीले भिजिटिङ कार्ड लगेपछि उनीहरुबीच दुई तीन दिन फोनमा कुरा भएको थियो ।कपाल खैरो पारिएको, सेतो प्यान्टस् र  सेतो स्विटर लगाएकी पातलो शरीर भएकी युवतीको हुलियाका आधारमा अहिले खोजी भइरहेको छ ।अरबी भाषा बोल्ने अन्दाजी २० वर्षकी ती युवतीले जुक्जालीसँग आफ्नो घर म्याग्दीकै दोवा भएको बताएकी थिइन् । घटनाको जानकारी पाएलगत्तै अनुसन्धान र युवतीको खोजीमा प्रहरी परिचालन भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लोकेन्द्रसिंह गुरुङले बताए ।

Saturday, March 5, 2016

लोक तथा दिहोरी गीतमामा चम्कदै आष्मा छन्त्याल

म्याग्दीको पाखापानी ४, ठाडाखानी घर भई हाल कास्कीको पोखरा स्थित लामाचौरमा बस्दै आएकी आष्मा छन्त्यालले लोक तथा दोहोरी गीतमा छोटो समयमा नै सफलता पाउन थालेकी छन । वि.स.२०४६ सालमा आमा बुद्वीकला छन्त्याल र वुबा जय प्रसाद छन्त्यालको कोखबाट पाँचौ सन्तानको रुपमा जन्मेकी उनी बाल्यकाल देखी नै गीत संगीतमा रुची भएको बताउछिन ।

आफ्नो साङ्गेतीक यात्रा बारे सम्झदै छन्त्याल भन्छिन सानै देखी गीत सङ्गीतमा रमाउने मान्छे एक दिन दाङमा छन्त्याल संघले आयोजना गरेको कार्यक्रममा पहिलो पटक स्टेजमा माईक समाएर गीत गाउने अवसर मिल्यो त्यसमा डराइ – डराइ केही गीत गाए त्यसैको सन्देश सहित फोटोहरु समाजीक सञ्जाल तिर सार्बजनीक भएपछी धेरैको उत्साहजनक प्रतिकृया र हौसलाले आज यहाँ सम्म ल्यायो । आफुलाई यो क्षेत्रमा औपचारिक पाइला टेक्न अग्रज कलाकार तथा कन्चान सुशिल म्युजिक प्रा.लि.का बजार ब्यबस्थापक दिप छन्त्यालको भूमिका महत्वपुर्ण रहेको र उहालाई गुरुको रुपमा लिएको उनले बताइन ।

हाल सम्म करिब एक दर्जन भन्दा बढी लोक तथा दोहोरी गीतमा स्वर दिइसकेकी छन्त्यालको भर्खरै एउता मार्मीक एक्कल लोक गीत “रुदै छु म हाँस्न नसकेर” बजारमा आएको छ । कन्चन सुशिल म्युजिक प्रा.लि. द्वारा सार्बजनिक उक्त एक्कल गीत धेरैले मन पराएको र उत्साहजनक प्रतिकृया पाएकोमा खुशी लागेको उनको भनाइ छ । दिप छन्त्यालको एल्बम “यो स्वार्थी दैबले कस्तो भाग्य लेख्यो” मा पहिलो स्वर भरेकी छन्त्यालले क्रमश सम्झना सालैजो, साउदी दुबै कतार , फोन गरे है सानो ,सोह्र वर्षे जवानी मा नजर लगाएतका अरुको एल्बममा स्वर भरेकी छिन भने पछिल्लो सार्बजनिक एक्कल गीत आफ्नै एल्बम भएको उनले जानकारी गराएकी छन ।

दर्शक स्रोताको माया साथ सहयोग र स्वरले साथ दिदै सम्म गाएन क्रम नरोकिने उनको प्रतिबद्दता रहेको छ । रेकर्ड भइसकेको अन्य गीती एल्बमहरु “यो धर्तीमा ज्युदो रहे सम्म , चस्मा लाउने मायालाई ” लगाएत छिट्टै बजारमा आउने क्रममा रहेको पनि आष्माले जानकारी गराएकी छन ।

लोक सङ्गीत लाई निरन्तरता दिने अथोट लिएकी गायिका छन्त्याल पछिल्लो समय बढ्दै गएको प्रबिधिको बिकाशले सङ्गित क्षेत्र धारासायी बन्दै गएकोमा भने चिन्ता ब्यक्त गर्छिन । अबको पुस्ताले अग्रजहरुले जसरी कलाकारिताबाट जिवन निर्बाह गर्न सक्ने सम्भव देखिदैन स्टेज सो को भरमा कलाकारिता बचेको छ त्यो स्थान सम्म पुग्नलाई ठुलै लगानी गर्न पर्छ त्यो कला हुनेलाई भन्दापनी ठुलो मिडियामा खर्च गरेर प्रचारित हुन सक्नेलाई मात्र सम्भव छ त्यसैले नयाँ पुस्ताका कलाकार स्थापित हुन त झनै गाह्रो रहेको छन्त्यालको दु:खेसो छ । हिरा बुढाथोकी