Monday, March 28, 2016

पाण्डवखानी ३७ औं पुर्ण साक्षर गाविस घोषणा !

थम्मन थापा सन्देश र सुरेश छन्त्याल /पाण्डवखानी
बागलुङको पाण्डवखानी गाविसलाई एक
कार्यक्रमका बिच ३७ औं पुर्ण साक्षर गाविस
घोषणा गरिएको छ । स्वच्छ र सुखी जीवनका
लागी साक्षरता, पूर्ण साक्षर गाविस
पाण्डवखानी हाम्रो प्रतिबद्वता भन्ने मुल
नारा रहेको कार्यक्रम समुदघाटन पछि बोल्दै
प्रमुख जिल्ला अधिकारी भागीरथ पाण्डेले
शिक्षाले गाउॅको सभ्यता झल्काउने हुॅदा
साक्षर कार्यक्रम घोषणाका लागी नभएर
व्यवहारिक हुनुपर्ने बताउनुभएको छ ।
गाविसको कुल जनसंख्या २९९९ मध्य ९८.२३
प्रतिशत साक्षर भएपछि गाविसलाई पुर्ण
साक्षरता गाविस घोषणा गरिएको हो ।
सो अवसरमा पुर्व सभाषद नर बहादुर पुन, रत्न
लक्ष्मी उच्च मावि रिघाका प्राचार्य
दामोदर शर्मा, बागलुङ नगरपालिका
कार्यालय अधिकृत युवराज शर्मा, जिल्ला
शिक्षा अधिकारी विष्णु प्रसाद मिश्र,
स्थानिय विकास अधिकारी भरत पौडेलले
शुभकामना मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रमका अवसरमा शिक्षा सम्बन्धी
लोकगीत प्रतियोगिता सॅगै स्थानियद्वारा
गीत तथा नृत्य प्रस्तुत गरिएको थियो ।
घोषणा कार्यक्रममा समाजसेवी,
शिक्षाप्रेमी र अतिथी पाहुनाहरुलाई
अभिनन्दन समेत गरिएको थियो । कार्यक्रम
गाउॅ शिक्षा समितिका संयोजक जनकराज
शर्माको अध्यक्षता, पाण्डवखानी उच्च
माविका प्राचार्य खिम बहादुर खडकाको
स्वागत र भक्त काउचा र गोमा गौतमको
सन्चालनमा सम्पन्न भएको थियो ।

No comments:

Post a Comment