सुरेश छन्त्याल , गल्कोट २०७२ चैत १८ । आजदेखि सुरु भएको एस एल सी अर्थात प्रबेशिका परिक्षामा बिद्यार्थीहरुले अनिर्वाय अग्रेजी बिषयको परिक्षा दिएका छन । गल्कोट क्षेत्रका ५ परिक्षा केन्द्रमा १ हजार ३ सय ९९ जना परिक्षार्थी सहभागी भएका छन ।
आजको परीक्षामा गलकोट उच्च माद्यमिक बिद्यालय केन्द्रबाट ३ सय २५ जनामध्ये नियमित तर्फका १ र आंशिक तर्फका २ जना बिद्यार्थी अनुपस्थित भएको गलकोट उच्च माद्यमिक बिद्यालयका प्राचार्य देबेन्द्र खत्रीले जानकारी दिए ।
सोही परीक्षा केन्द्रबाट खरुवा माद्यमिक बिद्यालयका अपाङ्गता भएका बिद्यार्थी नवराज सुवेदीले परिक्षा दिईरहेका छन् भने अपांगता भएका शिक्षक बिमल सुवेदीले निरिक्षकको रुपमा कार्य गरिरहेका छन् ।
महेन्द्र उच्च माद्यमिक बिद्यालय केन्द्रमा ३ सय १९ जनामध्ये नियमित तर्फका ४ र आंशिक तर्फका ५ जना बिद्यार्थी अनुपस्थित भएको बिद्यालयका प्राचार्य शिव प्रसाद पाण्डेले धौलाश्रीलाई बताए ।
अर्गल माध्यमिक बिद्यालय अर्गल केन्द्रबाट नियमित र आंशिक गरि २ सय ३२ जनाले परिक्षा दिएका छन । त्यस्तै शिव उच्च माद्यामिक बिद्यालयबाट नियमित र आंशिक गरि १ सय ५१ जनामध्ये सबै बिद्यार्थीहरुले परिक्षा दिए ।
पृथ्वी उच्च माद्यमिक बिद्यालय हरिचौर केन्द्रबाट नियमित र आंशिक गरि ३ सय ५ जनामध्ये ५ जना अनुपस्थित भएको पृथ्वी उच्च माद्यामिक बिद्यालयका प्राचार्य बद्रि प्रसाद ढकालले जानकारी दिए । परिक्षा सबै केन्द्रमा अनुशासित तबरले सम्पन्न भएको काडेबास स्रोतकेन्द्रका स्रोतब्यक्ति दिनेश पन्तले बताए । भोलि बिद्यार्थीहरुले अनिवार्य नेपाली बिषयको परीक्षा दिनेछन ।
No comments:
Post a Comment