Monday, August 22, 2016

शिक्षा एेनको आठौं संशोधन पछि प्रगति आधारभूत विद्यालय मल्म ७ सप्ताहघाट बागलुङमा अभिभावक भेला आज सम्पन्न भएको छ ।

शिक्षा एेनको आठौं संशोधन पछि प्रगति आधारभूत विद्यालय मल्म ७ सप्ताहघाट बागलुङमा अभिभावक भेला आज सम्पन्न भएको छ । भेलाले राम बहादुर थापाको अध्यक्षतामा ९ सदसीय विद्यालय व्यवस्थापन  समिति चयन गरेको छ । समितिको सदस्यमा जमुना गौतम, विष्णु थापा, मनु विक, टिका बहादुर थापा, लोक बहादुर केसी, शिक्षक प्रतिनिधी हरिदत्त गौतम र सदस्य सचिव प्रधानध्यापक नगेन्द्र बहादुर मल्ल रहनुभएको छ । त्यस्तै लोक बहादुर थापा संयोजक रहेको ११ सदसीय शिक्षक अभिभावक संघ समेत चयन गरेको छ । समितिको सदस्यमा लक्ष्मी परियार, कोपीला सुनार, कृष्णा थापा, कोपीला थापा, अमृता अधिकारी, गुमा थापा,   शिक्षक प्रतिनिधी सावित्री थापा, पदेन सदस्य नगेन्द्र बहादुर मल्ल र विव्यस अध्यक्ष राम बहादुर थापा रहनु भएको छ भनें दल बहादुर थापा संयोजक रहेको ५ सदसीय सल्लाहकार समिति चयन गरिएको छ । सदस्यहरुमा सुवेदार टिका बहादुर थापा, छुम बहादुर थापा, होम बहादुर बस्नेत र थुमा थापा रहनुभएको छ । सो अवसरमा हरिचौर श्रोत केन्द्रका श्रोतव्यक्ति बम बहादुर थापा, शुभकामना मन्तव्य, नव निर्वाचित शिक्षक अभिभावक संघका संयोजक लोक बहादुर थापाले प्रतिवद्वता मन्तव्य, श्रोतव्यक्ति दिनेश पन्तले बधाई मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रम काॅडेबास श्रोत केन्द्रका श्रोतव्यक्ति दिनेश पन्तको प्रमुख आतिथ्यता, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राम बहादुर थापाको अध्यक्षता, शिक्षक सावित्री थापाको स्वागत र शिक्षक हरिदत्त गौतमको सन्चालनमा सम्पन्न भएको थियो ।

Sunday, August 21, 2016

रणसिंहकिटिनीका सुनार परिवार लाई सहयोग गरौ

रणसिंहकिटिनीका सुनार परिवार लाई सहयोग गर्ने,परिवार र तुलविरको पद्दिवद्ता।
सुरेश छन्त्याल दर्पण
पाण्डबखानी अनलाइन खबर
म्यादीमा जन्मेर बेल्जियम कर्म थलो बनाएकी मनसुवा परिवारले आफ्नो निम्ति त जसले पनि गर्छ।अरुको निम्ति केही गरौ भन्ने उदेश्य बोकिकी कहिले उपचारबाट बन्चित त कहिले भुकम्प पिडित त कहिले विहान बिलुकि हात खुख जोड्न कठिनाइ परेका परिवार लाई संघसंस्था द्धारा सहयोग गर्दै आउनुभएको मनसुवा परिवारले फेरि अर्को पिडित लाई सहयोग गर्ने जानकारी गराउनुभएको छ।केही समय भित्र एकीकृत सिर्जनसिलको समाज बेल्जियमको प्रमु रहेर काम गर्ने हिम्मत बोकिकि मनसुवालाई बेल्जियमबासि शुभेच्छुकहरुले साथ सहयोग गर्दे आएकाछन्।त्यस्तै यता बागलुङ गलकोटमा जन्म ठलो बनाइ हाल जापानमा रहनुभएका समर्पण तुलविरले पनि खखिसरा परिवारलाई सहयोग गर्ने जानकारी दिनुभएको छ।उहाले मलाई भन्नू भयो यो दशैमा रणसिंहकिटिनी गहि रकम हस्तान्तरण गर्ने जानकारी दिनुभएको छ।विगत २०वर्ष अगाडि पैसा कमाउन भनि घरबाट निस्केका अनबहादुर सनारको अत्तोपत्तो छैना
पाण्डबखानी अनलाइन खबरका प्रधान सम्पादक तथा ओझेलका खबरका संवाददाता सुरेश छन्त्यालले विभिन्न मिडियामा मा प्रसारण र प्रकाशन गरेपनि सहयोग गर्ने व्यक्ति र संघसंस्थाहरुले  जानकारी दिनुभयो।यसरी नै मन धनले सहयोग गर्ने व्यक्ति संघसंस्थाहरुले सिधै पाण्डबखानी अनलाइन खबरका लागि9847604382
इमेल:*sureshchhantyal20@gmail.com
साथै सप्तरङ्गि बचत तथा श्रृण सहकारी पाण्डबखानी का लागि:-9847604361
मा सम्पर्क गर्न सक्नुहुनेछ।तपाईं को सानो सहयोगले कसैको जिन्दगी बन्छ भने कृपया सहयोग गर्न नबुल्नु होला पाण्डबखानी अनलाइन खबरले आग्रह गरेको छ।

Thursday, August 18, 2016

लोकसंगीत र मोडलिङ क्षेत्रका उदाउँदा नक्षत्र गोविन्द पुनमगर !

नेपाल मगगोविन्द पुनमगर, नेपाली लोकसंगीत र मोडलिङ क्षेत्रमा एक उदाउँदा नक्षत्र हुन् । बागलुङको गलकोट, पाण्डवखानी–४, तल्लो फुर्सेमा आमा सावित्री पुनमगर र बुबा भाइरती पुनमगरको कोखमा जन्मे हुर्केका गोविन्दले आफ्नो प्रारम्भिक शिक्षा पाण्डवखानी प्रावि, फुर्सेबाट सुरु गरेका हुन् । पाण्डवखानी उच्च माविबाट २०६२ सालमा प्रवेशिका परीक्षा उत्तीर्ण गरेका उनले बराह टेक्निकल इन्स्टिच्युट, भिडाबारी, कास्कीबाट भेटेरीनरी जेटीए गरेका छन् भने पृथ्वीनारायण क्याम्पसबाट प्रवीणता प्रमाणपत्र तह उत्तीर्ण गरेका छन् । यससँगै उनले पशु स्वास्थ्य सेवामा केही समय बिताए । सानैदेखि चञ्चले र जिज्ञासु स्वभावका गोविन्दले पशु स्वास्थ्य सेवामा केही समय बिताएपछि आफैं व्यवसाय समेत थालनी गरे । विभिन्न संघसंस्थामा समेत क्रियाशील रही समाजसेवामा समेत समर्पित गोविन्द पछिल्लो समय नेपाली लोकसंगीत र मोडलिङमा उदाउँदै छन् । नेपाल मगर विद्यार्थी संघका पूर्व केन्द्रीय सदस्य एवं तमुवान इञ्चार्ज, तमुवान युथ भोलिन्टियर्स कास्कीका उपाध्यक्ष, नेपाल मगर लेखक संघ कास्कीका पूर्व सचिव, बागलुङ–पोखरा मगर समाजका पूर्व कार्यसमिति सदस्य रहेका गोविन्द अहिले पर्यटन व्यवसायी बनेका छन् । पोखरा–६, लेकसाइडस्थित टाइगर ट्राभल्स एण्ड टुर्स प्रालि, पोखरा कार्यालयका शाखा प्रबन्धक गोविन्दले स्वदेशी एवं विदेशी पर्यटकको सेवा गरिरहेका छन् ।

सानैदेखि गीत संगीत र नाचगानमा रुचि राख्ने गोविन्द सामाजिक परिवेशका कारणले गीत संगीत र नाचगानमा मोह बसेको बताउँछन् । उनी भन्छन्, ‘रहरका कारणले होस्, या कर्तव्य सम्झेर मैले नेपाली लोकसंस्कृति र लोकसंगीतलाई असाध्यै रुचाउँछु, केही गर्ने सोंच समेत आयो ।’ अहिलेका उदीयमान लोकगायक नवीन रानामगरको ‘नौतुनादेखि…’ बोलको सालैजोको म्यूजिक भिडियोमा मोडलका रूपमा गोविन्दले ‘डेब्यू’ गरेका हुन् । गायिका तारा श्रीसमगरको ‘खैंजडी बजाउँदै…’ बोलको कौह्रा गीतको शब्द लेखेका गोविन्दले आफैं मोडलिङ पनि गरेका छन् । पाण्डवखानी गाउँमा प्रचलित प्राचीन ‘सती घाँटु’ लोकनृत्यको वृत्तचित्रका निर्देशक एवं निर्माता समेत बनेर उनले निर्माण र निर्देशनमा समेत आफ्नो पाइला अघि बढाएका छन् । वृत्तचित्र सार्वजनिक भइ विभिन्न ठाउँमा प्रदर्शनीको क्रममा छ । ‘मेरो पाण्डवखानी’ बोलको गाउँको गीत समेत लेखेका उनले म्यूजिक भिडियोको निर्माण र निर्देशन पनि आफैं गरे । युट्युबमार्फत विश्वभर सार्वजनिक भइसकेको यो म्यूजिक भिडियोको निकै प्रशंसा र चर्चा भइरहेको छ । ‘खाएछ कि कलेजो’ बोलको सालैजो बजारमा ल्याउन लागेका गोविन्दले निर्माण गरेको उक्त सालैजोको म्यूजिक भिडियोको निर्देशन र निर्माण आफैं गरेका छन् । सालैजोको शब्द र लय गोविन्द आफैंले संकलन एवं रचना गरेका हुन् । सालैजो, झ्याउरे, घाँटु, सोरठीजस्ता मौलिक लोकगीतलाई संरक्षण गर्नुपर्ने धारणा राख्छन् उनी र भन्छन्, ‘अब युवा पुस्ताले मौलिक गीत संगीत बचाउन अग्रणी भूमिका खेल्नुपर्ने बेला आयो ।’ उनले निर्देशन गरेका अरू पनि म्यूजिक भिडियो बजारमा आउने क्रममा रहेका छन् ।

व्यवसाय र गीत संगीत क्षेत्रमा समय कसरी मिलाउनुभएको छ ? भन्ने प्रश्नमा उनी भन्छन्, ‘समय मिलाउनै प¥यो, मैले भरखर मात्र पाइला चाल्न सुरु गरेको छु, मेरा लागि अवसर र चुनौती दुवै छन् ।’ उनलाई अहिले मोडलिङ र निर्देशनका लागि निकै अफरहरू पनि आइरहेका छन् ।

भावी योजना के छ ? भन्ने प्रश्नमा उनी भन्छन्, ‘घरपरिवार चलाउनका लागि व्यवसाय धान्नै प¥यो, परिवारकै सहयोगले यहाँसम्म आइपुगेको छु, नेपाली लोकसंगीतमा पनि निरन्तर लाग्ने योजना छ ।’ नेपाली लोकसंगीतमा पछिल्लो समय विकृति र विसंगति भित्रिएको भन्दै त्यस्ता विकृति हटाउने अभियानमा अहोरात्र लाग्ने उनको योजना छ । मोडलिङ र निर्देशनमा पाइला चाल्दै गरेका गोविन्द एक सम्भावना बोकेका र प्रतिभाशाली कलाकार हुन् भन्दा सायदै फरक पर्ला ।
प्रस्तुती: रूद्र श्रीसमगर

Tuesday, August 9, 2016

काउचा नेपाल विद्यार्थी संघको ११औ महाधिवेशनमा जनजातितर्फबाट केन्द्रीय उपाध्यक्ष लड्दै !

जुझारु, सक्षम र योग्य नेता रेनुका काउचा यति बेला नेपाल विद्यार्थी संघको ११ औ राष्ट्रिय महाधिवेशनमा जनजातितर्फबाट केन्द्रीय उपाध्यक्ष लड्दैछिन् । उनी नेपाल मगर संघ केन्द्रीय समितिकी नवनिर्वाचित मुख्य सचिव हुन् ।

यति मात्र होइन देशैकै ठूलो जाती मगर समुदायको प्रतिनिधित्व गर्दै नेपाल मगर विद्यार्थी संघ केन्द्रीय समितिको अध्यक्ष पदको सफल नेतृत्व गरि सकेकी छिन् । नेपाल मगर विद्यार्थी संघ केन्द्रीय समितिको पूर्व अध्यक्ष एवं सरस्वती क्याम्पसको स्ववियू कोषाध्यक्ष भइसकेकी काउचा कांग्रेसको समानुपातिकतर्फको उम्मेदवार पनि थिइन् ।

लामो समयदेखि राजनीतिकमा होमिएकी काउचा राजनीतिक संगसंगै अध्ययनलाई पनि प्राथमिकता दिर्दै अघि बढेकी छिन् उनले एमबीएस गरेकी छिन् भने एलएलबी पनि सकाइसेकी छिन् । बाग्लुङ घर भई काठमाडौंको मुटुमा बसेर अध्ययनका साथै राजनीतिक, सामाजिक, शैक्षिक मुद्धालाई सधै आत्मा साथ गर्दै जुझारु, सक्षम र योग्य नेता हुन् रेनुका ।

उनले देशको भौगोलिक संरचना र बस्तुस्थितिलाई मध्येनजर गर्दै सबै जातजाति, भाषाभाषीको भावनालाई बुझेर मातृ भाषामा पढ्ने अवसर पाएं शिक्षामा अझ प्रभावकारी हुने बताई । काउचा भन्छिन्–हाम्रो देशको शिक्षा नीति बैज्ञानीक, व्यवहारी र देशको माटो अनुसार हुन सके आफ्नै देशमा हजारौं विद्यार्थीहरुले स्वरोजगार पाउने थिए ताकि विदेशी भूमिमा गएर पसिना र रगत बगाउनु पर्ने अवस्था आउने थिएन ।

लामो समय विद्यार्थीको उज्जवल भविष्य बनाउने सपना भोकेर उनी नेपाल विद्यार्थी संघको मैदानमा अहोरात्र खटिरहेकी छिन् । उनको योगदानलाई उच्च मूल्यांकन गरेर जनजातितर्फबाट उम्मेदवार दिनु भएकी रेनुका काउचाले देशभरीबाट पाल्नु भएका प्रतिनिधि मित्रजनहरुले आफूलाई भोट दिई अत्याधिक बहुमतले विजयी गराउनु समेत अनुरोध गरेकी छिन् ।

Monday, August 8, 2016

हेलिकप्टर दुर्घटना : नवजात शिशुसहित एउटै परिवारका चार जना को मृत्यु (फोटो फिचर )

गोरखाको फिलिमबाट विरामी बोकेर काठमाडौं आउँदै गरेको फिस्टेल एयरको नाइन ए के ए ३५० बी टू हेलिकप्टर नुवाकोटको मदनपुर पाखेरेमा दुर्घटना भएको छ । दुर्घटनामा हेलिकप्टरमा एकै परिवारका चार सहित सात जनाको मृत्यु भएको छ ।
दुर्घट्नामा परि निधन हुनेमा गोरखाको सिर्दिवास गाविस वडा नम्बर २ की प्रिती गुरुङ्ग, उनका ५ दिने छोरा, सासु अज्ञानी गुरुङ्ग र ससुरा किर्तमान गुरुङ्ग, स्थानीय अस्पालमा कार्यरत सिष्टर इटहरीकी निशा तामाङ्ग र ठेगाना नखुलेकी लक्ष्मी गुरुङ्ग रहेको गोरखाका प्रहरी उपरिक्षक जनकराज जोशीले जानकारी दिनुभयो ।

सिर्दिवास सदरमुकाम गोरखाबाट ३० कोेष टाढा पर्छ । प्रितीका ५ दिने छोरा विरामी भएपछि उनलाई उपचारका लागि काठमाडौं लैजान गुरुङ परिवारले हेलिकप्टर चार्टर गरेको थियो ।
फोटो: विजय लामा /हरी सापकोटा



करिब सवा दुई बजे सम्पर्कविहीन भएको हेलिकप्टर पाखुरे डाँडामा ठोक्किएर दुर्घटना भएको अनुमान गरिएको छ । हेलिकप्टर दुर्घटनाको सूचना पाएपछि स्थानीय प्रशासन, प्रहरी र नेपाली सेना घटनास्थलतर्फ गएको छ । हेलिकप्टरको पाइलट रञ्जन लिम्बुले उडाएका थिए । दुर्घट्नामा उनको पनि मृत्यु भएको छ ।

जिल्लाको दुर्गम भेगको उक्त गाविसमा यातायातको असुविधा भएका कारण हेलिकप्टर चार्टर गरिएको बताइएको छ । सो हेलिकप्टरका चालक रञ्जन लिम्बू हुनुहुन्छ ।

 

शेयर गर्नुहोस