शिक्षा एेनको आठौं संशोधन पछि प्रगति आधारभूत विद्यालय मल्म ७ सप्ताहघाट बागलुङमा अभिभावक भेला आज सम्पन्न भएको छ । भेलाले राम बहादुर थापाको अध्यक्षतामा ९ सदसीय विद्यालय व्यवस्थापन समिति चयन गरेको छ । समितिको सदस्यमा जमुना गौतम, विष्णु थापा, मनु विक, टिका बहादुर थापा, लोक बहादुर केसी, शिक्षक प्रतिनिधी हरिदत्त गौतम र सदस्य सचिव प्रधानध्यापक नगेन्द्र बहादुर मल्ल रहनुभएको छ । त्यस्तै लोक बहादुर थापा संयोजक रहेको ११ सदसीय शिक्षक अभिभावक संघ समेत चयन गरेको छ । समितिको सदस्यमा लक्ष्मी परियार, कोपीला सुनार, कृष्णा थापा, कोपीला थापा, अमृता अधिकारी, गुमा थापा, शिक्षक प्रतिनिधी सावित्री थापा, पदेन सदस्य नगेन्द्र बहादुर मल्ल र विव्यस अध्यक्ष राम बहादुर थापा रहनु भएको छ भनें दल बहादुर थापा संयोजक रहेको ५ सदसीय सल्लाहकार समिति चयन गरिएको छ । सदस्यहरुमा सुवेदार टिका बहादुर थापा, छुम बहादुर थापा, होम बहादुर बस्नेत र थुमा थापा रहनुभएको छ । सो अवसरमा हरिचौर श्रोत केन्द्रका श्रोतव्यक्ति बम बहादुर थापा, शुभकामना मन्तव्य, नव निर्वाचित शिक्षक अभिभावक संघका संयोजक लोक बहादुर थापाले प्रतिवद्वता मन्तव्य, श्रोतव्यक्ति दिनेश पन्तले बधाई मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रम काॅडेबास श्रोत केन्द्रका श्रोतव्यक्ति दिनेश पन्तको प्रमुख आतिथ्यता, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राम बहादुर थापाको अध्यक्षता, शिक्षक सावित्री थापाको स्वागत र शिक्षक हरिदत्त गौतमको सन्चालनमा सम्पन्न भएको थियो ।
No comments:
Post a Comment