लोकगायक पूर्ण परियारको "बुट्टे चोली "मा शंकर बिसी र पार्वती राइको प्रेमलीला (हेर्नुहोस भिडियो )
सन्तोष बस्याल ,भाद्र २२
गायक पुर्ण परियार एक सरल अनि असल व्याक्ती हुन । भनिन्छ मानिसको स्वाभावले नै उसको परिचय दिन्छ । सकरात्मक सोच अनि कुशल विचार भएका परियार लम्जुङ्गमा जन्मेर अष्ट्रेलियालाई कर्मथलो बनाईरहेका छन । बाबा जित ब.परियार र आमा अतिरुपा परियारका सुपुत्रको रुपमा जन्मलिएका परियार सानै देखि गीतसङ्गीत मा रुचि राख्थे । कतै मादल बज्यो कि गएर गाइदिहाल्ने । उसो त घरमा बुबा र दाईले पनि कुनै कार्यक्रम सहभागी भई बाजा बजाउदा त्यही बाजाको तालमा आफू पनि रमाउने परियार अहिले विगत १ दशक देखि अष्ट्रेलिया बस्दै आईरहेका छन ।। सामाजिक सेवामा पनि उतिक्कै तल्लिन यी गायक अन्तरास्ट्रिय नेपाली कलाकार समाज क्विन्सल्याण्डको महासचिव समेत हुन । यस्तै बुन्डोल लाईन्स क्लबको कोषाध्यक्ष समेत रहेका पुर्णले अष्ट्रेलियामा स्विमिङ्ग क्लास लिने गर्छन ।।
सानै देखि गीतहरु गाउन निकै सौखिन गायक पुर्णले "ढाटी ढाटी " (२०७१ ) बजारमा आज भन्दा करिब डेढ वर्ष पहिले ल्याएका थिए । उक्त गीतको सफलता स्वरुप अहिले पुन अर्को गीत एकनारायण भण्डारीको शब्द र आफ्नै लयमा देवि घर्तीको आवाजको सहकार्यले " बुट्टे चोली " बजारमा पस्केका छन । जस्को अडियो भिडियो सार्वजनिक गरिसकिएको छ । ५ दिन अघि मात्र युटियुब मार्फत बजारमा सार्वजनिक गरिएको उक्त गीतको म्युजिक भिडियोलाई ८२००० ले हेरीसकेका छन फल्स्वरुप छोटो समयमा राम्रो सफलता पाईरहेको छ उक्त गीतले ।
नेपाली नारिको पहिरन मध्यको एक पहिरन "बुट्टे चोली " जस्ले नेपाली सस्कृतीको उत्थान गर्छ । हो यसै शब्दलाई शब्दकोष बाट टपक्क टिपेर एउटी नेपाली नारिको बुट्टे चोलीको अवतारलाई प्रस्तुत गरिएको गीतमा चर्चित निर्देशक शंकर बिसिले लोकदोहोरी क्षेत्रकि क्विन मोडल पार्वती राईलाई बुट्टे चोलीको पहिरनमा ढपक्क ढाकीदिएका छन । यति मात्र कहाँ होर अझ शंकरले त पार्वती राईको बुट्टे चोली सहितको अवतारमा छेडछाड समेत गरेका छन । हेर्नूहोस शंकर बिसि र पार्वती राई बिचको बुट्टे चोली सहितको प्रेमलिला ।
New Nepali Lok Dohori 2073/2016 | Fulbutte Choli - Devi Gharti & Purna Pariyar | Sitara Music
youtube.com
No comments:
Post a Comment