Wednesday, September 14, 2016

महिला संघ आदिवासी जनजाती कोटामा रेणुका काउचा उम्मेद्वार सुरेश छन्त्याल

नेपाली काँग्रेसको आदिवासी जनजाती फाँटमा चर्चित विद्यार्थी नेतृ रहिसकेकी रेणुका काउचा मगर महिला संघमा प्रत्यासी बन्ने भएकी छन्। नेपाल विद्यार्थी संघमा लामो राजनीति गरेकी रेणुका अब भने महिला संघको केन्द्रीय राजनीतिमा लागेकी छन्। महिला संघको तेस्रो महाधिवेशनमा उनले आदिवासी जनजाती केन्द्रीय सदस्यमा उम्मेदवारी दिएकी छन्। 
विद्यार्थी नेतृत्व तहमा पुगेकी थोरै प्रभावशालीहरुमा नाम आउने रेनुका सरस्वती क्याम्पसमा स्ववियू कोषाध्यक्ष बनेकी थिएन। काउचा नेपाली काँग्रेस पार्टीको महाधिवेशन प्रतिनिधि समेत बनिसकेकी छिन्। 
काउचा नेपाल मगर विद्यार्थी संघको केन्द्रीय अध्यक्ष समेत रहेकीछन्। समानुपातिक संसदको उमेद्वार समेत भएकी उनले आदिवासी जनजाती र यूवा महिलाहरुको मुद्दा महिला संघमा स्थापित गराउनको लागि आफूले उम्मेदवारी दिएको बताउँछिन्।
काउचा बागलुङ रिघामा जन्मेका हुन्
नेपाली काँग्रेस र महिला आन्दोलन नामक पुस्तकको सहलेखक समेत रहेकी काउचा सिर्जनशिल र वौद्धिक यूवा नेतृका रुपमा पनि चिनिन्छिन।

No comments:

Post a Comment